काठमाडौं, १६ असोज २०८०
सरकारले भक्तपुर क्यान्सर अस्पतालको निमित्त निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त गरेको छ ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालमा लामो समयदेखि नै कार्यरत थिए। डा. चालिसेले आज कार्यकारी निर्देशक पदको नियुक्ती पत्र बुझिसकेका छन्। पहिले पनि डा. चालिसे अस्पतालको निर्देशक भईसकेका छ्न।
अस्पतालका निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठले उमेरको आधारमा बुधबार अवकाश पाएका हुन् ।