बाजुरा,१९ भाद्र २०७७
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले ५८ औ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले स्वयम सेबकका लागि तालि बजाउनुहोस् भन्ने मुल नारा लाई आत्म साथ गर्दै स्थापना दिवस मनाएको हो । जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरु हरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको सभापति रम वहादुर शाहीले वताए । जिल्ला सभापति रम वहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा रेडक्रसका कार्यक्रम सयोजक ईश्वरी सुवेदीले स्थापना दिवस मनाउनुको उद्देश्यका बारेमा जानकारी गराएकी थिईन ।
२०२० साल भाद्र १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी विपद्का बेलातत्कालीन उद्धार र राहत, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार लगायत अत्यावश्यकीय सेवाका साथै जीवन रक्षा, स्वास्थ्यप्रवर्धन, संरक्षण, लैङ्गिक समानतातथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत हरेक वर्ष करीव २४ लाख जनता समक्ष पुग्ने गरेको र बाजुरा जिल्लामा पनी रेडक्रसले राम्रो काम गरेकोमा प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले रेडक्रस सोसाईटीको प्रसंशा समेत गरेका थिए । अस्पातलमा रहेका विरामीलाई फलफुल वितरणका साथै सेनीटाईजर र मास्क समेत वितरण गरीएको थियो ।
कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष भरत थापा, प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराई ,अनुसन्धान प्रमुख नरेन्द्र भट्ट ,रेडक्रसका पूर्व सभापति तिलक थापा , जिल्ला अस्पताल कार्यालय प्रमुख डा रुपचन्द्र वि.क. पत्रकार महासंघ पूर्व अध्यक्ष मदनराज जोशी ,नेकपा बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा र अन्य रेडक्रस कर्मीहरुको सभागिता रहको थियो ।
कार्यक्रममा उपस्थित अतिथीहरुले स्थापना दिवसको अवसरमा शुभकामना प्रदान गरेका थिए । यसरी नै जिल्लाका त्रिवेणी नगरपालिका र वडिमालिका नगरपालिकामा पनी विभिन्न सचेतना मुलक कार्यक्रमहरु गरेर रेडक्रसले स्थापना दिवस मानएको र रेडक्रसलाई सवैले सहयोग तथा सहकार्य गरी हौसला प्रदान गरेकोमा सभापति रम वहादुर शाहीले धन्यवाद ज्ञापन गरेका थिए ।