आज मिति : २०८२ कार्तिक २०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भक्तपुर क्यान्सर अस्पतालले प्यालियटिभ केयर सेवालाई विस्तार गर्ने

Nam Raj Bhatta by Nam Raj Bhatta
October 15, 2025
in News
A A
0
भक्तपुर क्यान्सर अस्पतालले प्यालियटिभ केयर सेवालाई विस्तार गर्ने
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भक्तपुर, २९ असोज २०८२

भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५ को अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

बुधबार भएको कार्यक्रममा अस्पतालले देशभर प्यालियटिभ सेवाको सशक्त विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘बीसीएच प्यालियटिभ केयर कोष’ स्थापना गर्ने घोषणा गरेको छ । यो कोषबाट आर्थिक रूपमा कमजोर भएका बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गरिनेछ ।

कार्यक्रमका अध्यक्ष तथा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जीवनको अन्तिम चरणमा पनि प्रत्येक व्यक्तिले माया, सहानुभूति र सम्मान पाउने अधिकार रहेको बताउनु भयो । हामी केवल उपचार मात्र होइन, मानवताको सेवा गरिरहेका छौं र प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक दायित्व रहेको उनले बताए । नेपालमा पहिलोपटक होस्पिस सुविधा स्थापना गर्ने लक्ष्य रहेको बताउँदै सरकारी, गैरसरकारी निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको बताए।

अस्पतालले हाल देशकै एक प्रमुख प्यालियटिभ केयर इकाई सञ्चालन गरिरहेको छ, जसलाई थप सुदृढ बनाउने योजना छ । यसबाहेक, अस्पतालमा सर्जरी, विकिरण उपचार, कीमोथेरापी, इम्युनोथेरापी, प्रयोगशाला सेवा, सिटी स्क्यान जस्ता सुविधाहरू उपलब्ध छन् । यसै वर्षदेखि पिट स्क्यान सेवा पनि सुरु हुने डा. चालिसेले जानकारी दिनुभयो। Plative

प्रमुख अतिथि मिस नेपाल २०२५ सुश्री लुना लुइटेलले आफ्हो मन्तव्य राक्दै प्यालियटिभ केयर केवल चिकित्सकीय सेवा होइन, यो मानवीय मूल्यसँग जोडिएको अभियान हो र हामी सबैले यसलाई सामाजिक दायित्व ठान्नुपर्छ ।

कार्यक्रमका विशिष्ट अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाल सरकारले २०२५–२०३५ को राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको बताए । यो रणनीतिले सेवाको विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।Birami Sahabhagi main

डा. चालिसेले रणनीतिको पाँच मुख्य पक्षहरू – मानव संसाधन विकास, सेवाको पहुँच विस्तार, संस्थागत सुदृढीकरण, औषधि सुनिश्चितता र समुदाय संलग्नता बारे प्रष्ट पार्दै प्यालियटिभ सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरे । नेपालमा हाल यस्तो सेवामा विशेष एमडी डिग्री प्राप्त दुई चिकित्सक मात्र छन्, जसमध्ये दुवै भक्तपुर क्यान्सर अस्पतालमै कार्यरत छन् । अस्पतालले घरमा आधारित केयर र टर्मिनल केयर इकाईमार्फत निरन्तर सेवा दिइरहेको छ ।

कार्यक्रममा लायन्स क्लब अफ बाग्मती क्यान्सर केयर (१ लाख), डीके मेडी सेल्स (५ लाख बराबर), पूर्व–पश्चिम चिन्ता (२ लाख) र श्रीमती उषा दीक्षित (१ लाख) बाट कोषमा सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । दिवंगत चिकित्सक डा. चाँदनी वैद्य, पूर्व निर्देशक डा. सुदीप श्रेष्ठ, डा. आरती शाह र प्रा. डा. विष्णुदत्त पौडेलको योगदानलाई सम्झना गरियो।Group 1

Tags: #government of Nepal#Health and population ministryBhaktapur Cancer HospitalDr.Ujjwal Chalise
Nisarga hospital Dhangadhi
Previous Post

निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन

Next Post

आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’ को हब बनाउन सुझाव

Related articles

चिकित्सक संघका महासचिव  डा. सञ्जीव तिवारीले मानहानी मुद्दामा पाए सफाइ
News

चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले मानहानी मुद्दामा पाए सफाइ

6 hours ago
781
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झालाई कोशी अस्पतालमा सरुवा

1 day ago
793
स्वास्थ्य विमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त
News

परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदन उपाध्याय

2 days ago
809
प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गरिने: मुख्यमन्त्री आचार्य
News

प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गरिने: मुख्यमन्त्री आचार्य

2 days ago
782
Nepal Medical Association
News

नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिको निर्वाचन माघमा हुने

4 days ago
781
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघको सुझाव
News

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघको सुझाव

4 days ago
802
Next Post
आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’ को हब बनाउन सुझाव

आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’ को हब बनाउन सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,289)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...