काठमाडौं,१९ असोज २०७७
प्रा. डा. गोविन्द के.सी. को १९ औं आमरण अनशन २२ दिन पुग्दा समेत सरकारको तर्फबाट कुनै चासो व्यक्त नगरिएको तथा हाल सम्म वार्ता टोलि समेत गठन नगरिएको प्रति नेपाल आयुर्वेद चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
कोरोना महामारीको हालको परिस्थितिलाई ध्यानमा राखि यस संघले आन्दोलन घोषणा नगरी सरकार बाटै समस्या समाधान गरिने छ भन्ने आशा गरेकोमा हाल सम्म कुनै पहल नगरेको प्रति गम्भिर आपत्ति भएको आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीले विज्ञप्ति मार्फत जानकारी दिनुभयो।

साथै तत्काल वार्ता टोलि गठन गरि वार्ता कै माध्यम बाट समस्या समाधान गरि डा. के.सी.को जीवन रक्षा गर्न यस संघ जोडदार माग गरेको छ । अन्यथा यस संघ आन्दोलनमा उत्रिन वाध्य हुने व्यहोरा समेत अध्यक्ष डा. ज्ञवालीले बताए।