काठमाडौं, ५ कात्तिक २०८१
शनिबार रक्षा क्यान्सर केयर सोसाईटीले स्तन क्यान्सर सम्बन्धि सचेतना र्याली कार्यक्रम गरेको छ।
सो र्यालि बिहान ८ बजे भृकुटीमण्डपबाट शुरु भएर बसन्तपुर दरबार स्क्वायरमा विभिन्न कार्यक्रम गरी समापन भएको थियो। उक्त र्यालीको उद्घाटन समारोह बरिष्ठ हास्य कलाकार हरिबन्स आचार्य र बरिष्ठ गायिका मिरा राणाले गर्नु भएको थियो। सो र्यालीमा चिकित्सक, नर्स, क्यान्सर बिजेताहरु, राष्ट्रिय खेलाडिहरु, कलाकार तथा बिभिन्न संघ सस्थाका प्रतिनिधि गरि करिब ६ सय भन्दा बढी सहभागिहरु रहेका थिए।
हरेक बर्ष अक्टोबर महिनामा बिश्व भरि स्तन क्यान्सर सचेतनामुलक महिनाको रुपमा मनाईदै छ। सोसाईटिले सो र्यालिमा सहभागिलाई मेमोग्राम अर्थात स्तन क्यान्सर परिक्षण निशुल्क गरेको छ।
कार्यक्रममा सोसाइटिका अध्यक्ष डा. शृष्टी श्रेष्ठ प्रजापति, वरिष्ठ हास्य कलाकार हरिबश अचार्य, मिस नेपाल २०२३ स्रिच्छा प्रधान, नायिका निति शाह तथा नेपाल अर्बुद्ध रोग निवारण सस्थाका पुर्व अध्याक्ष दिवाकर राज कर्णिकारले स्तन क्यान्सर सचेतना बारे प्रकाश पार्नु भएको थियो।