चितवन, १७ माघ २०७८
चितवनको भरतपुर स्थित शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ ।
भरतपुर महानगरपालिका १५ भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न निर्णय आजको मन्त्रि परिषद्ले गरेको शिक्षा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको सिफारिसमा मन्त्रिपरिषद् बैठकले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको उहाँको सचिवालयले जनाएको छ ।
केही दिन अघि शिक्षक अस्पताल निर्माणको सम्भाव्यता अध्ययन समितिले मन्त्री पौडेललाई चितवनको भरतपुर अस्पताल बनाउन उपयुक्त हुने सुझाव दिएको थियो।
प्रहरी दुवै प्रहरी सेना, निजामति कर्मचारीको जस्तै शिक्षक र तिनमा आश्रित परिवारको उपचारलाई सहज बनाउन शिक्षक अस्पताल खोल्ने तयारी गरिएको हो । शिक्षक अस्पताल बनेपछि देशभरका झण्डै ३ लाख बढी शिक्षकहरु लाभान्वित हुनेछन् ।