आज मिति : २०८२ जेष्ठ १४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

चौतारा अस्पताल गुणस्तर सुधार न्यूनतम मापदण्ड कार्यान्वयनमा बागमती प्रदेशमै उत्कृष्ट

Nam Raj Bhatta by Nam Raj Bhatta
February 28, 2025
in News
A A
0
चौतारा अस्पतालको नयाँ भवन बनेपछि बिरामीको चाप
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

सिन्धुपाल्चोक, १६ फागुन २०८१

चौतारा अस्पताल गुणस्तर सुधार न्यूनतम मापदण्ड कार्यान्वयनमा ९३ अंक प्राप्त गरी बागमती प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले चौतारा अस्पतालको अनुगमनपछि उक्त नम्बर दिँदै प्रदेश भरकै उत्कृष्ट  अस्पताल घोषित गरेको हो। अस्पतालले माद्यमिक ‘ए’ लेबलको अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयन एमएसएसको सूचाङ्क अनुसार १०० प्रतिशतमा ९३ प्रतिशत ल्याउन सफल भएको थियो। निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमनका प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल सहितको समितिले अनुगमन गर्दा अस्पतालको सेवामा उल्लेख्य सुधार रहेको र सेवा प्रवाह मापदण्ड कार्यान्वयनमा उत्कृष्ट रहेको पाइएको हो।

अस्पतालले गर्ने नियमित काम उपचारलगायतको विषयमा अध्ययन अनुगमनका आधारमा चौतारा अस्पताल उत्कृष्ट घोषित भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । सेवा प्रवाहलाई कमजोर हुन नदिन डा. झाले अनुरोध समेत गरे ।

अस्पतालको निमित बैठक बस्ने, दैनिक बिहानी छलफल, विद्युतिय हाजिर अनिवार्य, बिरामीको लागि टोकनको व्यवस्था, सूचनापाटीमा सूचना टाँस गर्ने गरेको, अस्पतालको आफ्नै वेबसाइट निर्माण गरी सञ्चालनमा ल्याएको, सुरक्षा गार्ड र सिसी टिभी क्यामेराको जडान  लगायत  अस्पतालको राम्रा पक्षहरु भएको निर्देशनालयले जनाएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्रमणी भण्डारीले नियमित सेवामा जनरल ओपिडी सेवा, हाडजोर्नी, दन्त सेवा, सर्ने नसर्ने रोगको सेवा, प्रसूति सेवा लगायतका उपचार दिँदै आएको बताउनु भयो। डा. भण्डारीका अनुसार सुरुमा १५ शैयाको अस्पताल प्रादेशिक अस्पताल भएसँगै बागमती प्रदेश सरकार मन्त्रीपरिषद् तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० शैयाको भएको थियो। अहिले सो अस्पतालले ६२ शैयाबाट सेवा दिँदै आएको छ। अस्पतालले केही समयअगाडिबाट डायलासिस सेवा पनि उपलब्ध गराउँदै आएको छ।

अस्पतालले क्षयरोगको औषधी वितरण, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा एकाइ, स्वास्थ्य बिमा सेवा लिने स्थान, पालो कुर्ने स्थानलगायतका प्रबन्ध गरेको डा. भण्डारीले बताए। महिनामा करिब तीन हजार जना बिरामीले ओपिडी सेवा लिने गरेको तथ्याङ्क छ। विशेषज्ञ डाक्टरसहित ६३ जनाको दरबन्दी रहेको अस्पतालमा हाल १६ जना डाक्टर कार्यरत रहेका छन्।

Tags: #government of Nepal#Health and population ministryChautara Hospital SindhupalchokDr. Rudra Bhandari
Nisarga hospital Dhangadhi
Previous Post

एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन

Next Post

“नेपाल पेरियोडन्टोलोजी तथा ओरल इम्प्लान्टोलोजी चिकित्सक समाजको” नयाँ कार्यसमिति गठन

Related articles

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै
News

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै

8 hours ago
832
Corona virus
News

भारतमा कोरोनाको नयाँ भेरियन्ट, नेपालका रोग विशेषज्ञहरु के भन्छ्न?

19 hours ago
799
नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल निर्वाचित
News

नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल निर्वाचित

2 days ago
782
बोटुलिनम टक्सिनको प्रयोगबारे विराटनगरमा प्रथम गोष्ठी सम्पन्न
News

बोटुलिनम टक्सिनको प्रयोगबारे विराटनगरमा प्रथम गोष्ठी सम्पन्न

3 days ago
891
राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा. गौचन निर्वाचित
News

राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा. गौचन निर्वाचित

3 days ago
796
नेपाल क्यान्सर अस्पतालले गर्यो वार्षिकोत्सबको अवसरमा वाकाथन कार्यक्रम
News

नेपाल क्यान्सर अस्पतालले गर्यो वार्षिकोत्सबको अवसरमा वाकाथन कार्यक्रम

3 days ago
791
Next Post
“नेपाल पेरियोडन्टोलोजी तथा ओरल इम्प्लान्टोलोजी चिकित्सक समाजको” नयाँ कार्यसमिति गठन

"नेपाल पेरियोडन्टोलोजी तथा ओरल इम्प्लान्टोलोजी चिकित्सक समाजको" नयाँ कार्यसमिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (125)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,040)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.