• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

भरतपुरमा ७२ घण्टामा कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा

HNN Staff by HNN Staff
March 21, 2020
in News
A A
0
Self Quarantine Self Isolation

Self Quarantine Self Isolation

Share on FacebookShare on TwitterShare on LinkedIn

चितवन : चैत्र ७

भरतपुरमा ७२ घण्टामा कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा ल्याइएको छ । साधारण ५० श्यया तयार गरी सेवा प्रारम्भ गरिएको हो । १०/१० श्ययाको सघन उपचार कक्ष र हाइ डिपेन्डेन्ट युनिट (एचडीयु)को निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री युवराज दुलालले बिरामी र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरी अस्पताल शुभारम्भ भएको घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री दुलालले भन्नुभयो, “कोरोना भाइरससँग लड्न सक्षम छौँ भन्ने सन्देश भरतपुरले दिएको छ ।” अहिलेको विसंम परिस्थितिमा आम नेपाली एकजुट भएर चुनौतीलाई परास्त गर्नुपर्ने उहाँको भनाइ थियो । प्रदेशमा एक हजार श्ययाको आइसोलेसन र ३०० श्ययाको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जानकारी उहाँले दिनुभयो । मन्त्री दुलालले वाग्मती प्रदेशको हेटौँडामा मात्रै ५०० श्ययाको क्यारेन्टाइन (निगरानी कक्ष) तयार गर्ने काम भइरहेको बताउनुभयो । सरकारले रोग भित्रिन नदिनका लागि काम गरिरहेको भन्दै उहाँले विमानस्थलदेखि सबै नाकामा जाँचलाई कडाइ गरेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरले जनताको वास्तविक अभिभावकत्व ग्रहण गर्दै छोटो समयमा यो काम सम्पन्न गर्न सकेको बताउनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको परामर्शमा काम भइरहेको भन्दै उहाँले सरोकारवालाको सहयोग र निरन्तर खटाइका कारण अस्पताल निर्माण गर्न सफलता मिलेको बताउनुभयो । कार्यक्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुरक्षित औजार उपकरण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी डराएका होइनौँ, डराउँदैनौँ पनि, नडराउँदा पनि भोलि केही भए राज्यले हेर्छ भन्ने प्रत्याभूति दिलाउनुपर्छ ।”

भरतपुर महानगरका स्वास्थ्य विज्ञ डा .भोजराज अधिकारीले बिरामी सोझै यस अस्पतालमा नआएर पाँच चरण पूरा गरेपछि मात्रै उपचारमा जाने बताउनुभयो । पहिलो चरणमा घरबाटै चिकित्सकसँग टेलिफोनमा परामर्श गर्न अनुरोध गर्दै उहाँले घरबाट सम्भव नभएमा दोस्रो चरणमा स्थानीयस्तरका स्वास्थ्य केन्द्रमा फिवर क्लिनिकमा परीक्षण गर्न आग्रह गर्नुभयो ।

परमर्शअनुसार आउनुपर्ने बिरामीलाई कोरोना अस्पतालका मूलद्वारमा नै परीक्षण गरी थप परीक्षण गर्नुपर्ने नदेखिएमा घर पठाइनेछ । परीक्षण गर्नुपर्नेलाई अस्पतालको बहिरङ्ग सेवामा पठाइनेछ । त्यहाँ परीक्षणपछि आवश्यक परे मात्रै भर्ना प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । जिल्लाका १० विशेष चिकित्सकको मोबाइल नं सार्वजनिक गरिएको भन्दै उहाँले ती नम्बरमा सम्पर्क गर्न सबैमा आग्रह गर्नुभयो । सकेसम्म सामान्य अवस्थामा अस्पताल नआउन उहाँले सुझाव दिनुभयो । अस्पताल सञ्चालन गर्नका लागि भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले आवश्यक श्यया एवं उपकरण उपलब्ध गराएका छन् । निजी अस्पताल समन्वय समितिले प्रयोगशाला र रेडियोलोजी विभागको संयोजन गरिरहेको छ भने उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनले थप आवश्यक सामग्री सहयोग गरिरहेका छन् । नपुग सामग्री भरतपुर महानगरपालिकाले खरिद गरेर अस्पताल सञ्चालनमा ल्याइएको हो ।

Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

राज्यको बिनियोजित रकम सहि सदुपयोग गरिएन भने आन्दोलनमा जाने अध्यक्ष : देवकोटाको चेतावनी

Next Post

पायल्स के हो र यसको उपचार कसरी गर्ने?डा.कार्की

Related articles

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training
News

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

3 hours ago
515
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern
News

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

1 day ago
725
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations
News

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

1 day ago
495
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan
News

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

2 days ago
510
नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति  #Covishieldvaccine
News

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

2 days ago
583
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays
News

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

3 days ago
460
Next Post
Dr Chandra Karki Ayurveda Physician

पायल्स के हो र यसको उपचार कसरी गर्ने?डा.कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

कोरोनाको १० अर्ब सरकारी खर्चमा अनियमितता, अख्तियारले थाल्यो छानबिन ! #Covid19

कोरोनाको १० अर्ब सरकारी खर्चमा अनियमितता, अख्तियारले थाल्यो छानबिन ! #Covid19

8 months ago
400
Dr. Shekhar Poudel MD, DM(Gastroenterology - AIIMS) Nepal Medical College Jorpati, Nepal

A Simple Endoscopic Procedure that Can Make a Big Change

3 months ago
410
४ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछी अस्पताल सिल #Covid19

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४३ दिन पछी खुल्यो

2 months ago
400

Don't Miss

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
460
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
494
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
419
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
424
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनको शूल्क #TuitionFees

January 11, 2021
589
स्वास्थ्यमन्त्री पदबहाली गर्दै त्रिपाठीले भने स्वास्थ्यक्षेत्रमा भएको क्रान्तिलाई रोक्छु #HealthMinistry

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठीले गरे ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर #HealthMinistry

January 11, 2021
503
सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

January 10, 2021
516
NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

January 9, 2021
1.2k
कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

January 8, 2021
466
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (863)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In