काठमाडौं, २१ साउन २०८१
आयुर्वेद स्वास्थ्यकर्मी समाजले बैकल्पिक चिकित्सालय मन्थली रामेछापको विज्ञापन प्रती गम्भिर ध्यानाकर्षण गराएको छ।
प्रकाशित करार सेवामा लिने सूचनाको क्रम संख्या ५ को विज्ञापनमा बैद्य पदको सुरु नियुक्ति सहायक चौथो तहबाट हुने र न्युनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी. उतीर्ण गरी एक वर्षको सहायक आयुर्वेद कार्यकर्ता कोर्ष उतिर्ण गरेको हुनुपर्नेछ।
कविराज पदको सुरु नियुक्ति सहायक पाचौं तहबाट हुने र न्युनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थावाट आयुर्वेद विषयमा प्रमाणपत्र तह उल्लेख भएकोमा उक्त विज्ञापनमा वैद्य/कविराजसँगै उल्लेख गरि सूचना प्रकाशन गरिएको भन्दै समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त पद वैद्य चौंथो वा कविराज पाचौं कुन हो प्रष्ट खुल्नुपर्नेमा एकै डालोमा राखी विगतदेखि नै समग्र आयुर्वेद स्वास्थ्यकर्मीहरुमाथि मानमर्दन गर्न खोजिएको समाजको भनाइ छ।
साथै यस प्रकारका गम्भीर गल्ती पुन: नदोहोर्याइ हालको अवस्थामा प्रचलित संघीय कानुन सङ्ग नबाझिने गरि कानुन सम्मत र अगामी दिनमा पनि यस प्रकारका गल्तीलाई दोहोर्याउन नदिन आयुर्वेद स्वास्थ्यकर्मी समाजले अपिल गरेको छ।