बझाङ, ११ जेठ २०८०
बझाङ जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा देशभरमै दोस्रो भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन, क्लिनिक सेवा र सहयोगात्मक सेवाका आधारमा गरेको मुल्यांकनमा अस्पतालले ९३ प्रतिशत ल्याएर प्रदेशमा दोस्रो उत्कृष्ट अस्पताल बनेको हो ।
अस्पतालले प्रदान गर्ने सेवा तथा अस्पतालको व्यवस्थापन लगाएतका क्षेत्रमा सुधारका कामहरु भएपछी अस्पतालको सेवा प्रवाहमा सहजता आएको छ । अस्पतालमा हुनुपर्ने न्युनतम् आवश्यकताहरुको परिपुर्ति भएसँगै अस्पतालबाट दिइने सेवामा सुधार र दैनिक रुपमा अस्पतालमा आउने सेवाग्राहीको संख्यामा पनि वृद्धी भएको छ । भौतिक संरचना तथा अन्य सेवाहरु भरपर्दो अवस्थामा संञ्चालनमा आएसँगै जिल्ला अस्पतालमा स्थानीयहरुको विश्वास बढ्दै गइरहेको स्थानीयहरुले बताएका छन् ।
न्यूनतम सेवा मापदण्डकै आधारमा जिल्ला अस्पतालहरुमा बैतडी जिल्ला अस्पताल प्रथम भएको छ भने दमौली अस्पताल तेस्रो भएको छ ।
जिल्ला अस्पतालको सेवामा थप र सेवालाई गुणस्तरीय बनाउनका लागी आफुहरु लागी परेको जिल्ला अस्पताल व्यवस्थापन समितीका अध्यक्ष सोनु सिंहले बताउनुभयोे । ‘विगतका भन्दा भौतिक संरचना तथा अन्य स्वास्थय सेवामा धेरै मात्रामा सुधार भएको छ । अस्पताललाई व्यवस्थित पार्नका लागी सवैको सुझाव आवश्यक रहेको छ,’ अस्पताल व्यवस्थापन समितीका अध्यक्ष सिंहले भन्नुभयो, ‘आगामी दिनमा पनि नागरिकलाई दिने सेवालाई चुस्त पार्नका लागी हामी लागि परेका छौ । दक्ष जनशक्ति व्यवस्थान लगाएतका विषयहरुका अस्पतालले पहल गरिरहेको छ ।’
अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापन समितीका पदाधिकारी लगाएत सवैले मिलेर काम गर्दा देशभर उत्कृत अस्पतालको रुपमा परिचय बनाउनु आफुहरु सफल भएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. नवराज जोशीले बताउनुभयो । अस्पतालमा आउने कर्मचारीहरुको विश्वास जित्नु महत्वपूर्ण रहेकाले यसलाई स्थापित गर्न आफुहरु सफल भएको डा. जोशीले बताउनुभयो ।