आज मिति : २०७९ चैत्र ९
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

चिसापानी अस्पतालमा अब विशेषज्ञ सुविधासहितको सेवा

चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच भएको सम्झौता अदान प्रदान गर्दै दुई पक्ष ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 22, 2023
in News
A A
0
चिसापानी अस्पतालमा अब विशेषज्ञ सुविधासहितको सेवा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नवलपरासी, १० फागुन २०७९

चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मंगलबार एक कार्यक्रमका बीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रूपमा विस्तार गर्न दुई पक्षबीच सम्झौता भएको हो।

नवलपरासी (पश्चिम) जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। सामान्य बिरामी हुँदा समेत यहाँका बासिन्दालाई उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने अवस्था छ। यो अवस्थाको अन्त्यका लागि चौधरी फाउण्डेसनले चिसापानी अस्पताललाई रिफरल अस्पतालका रूपमा विकास गर्न पहल लिएको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधासहितको अस्पतालका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। चुनावी प्रतिबद्धता अनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधा सम्पन्न अस्पतालका रूपमा विकास गर्न लागिएको हो। चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो।

फाउण्डेसन र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा सहज र झन्झटमुक्त आपत्कालीन र अन्य सेवा सुनिश्चित गरिनेछ। सात वटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्। जसबाट बिरामीले स्थानीय तहमै भरपर्दो स्वास्थ्य सेवा पाउनेछन्।

अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना गरिने र २४ सैं घण्टा आपत्कालीन सेवाको सुनिश्चितता गरिने सम्झौता पत्रमा उल्लेख छ। यसैगरी ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्बु (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी चार वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको छ। अस्पतालमा स्त्री रोग विशेषज्ञ, सर्जन, प्रोस्थेटिस्ट, सामान्य सेवा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ।

Tags: #government of NepalBinod chaudharyChaudhary foundationChisapani hospital NawalparasiCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

चिकित्सकीय अनुसन्धानका विषयमा स्वास्थ्य पत्रकारलाई दुईदिने प्रशिक्षण

Next Post

राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार कमला गुरुङ लाई

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

4 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

9 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

2 days ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार कमला गुरुङ लाई

राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार कमला गुरुङ लाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Godawari Municipality Kailali Health Offering
Dadura awareness message Sudurpaschim
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Patan Municipality Baitadi 8 disease notice
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In