चितवनमा २७ वर्षका यूवक कोरोनाबाट मुक्त ,आजै डिस्चार्ज गर्ने तयारी #Covid19

चितवन  १३ वैशाख

चितवनको राप्ती नगरपालिका- ८ का २७ वर्यीय युवक कोरोना भाइरस मुक्त भएका छन् । कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भने  ‘मेडिकल टिम बसेर निर्णय गर्छ, सम्भवत डिस्चार्ज गर्छौं, अहिलेसम्म कोरोनाको लक्षण पनि छैन, युवक स्वस्थ छन्,’ सूचना अधिकारी पौडेलले भने आजै उनलाई डिस्चार्ज गरिने छ।

गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा-छोराको र्‍यापिड टेष्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।

नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्

Next Post

Discussion about this post

ADVERTISEMENT