नेपालगन्ज,२० जेठ २०७८
नेपालगन्ज लगायत अन्य शहरहरुमा कोरोना माहामारीको अर्को रुप ब्ल्याक फङ्गस “कालो ढुंसी” देखिएको छ। जनता बचाउ अभियानमा ब्ल्याक फंगसको उपचारको लागि गौतमबुद्ध नेपालगञ्जका अध्यक्ष सुशान्त मुरार्काले ५० भायल इन्जेक्शन सहयोग गर्नु भएको छ ।
विरगंजमा कालो ढुंसीबाट अहिलेसम्म ८ जना पिडित भएका थिए जसमध्ये ३ जनाको ज्यान गएको नारायणी अञ्चल अस्पतालका फिजिसियन तथा नेपाल चिकित्सक संघका केन्द्रीय सहसचिव डा.निरज सिंहले जानकारी दिनु भएको छ ।
ध्वनि खबर डटकमका अनुसार नेपालगन्जमा ब्ल्याक फंगसको पहिलो विरामीलाई नि:शुल्क इन्जेक्शन दिने व्यवस्था मिलाएका छौं । ब्ल्याक फंगस लागेको विरामीलाई दैनिक ३ वटाको दरले कम्तिमा २० दिन अर्थात ६० भायल इन्जेक्शन लगाउनु पर्ने चिकित्सकको भनाई छ ।
एउटा इन्जेक्शन (भायल) को मूल्य रू. ७००/- (२० दिन x प्रत्येक दिन ३ भायलको दरले रू. ४२,०००/-) पर्छ ।
अगामी दिनमा पनि गरीब विरामीलाई ब्ल्याक फंगसको इन्जेक्शन निःशुल्क उपलब्ध गराउने ध्वनिखबर डटकमको प्रयास जारी रहनेछ ।
Comments 1