काठमाडौं, ६ असार २०७९
टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका दुई जनामा हैजा पुष्टि भएको छ।
अस्पतालमा भर्ना भएका दुईजना दिदी बहिनीमा हैजा पुष्टि भएको हो। उनीहरु बागबजारका हुन्।
उनीहरु बिहीबार शुक्रराज अस्पतालको आइसीयूमा भर्ना भएका थिए। र्यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको दिसाको कल्चर गरिएको थियो। दिसाको कल्चर गरेपछि आउने नतिजालाई आधिकारिक र स्तरीय मानिन्छ।
हाल उनीहरुको अवस्था सामान्य रहेको र आइसीयूबाट वार्डमा सार्ने तयारी भएको अस्पतालका सुचना अधिकारीले जानकारी दिएको छ।
हैजा पुष्टि भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकस्मिक बैठक समेत बसेको थियो।