काठमाडौं, ११ जेठ २०७९
नेपालको केन्द्रीय तथा पुरानो वीर अस्पतालले हप्तामा ५ दिन विहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म ओपीडी सेवा सञ्चालन गरेको छ।
अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बहादुर बस्नेतका अनुसार सरकारले दुई दिन विदा दिने निर्णय गरेसँगै अस्पतालले सेवा प्रवाहको समयावधि बढाएको हो । हामीले १० जेठदेखि लागु हुने गरी विहान ८ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म सबै सेवाहरु प्रवाह गर्न सुरु गरेका छौं। यो अवधिमा हामीले सबै सेवाहरु उपलब्ध गराउँछौं ।
सरकारी निर्णयअनुसार नै शनिबार र आइतबार भने त अस्पताल बन्द हुनेछ। सरकारले १ जेठबाट आइतबारसमेत विदा दिने निर्णय गरेपछि अस्पतालमा बिरामीहरुको भिडभाड हुदै गएको छ।