काठमाडौं, १९ साउन २०७९
नेपालमा दर्ता नभएका केही व्यक्तिहरुले आयुर्वेदविज्ञ वा आयुर्वेद चिकित्सक भन्दै सामाजिक सञ्जालमा भामक प्रचार गरिएकोमा आयुर्वेद चिकित्सा परिषद्को ध्यानाकर्षण भएको जनाएको छ।
यस्तो कार्य गर्ने लाई कानूनी कारबाही गर्ने परिषदको चेतावनी छ। यस्तो कार्य नगर्न-नगराउन हुन साथै सो सम्बन्धि काम गरेको वा गराइएको पाइएमा ऐन र प्रचलित नियम कानून बमोजिम हुने व्यहोरा सम्बन्धित सवैलाई जानकारी गराइन्छ। जारी विज्ञप्तिमा भनिएको छ।

साथै परिषदमा दर्ता भएका जनशक्तिहरुले मात्र आयुर्वेद चिकित्सा सेवा प्रदान गर्न परिषदले आग्रह गरेको छ।














