चितवन , २ श्रावण
नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा. लाेक बहादुर सेडाई सहित १३ सदस्यीय नयाँ कार्यसमिति बनेको छ ।
विहीवार चितवनका चिकित्सकहरूकाे भेलाले वरिष्ठ उपाध्यक्षमा डा. भारती देवी शर्मा, उपाध्यक्षमा डा. गुरू शरण साह, सचिवमा डा. सुर्य प्रकाश सापकाेटा, कोषाध्यक्षमा डा. मनाेज कंडेल सहसचिवमा डा. महेन्द्र कुमार अग्रहरी र सहकोषाध्यक्षमा डा. अमित चाैधरीलाई चयन गरेकाे छ ।
त्यसैगरी सदस्यहरूमा डा. राेहन झा, डा. शिव कंडेल, डा. प्रजिता भण्डारी, डा. पल्लव राज पाैडेल, डा. विवेक कंडेल र डा. किरण देवकाेटा चयन भएकाे संघका पूर्व अध्यक्ष डा. कृष्णपौडेलले जानकारी दिनुुुभयो। सर्वसम्मत रूपमा चयन गर्ने वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु हुने प्रत्यायी चिकित्सक र अन्य चिकित्सक साथीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् । उनले नवगठित कार्यसमितिले चिकित्सकको हकहितका साथै जनताको स्वास्थ्य सरोकारका विषयमा प्रयाप्त ध्यान पुर्याउने विश्वास व्यक्त गरे ।
निर्वाचन तालिका अनुसार उमेद्वारी दर्ता गर्ने समय असार २६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियाे । उमेद्वारी उपर दाबी बिरोध तथा उमेद्वारी फिर्ता लिने समय दिउँसो २ बजेदेखि बेलुका ४ बजेसम्म तोकिएको थियाे । त्यसैगरी उमेद्वारी अन्तिम नामावली साेहि दिन बेलुका ५ बजेसम्म प्रकाशन गरिने बताइएको थियाे ।
निर्वाचन असार २७ गते हुने भनिए पनि साउन २ गते शुक्रवारकाे लागि सारिएकाे थियाे । निर्वाचनकाे मिति भन्दा ठीक एक दिनअघि विहीवार सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चएन भएकाे हाे । शुक्रवार पद हस्तान्तरण कार्यक्रम तय गरिएकाे छ । नवगठित कार्यसमितिकाे कार्यकाल ३ वर्षको रहने छ ।