काठमाडौं, ०२ वैशाख २०८०
बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डे प्रवल जनसेवा श्री पदकबाट विभूषित भएका छन्।
संविधान दिवसको अवसरमा सरकारले विभूषणको घोषणा गरेको थियो । नयाँ वर्षको पहिलो दिन राष्ट्रपति कार्यालयमा आयोजित समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले डा. पाण्डेलाई उक्त पदकबाट विभूषित गर्नु भएको हो ।
डा. पाण्डेको नेतृत्वमा बर्दिया अस्पतालले प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । बर्दिया अस्पताल अहिले देशकै नमुना अस्पतालको रुपमा चिनिन्छ।