काठमाडौं, १६ माघ २०७९
नेपाल आयुर्वेद औषधि व्यवसायी संघको पाचौ राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा रामचन्द्र बुढाथोकीलाई सर्वसम्मत रुपमा चयन गरेको छ।
शनिबार राजधानीमा भएको पाचौं राष्ट्रिय अधिवेशनमा प्रमुख अथिति औषधि व्यवस्था विभागका महानिर्देशक भरत बहादुर भटराईले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
निबर्तमान अध्यक्ष जङ्गराज गिरिले आफ्नो तिन वर्ष कार्यकाल पुरा गरेर बुढाथोकीलाई अध्यक्षतामा चयन गरेका हुन्।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बालचन्द्र अधिकारी, उपाध्यक्ष पुरुषमा गंगा ढकाल, उपाध्यक्ष महिला निर्मला खत्री, महासचिव लेखनाथ भुषाल, सचिबमा प्रथम कृष्ण प्रसाद तिम्सिना, सरोज राय यादब, कोषाध्यक्षमा उमा शंखर यादब, सह-कोषाध्यक्षमा बेद सुवेदी चयन भएका छन्।
त्यस्तैगरी सदस्यहरुमा प्रदेश १ बाट बिष्णु कुमार कार्की, मधेस प्रदेशबाट महम्मद जाहागिर रांकी, बागमती प्रदेशबाट गणेश घिमिरे, गण्डकी प्रदेसबाट धन बाहादुर कुमाल, लुम्बिनी प्रदेशबाट गिरिराज शर्मा भट्टराई, कर्णाली प्रदेशबाट शेखर खड्का र सुदुर पश्चिम प्रदेशबाट जयराज भट्ट नियुक्त भएका छन्।
त्यस्तैगरी सदस्यहरुमा रबिन्द्र देसार, डिल्ली प्रसाद घिमिरे, मधु वस्ती, कमल प्रसाद ओलि, निता बिश्वकर्मा, रणदेव हजाम, चुडाराज खनाल र मिङ्मा भुटिया चयन भएका छन्।