नेपालगन्ज, २० कात्तिक २०८१
बाँकेको खजुरा-५, बसन्तपुर ऐलानीका स्थानीय एकै परिवारका ६ जनालाई झाडाबान्ता भएको छ।
सोमबार बिहान ८ बजे तिर सबै परिवारले पुडी तरकारी खाए लगत्तै झाडाबान्ता भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशिल थापाले जानकारी दिए । परिवारका सदस्यहरु ५५ वर्षिया चौरासीया यादव, २६ वर्षिय भुवन्तु यादव, ३५ वर्षिया जिना यादव, १४ वर्षिय जस्मन यादव र ६ वर्षिय अमृत यादवको भेरी अस्पतालमा उपचारका लागि लगिएको थापाले बताउनु भयो । खजुरामा सामान्य उपचार पछि उनीहरुलाई भेरीमा रिफर गरिएको हो ।
गम्भीर बिरामी भएकाहरुलाई फुडप्वाइजन भएको हुन सक्ने थापाले बताए । ६ बिरामी मध्ये १४ वर्षिय जस्मन यादवको अवस्था गम्भीर रहेको थापाले बताए।