बिरगंज, १२ जेठ
नेपालमा कोरोना संक्रमणको कारण जेठ ४ गते मृत्यु भए पनि आज उहाँको रिपोर्ट पोजेटिभ आउदा कोरोना भाइरसबाट मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।
वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक बृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको हो।
नारायणी अस्पतालका डा.निरज सिंहका अनुसार उनको शवको अन्तिम संस्कार भइसकेको छ। उनको स्वाब काठमाडौंमा पुनः परीक्षणका लागि पठाएको र आज रिपोर्ट पोजेटिभ आएको भनि खबर आएको बताए।
जेठ ४ गते नेशनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धको स्वाब परीक्षणका लागि काठमाडौं पठाएका थियो ‘आज उहाँको रिपोर्ट पोजेटिभ आएको डा.सिंहले बताउनु भयो।
७० वर्षीय ती बृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।
नेशनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारीका अनुसार ती बृद्ध जेठ २ गते भर्ना भएका थिए। ‘हामीले त्यही दिन स्वाब परीक्षणका लागि पठाका थियौं,’ उनले भने। ४ गते ती बृद्धको मृत्यु भएपछि दाहसंस्कार गरिएको थियो।