चितवन , ११ माघ २०७७
भरतपुर महानगरपालिका क्षेत्रपुर ब्रदर्श फुटसलमा स्वर्गीय डा.बिनिता लामिछाने सिएमसि फुटसल लिग २०७७ माघ ३ देखि १२ गते सम्म चलिरहेको छ। सो कार्यक्रमको आयोजना सि.एम्.सि, एम्.वि.वि.एस्, छैठौँ ब्याचले गरेका हुन।
माघ ३ गते कार्यक्रमको उद्घाटन चितवन मेडिकल कलेजका निर्देशक डा.हरिस चन्द्र न्यौपाने र स्वर्गीय डा.बिनिता लामीछानेका पिता बिष्णु लामिछानेबाट भएको थियो।
कार्यक्रममा स्वर्गीय आत्मा शान्तिको कामना गर्दै दीपप्रज्वलन गरिएको थियो। कार्यक्रममा १० टिमको सहभागिता रहेको छ। र हरेक टिममा आठ खेलाडी र २ म्यानेजर रहेका छन । यसरी कार्यक्रममा लग्भग १०० भन्दा बढी चिकित्सकहरुको सहभागिता रहेको पाइन्छ। सो खेलमा एम .वि. वि. एस् गरेर ईन्टर्नसिप गर्दै गरेका चिकित्सक देखि लियर डि.एम गरेका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ।
साथै हस्पिटलका अन्य कर्मचारीहरु पनि खेलमा सहभागी हुनुहुन्छ। ५-५ टिम गरी २ समुहमा बिभाजन गरिएको छ। दुबै समूहबाट २-२ टिम सेमिफाइनलमा पुगेका छन। फाइनल खेल भोलि अर्थात माघ १२ गते हुँदै छ।
“दिनरात नभनी सधैं बिरामीको हेरचाहमा खटिनु भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यस्तो कार्यक्रमले मानसिक रुपले धेरै सहयोग भएको प्रतिक्रिया पाइएको र यसले स्वास्थ्यकर्मी बिचको सम्बन्धलाई अझ गाढा बनाउदै आएको हुँदा यस्तो मनोरञ्जनात्मक कार्यक्रम गर्न जरुरी देखिएको आयोजक सदस्य डा. सचिन सापकोटाले बताउनुभएको छ।
साथै कार्यक्रममा सहयोग गरिदिनु भएकोमा डा.अमित झा, डा. वसन्त शर्मा, डा. सौगात के.सि, डा. तेज प्रकाश दवाडी, डा. रोशन गच्छदार डा.सन्तोष तिमिल्सिना र डा.बिबेक न्यौपाने लगायत सम्पुर्ण सहयोगी हातहरुलाई स-धन्याबाद टक्राएका छन।
कार्यक्रमका टाइटल स्पोन्सर देउरालि जनता फर्मास्युटिकल्स(क्याल्भिट-सिटि)ले गरेको थियो। साथै निसान , टाटा सोरुम , केबिए ग्लोबल एडुकेशन एण्ड माइग्रेशन , कोरेल फर्मास्यूटिकल्स , ग्रेस फर्मास्यूटिकल्स, केभा फर्मास्यूटिकल्स, क्यूष्ट फर्मास्यूटिकल्स , एसियन फर्मास्यूटिकल्स, केटिएम फेमस मःमः हाउस एण्ड प्लेस , आधुनिक सुनचाँदी पसल, ड सर क्याफे , चिकेन स्टेशन , कबिलाश रिसोर्ट र जर्से नेपालको सहयोगमा उक्त कार्यक्रम भएको हो।
कार्यक्रममा प्रथम र द्धितीय हुने टिमले उचित नगद पुरस्कार लगायत अन्य उपहार पनि पाउनेछन्।