सिन्धुली, २० बैशाख २०८२
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरूले सिन्धुली अस्पतालमा पुगेर महिलाको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ गरेका छन
शनिबार भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले सिन्धुली अस्पतालमा ५०० जना महिलाको क्यान्सर स्क्रिनिङ गरिएको बताउनुभयो ।
डा. चालिसेका अनुसार परीक्षणका क्रममा केही महिलाहरूमा स्तन र पाठेघरको मुखको क्यान्सरको समस्या देखिएकाले थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको छ।
सिन्धुली अस्पतालमा महिलाको क्यान्सर स्क्रिनिङ तथा सचेतना शिबिरमा करिब ५०० महिला को जाँच गरियो जस मध्ये स्तन र पाठेघरको मुखको क्यान्सर पत्ता लागि थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको छ।´ डा. चालिसेले भने।
डा. चालिसेले सिन्धुली अस्पातलमा सर्जरी, गाइनो, बाल, सिटि स्क्यान, डायलासिस लगायत सम्पूर्ण सुबिधा राम्रो रहेको पनि बताए।
आगामी दिनमा बिरामीको सुबिधाका लागि दुई अस्पातलबिच सहकार्य गर्ने बारे अध्यक्ष सतिस ढकालसहित मेसु डा. अभिशेक थपालियासँग छलफल र भेट्घाट गरिएको उनले जानकारी दिए।