आज मिति : २०८२ जेष्ठ ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भागेश्वर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Nam Raj Bhatta by Nam Raj Bhatta
July 2, 2022
in News
A A
0
भागेश्वर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

डडेल्धुरा, १८ असार २०७९

डडेल्धुराको भागेश्वरलाई अषाढ ११ गते पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो ।

पूर्ण खोप घोषणाका लागि जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।

गाउँपालिकाका अध्यक्ष हेमराज चटौतको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारीको प्रमुख आथित्यमा र स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत निरीक्षक कृष्ण राज ओझाको विशिष्ट अथितिमा कार्यक्रम शुरु भएको थियो।

Bhageshor gaupalika Frist

भागेश्वर गाउँपालिका अध्यक्ष हेम राज चटौतले एक औपचारिक समारोहका बीच पूर्ण खोप गाउँपालिका भएको घोषणा गरेका हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति डडेल्धुराका संयोजक गगन सिंह भण्डारीले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताए । उनले पूर्ण खोप घोषणा गर्दै गर्दा महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई गाउँपालिकाले भुल्न नहुने सुझाव दिए ।

गाउँपालिका अध्यक्ष चटौतले सबैको सहयोग र सहकार्यले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको बताए । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि बार्षिक रुपमा करोडौं बजेट खर्च गर्दै आएको जानकारी गराउँदै उनले महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई कदर गर्दै सेवा, सुबिधा दिइरहेको बताए । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको चटौतले जोड दिए ।

Bhageshor gaupalika second

कार्यक्रममा विशिष्ट अथिति स्वास्थ्य कार्यालय डडेल्धुराका कोल्ड चेन अधिकृत निरीक्षक कृष्ण राज ओझाले सबै गाउँपालिका र नगरपालिकाले पूर्ण खोप पालिका घोषणा गरिसकेपछि यसै वर्ष भित्र जिल्लालाई घोषणा गरिने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्स बहादुर रोकाले पूर्ण खोप घोषणा गरेपनि समय–समयमा अनुगमन गरिने बताए । उनले भने, ‘अहिले घोषणा गरेपनि पछि कुनै समस्या आउन सक्छन्, यस अभियानमा हामी सक्रिय रुपले लाग्ने छौं, यो घोषणा पूर्ण रुपले कार्यान्वयन होस् ।’

Bhageshor gaupalika dadeldhura

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मान बहादुर साहुले आगामी दिनमा खोप लगाउन योग्य बालबालिकालाई पूर्ण खोप दिनका लागि वडा स्तरमा खोपको दिगोपना कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । आफ्नो वडाका कार्य क्षेत्रका हरेक घर दुरीमा गइ जन्मेदेखि १५ महिनाका बालबालिकालाई लाईन गर्ने तथा १६ देखि २३ महिना सर्वेक्षण गर्ने काम पुरा भएको साहुको भनाइ छ।

कार्यक्रममा गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

२०७८ साल माघ २० गते पूर्व गाउँपालिकाकी अध्यक्ष कौशिला भट्ट ज्यूको अध्यक्षतामा पूर्ण खोप सुनिश्चितता गर्ने निर्णय गरेको थियो।

Tags: #government of NepalBhageshor rural municipalityCorona Virus #Covid19Dadeldhura DistrictGagan Singh bhandariHarsha Bahadur rokaHem Raj chatautKrishna Raj ojha
Nisarga hospital Dhangadhi
Previous Post

त्रिवि शिक्षण अस्पतालले फेरि स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय

Next Post

बिदेशबाट नेपाल आइपुग्यो ५ देखि ११ वर्षका बालबालिकाको‌ लागि २४ लाख खोप

Related articles

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

3 hours ago
794
दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै
News

दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै

3 hours ago
791
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
News

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

11 hours ago
790
भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि
News

भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

11 hours ago
790
डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल
News

डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल

22 hours ago
1.3k
राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन
News

राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन

1 day ago
788
Next Post
बाजुरामा बालबालिकालाई वैशाख ४ बाट टाइफाइड विरुद्धको खोप लगाउन सुरु

बिदेशबाट नेपाल आइपुग्यो ५ देखि ११ वर्षका बालबालिकाको‌ लागि २४ लाख खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,029)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...