काठमाडौं, ०७ जेठ २०८२
भक्तपुर क्यान्सर अस्पतालले ग्रामीण भेगका जनताको क्यान्सर रोगको स्किनिङ्ग गर्नका लागि निःशुल्क परीक्षण शिविर संचालन गर्ने भएको छ ।
पूर्वका कोशी प्रदेश अन्तर्गत इलाम, पाँचथर, संखुवासभा, धनकुटा जिल्लामा महिला पाठेघर तथा स्तर क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गर्न थालेको क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो।
उक्त शिविरमा पहिलो दिन जेठ ८ गते इलाम, जेठ ९ गते र १० गते फिदिम अस्पताल, जेठ ११ गते संखुवासभाको शनिश्चेर र जेठ १३ धनकुटाको पाथीभास नगरपालिकामा शिविर संचालन हुने छ ।
अस्पतालले महिला पाठेघर तथा स्तर क्यान्सर स्क्रिनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिविर गर्दै आइरहेको छ।