आज मिति : २०८२ जेष्ठ ६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सुर्तीजन्य पदार्थ उत्पादकको विज्ञप्ति भ्रमपूर्ण भएको भन्दै एक्सन नेपालको ध्यानाकर्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
May 24, 2024
in News
A A
0
सुर्तीजन्य पदार्थ उत्पादकको विज्ञप्ति भ्रमपूर्ण भएको भन्दै एक्सन नेपालको ध्यानाकर्षण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ११ जेठ २०८१

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको विज्ञप्ति भ्रमपूर्ण रहेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण र रोकथामबारे काम गर्दै आइरहेको एक्सन नेपाल संस्थाले बिहीबार पत्रकार भेटघाट आयोजना तथा प्रेस विज्ञप्ति जारी गर्दै विज्ञप्तिको विरोध गरेको हो।

संघले ४ जेठमा सुर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र विधाबारे सरकारलाई नै टार्ने गरी विज्ञप्ति जारी गरेको थियो। तर, सो विज्ञप्तिमा आपत्ति जनाउँदै एक्सन नेपालले सुर्तीजन्य पदार्थका उद्योगीहरूले संसारभरि नै भ्रामक सूचना सम्प्रेषण गरेको, वैज्ञानिक विधिअनुसार तथ्यहरूको पालना नगरेको, नीति निर्माण तह र त्यसमा कार्यरत कर्मचारीलाई दबाब तथा प्रलोभनमा पारेको आरोप लगाएको छ।

संस्थामा अध्यक्ष डा. आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थबाट लाग्ने रोगहरू जनस्वास्थ्यको प्रमुख चिन्ताको रूपमा देखिएकोले यसमा गम्भीर हुन जरुरी रहेको बताउँदै संघको विज्ञप्तिप्रति आपत्ति जनाउनु भएको छ।

जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने त्यस्ता उद्योगहरूले आफूअनुकूल कानुन र परिस्थिति गर्न गर्ने प्रचलन नै रहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सुर्तीजन्य पदार्थबारे वैज्ञानिक विधि, अनुसन्धान र संसारभर प्रचलनमा आएका अभ्यासहरूको परिपालना गर्न एक्सन नेपालले दबाब दिँदै आइरहेको छ।

संघले कच्चा पदार्थ, खुद्रा मुल्यलगायतमा पनि कर तिरेको विज्ञप्तिबाट उल्लखे गरेको थियो। यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघले जारी गरेको विज्ञप्ति सुर्तीजन्य पदार्थका व्यापारीहरूको पक्षमा रहेको बताए।

‘उत्पादन भइसकेका वस्तुको कर जोड्नुपर्नेमा कच्चा पदार्थको पनि जोडेर उम्कन खोजेको देखियो,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘सरकारले घरेलु उद्योगलाई प्रोत्साहन गर्नुपर्छ भनेको राम्रो उद्योगलाई हो, तर सुर्तीजन्य पदार्थको उद्योगलाई छुट दिनुपर्ने अवस्था छैन, यसले नेपालीलाई रोगी बनाइरहेको छ, अस्पतालमा कडा रोगका बिरामीको चाप बढ्दो छ, यस्तो उद्योग सकिन्छ भने बन्द नै गर्ने हो।’ उनका अनुसार सरकारले सुर्तीजन्य उद्योगमाथि ७५ प्रतिशत कर लगाउन सक्ने प्रावधानसमेत छ।

आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार गत वर्ष नेपालमा ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार ६६७ खिल्ली चुरोट नेपालमा उत्पादन भएको छ। यसपत प्रतिखिल्ली २.३२ रुपैयाँका दरले राजस्व संकलन भएको छ ।

नेपालमा करको दर निकै कम भएका कारण यहाँ चुरोटको मूल्य विश्वकै तुलनामा कम छ। त्यसकारण करलाई वृद्धि गरेर प्रतिखिल्ली औसतमा चार रुपैयाँ कर उठाउनुपर्ने विज्ञ तथा संघसंस्थाहरूले सुझाव दिँदै आइरहेका छन्। यसमध्ये सरकारले प्रतिखिल्ली ०.६ रुपैयाँ स्वास्थ्य जोखिम कर उठाउँछ।

पछिल्लोपटक स्वास्थ्य मन्त्रालयले प्रतिखिल्ली तीन रुपैयाँ स्वास्थ्य जोखिम कर उठाउनुपर्ने प्रस्ताव गरेको छ। तर, यो कार्यान्वयनमा छैन । यस्तै, नेपालमा चुरोटमा कर वृद्धि गर्दा विदेशी चुरोटको आयात बढ्ने भनेर हल्ला फैलाउने गरिएको छ।

त्यस्तैगरी, यो तथ्यहीन विषय भएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। हाल नेपालमा सर्वाधिक बिक्री हुने चुरोटको मूल्य ३२० पर्दछ भने भारतमा त्यसको मुख्य नेपाली ५४४ रुपैयाँ पर्छ। भारतमा नेपालमा भन्दा महँगो भएकोले नेपालमा कर बढाउँदा भारतबाट अवैध रूपमा चुरोट नभित्रिने विज्ञप्तिमा दाबी गरिएको छ।

एक्सन नेपालले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर सरकारलाई प्रस्ताव पनि गरेको छ। हाल विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकोभन्दा नेपालमा निकै कम कर लगाइएको छ। यदि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसारको कर वृद्धि गर्ने हो भने नेपालले वार्षिक ७८ अर्ब ८७ करोड राजस्व संकलन गर्न सक्छ। सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वार्षिक ३७ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ।

Tags: #Health and population ministryAction NepalAnanda Bahadur ChandSmoking
Nisarga hospital Dhangadhi
Previous Post

गर्मी अत्यधिक बढेपछि उदयपुरका अस्पतालमा बिरामीको चाप

Next Post

काठमाडौंका करिव एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप दिइदै

Related articles

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न
News

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न

2 hours ago
806
काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

16 hours ago
801
दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै
News

दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै

16 hours ago
800
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
News

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

24 hours ago
792
भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि
News

भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

24 hours ago
794
डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल
News

डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल

1 day ago
1.4k
Next Post
काठमाडौंका करिव एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप दिइदै

काठमाडौंका करिव एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप दिइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,030)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In