काठमाडौँ, ६ साउन
नेपालमा पछिल्लो चौविस घण्टामा थप १५० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ९६३ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा १५० जनामा संक्रमण देखिएको बताए ।
नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८०८ पुगेको छ। अहिलेसम्म ७ वटा जिल्ला कोरोना मुक्त छन् ।
पछिल्लो २४ घण्टामा थप ६०९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ४७७ पुगेको छ ।
देशभरका बिभिन्न क्वारेनटिनमा २१ हजार ७ सय४ जना रहेका छन् ।