आज मिति : २०८२ आश्विन ३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

क्यान्सरका बिरामीलाई दुर्लभ महंगो औषधि निशुल्क: अब यी चार अस्पतालबाट लिन सकिने

Nam Raj Bhatta by Nam Raj Bhatta
July 13, 2025
in News
A A
0
क्यान्सरका बिरामीलाई दुर्लभ महंगो औषधि निशुल्क: अब यी चार अस्पतालबाट लिन सकिने
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २९ असार २०८२

क्यान्सर उपचारमा अब प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।

नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न स्वास्थ्यमन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो भाग नेपाल आइपुगेको हो ।

यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए ।

डाइरेक्ट रिलिफले वन हर्ट वर्लडवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधि अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनत पछि सफलता प्राप्त गरेको बताए ।

डाइरेक्ट रिलिफले स्तन,छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधि नेपालको आवश्यकता अनुसार ५ वर्षसम्म सहयोग स्वरुप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए ।

मन्त्री पौडेलले भने, ‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।’

हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधि समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए । ‘सूची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधि पठाउने व्यवस्था मिलाइएको जानकारी समेत दिए । सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह समेत गर्नुभयो।

मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए । वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधी प्राप्त भएको भन्दै यो नेपालका लागि ठूलो उपलब्धि भएको बताए ।

स्तन क्यान्सर,प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधि र स्वास्थ्य सामाग्रीहरू आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौंलाई हस्तान्तरण गरिएको छ।

Tags: #government of Nepal#Health and population ministryBhaktapur Cancer HospitalOne Heart worldwide
Nisarga hospital Dhangadhi
Previous Post

काठमाडौं क्यान्सर सेन्टरमा सुरु भयो पेटिभित्रका क्यान्सरमा प्रयोग हुने ‘हाइपेक’ सर्जरी

Next Post

प्रधानमन्त्रीबाट त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

Related articles

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण
News

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

1 day ago
783
हेल्थ फाउन्डेसन नेपालको १३औँ वार्षिक सम्मेलन सम्पन्न
News

हेल्थ फाउन्डेसन नेपालको १३औँ वार्षिक सम्मेलन सम्पन्न

4 days ago
804
नेपाल सरकारी चिकित्सक संघको वेबसाईट सञ्चालन
News

नेपाल सरकारी चिकित्सक संघको वेबसाईट सञ्चालन

4 days ago
987
Health ministry
News

स्वास्थ्य मन्त्रालयले अब एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

5 days ago
829
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की अस्पताल जाँदै
News

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की अस्पताल जाँदै

5 days ago
786
कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै
News

कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै

7 days ago
783
Next Post
प्रधानमन्त्रीबाट त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

प्रधानमन्त्रीबाट त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,242)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.