विश्व एलर्जी जुन १८ देखि २४ सम्म सप्ताहको उपलक्ष्यमा प्याप्सनले पनि विविध जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरेको छ।
यसवर्षको विश्व एलर्जी सप्ताहको मुल मन्त्र “वातावरण परिवर्तनले एलर्जीको जोखीम बढाउने” रहेको छ।
प्याप्सनका अध्यक्ष डा. महेश कुमार गौतमका अनुसार बालबालिका देखि बृद्ध सम्म जो कोही पनि श्वासप्रश्वास र एलर्जी सम्बन्धि समस्या बाट ग्रसित हुनुहुन्छ भने, बढ्दो बाताबरण जलबायु परिवर्तनले उहाँहरुको रोगमा अझै जटिलता थपिने हुन्छ।
बढ्दो वायुको तापक्रम, बढ्दो समुद्रको तापक्रम, समुद्रको पनि सतहको उचाईमा बृद्धि अनि हिमशिखरहरु बढ्दो रुपमा पग्लिनुको कारण पनि जलबायु परिवर्तन नै भएको डा. गौतमले बताउनुभयो। त्यस्तैगरी यिनले निम्त्याउने सुखापन, वढ्दो बायु प्रदुषण, पानीको कमी, जगंलमा आगलागी, बाढीपहिरो र हावाहुरीको समस्या पनि बढेको छ।
एलर्जीका लक्षणहरू बढाउने कारण मध्येमा जलबायु परिवर्तनले गर्दा बढ्दो तापक्रमले सृजित छिटो आएर लामो समय सम्म बस्ने पोलेन सिजन, बढ्दो ओस र धुलो भित्र हुने किरा (house Dust Mite) सेन्सिटाइजेसन पनि बढेको छ।
त्यस्तै एलर्जी सेन्सिटाइजेसन भएर लक्षणपनि देखिएका – समस्या झेलिरहेका बिरामी लाई वढ्दो धुवाँ धुलो तापक्रम परिवर्तनले यसै पनि एलर्जी कन्ट्रोल गर्न गाह्रो हुन्छ। एलर्जी र आस्थामा बाट पिडित व्यक्ति हरुलाई जलबायु परिवर्तन र त्यसबाट भएका अन्य परिबर्तनले धेरै नै दुख दिन सक्छ। यसले गर्दाखेरि उहाँहरुको उपचार गर्दा पनि आवश्यकता को हिसाबले परिबर्तन गरिरहनु पर्ने हुन्छ। त्यस्तै दैनिक क्रियाकलापमा पनि एलर्जी विशेषज्ञको सल्लाह लिएर के गर्न हुने, के गर्न नहुने भन्ने कुराको योजना बनाउन पर्छ।
डा. गौतमका अनुसार एलर्जी विशेषज्ञ चिकित्सक हरुले पनि परिवर्तित जलबायु र त्यसले गर्दा सिर्जित अवस्थालाई ध्यानमा राखी बिरामीको उपचारको योजना समय हिसाबले परिबर्तन गर्दै जानुपर्छ।
श्वासप्रश्वास सम्बन्धि एलर्जीको समस्याहरु सबै भन्दा प्रमुख दीर्घ रोग मध्ये एकमा पर्छ। विश्वभरि ३५० लाख व्यक्तिहरू आस्थामाबाट ग्रसित भएको अनुमान छ। त्यस्तै भुगोलको हिसाबले नाकको एलर्जी भएका व्यक्तिहरूको प्रतिशत १० देखि ५० सम्म भएको पाइएको छ। एलर्जी विज्ञ डाक्टर हरुले बिरामीहरुको एलर्जी तिग्रर फेला पारेर एलर्जीले हुने लक्षणहरु बढ्न वा बल्झिरहनबाट रोक्न मद्दत गर्न सक्दछन्। एलर्जी विज्ञहरुले बिरामी हरुलाई सही सल्लाह मात्र दिने होइन कि नीति नियम बनाउनेहरुलाई पनि यो बढ्दो समस्या सँग कसरी जुझ्ने भनेर सल्लाह प्रदान गर्न सक्दछन्।
एलर्जी विज्ञ डाक्टरहरुले जलबायु परिवर्तनका असरहरू कम गर्न जलबायु वातावरण विज्ञहरुसँग हातेमालो गरी कसरी जलबायु परिवर्तनलाई कम गर्ने भन्ने तिर पनि देशको नीति नियम बनाउने पदमा बसेकीहरुलाई सल्लाह दिने र सहकार्य गरि रहनु पर्दछ।
डा. महेशले रोग लागि सकेपछी के के गर्ने संगै एलर्जी रोगहरु लाग्नै नदिन के के गर्न सकिन्छ भन्ने विषयलाई उत्तिकै महत्व दिनुपर्ने कुरामा जोड दिनुभयो।