काठमाडौं,२ भाद्र २०७७
चिकित्सकको पारिश्रमिक उपलब्ध गराउन भन्दै नेपाल आयुर्वेद चिकित्सक संघले चेतावनी दिएको छ। विज्ञप्ती अनुसार निजी क्षेत्रमा कार्यरत आयुर्वेद चिकित्सकहरुलाई निजि क्षेत्रमा संचालित आयुर्वेद संस्थाहरुले बन्दा बन्दीको नाममा नियमित भुक्तानी नगरेको भन्ने व्यापक गुनासो आएकोले पारीश्रमिक भुक्तानी गर्नुपर्ने सङ्घका अध्यक्ष डा. प्रकाश ज्ञावलीले जानकारी दिनुभएको छ।
विभिन्न क्याम्पसहरूको नविकरण समयमा अनिवार्य अरुमा चिकित्सकलाई पारिश्रमिक भुक्तानी गरेको प्रमाणित गरि तथा नविकरणको लागि चिकित्सकको लिखित सम्झौता सलंग्न गरेर मात्रै नविकरण गर्न आयुर्वेदिक चिकित्सा परिषदलाई हार्दिक अनुरोध गरेको छ। त्यस्तै गरेर सम्पूर्ण निजी आयुर्वेद क्लिनिक , आयुर्वेद पोलिक्लिनिक तथा आयुर्वेदिक अस्पतालहरुका सञ्चालकहरुले चिकित्सकलाई भुक्तानी गर्नुपर्ने तत्काल पारीश्रमिक उपलब्ध गराउनु जोडदार माग गरेका छन्।
विज्ञप्तिमा अनुसार निर्देशिका र ऐनलाई कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरेका छन्। सबै निजी संस्थाहरु र आयुर्वेदिक अस्पताल बाट पिडित चिकित्सकहरुले सम्बन्धित जिल्ला स्थित कार्यालयमा तत्काल निवेदन दर्ता गराई सो जानकारी गराउनु पनि अनुरोध गरेका छन्। सम्पूर्ण निजी क्षेत्रमा कार्यरत चिकित्सकहरूको श्रमशोषण नगरी श्रम अनुसारको पारिश्रमिक पाउने अधिकारबाट बञ्चित नगर्न संघले अनुरोध गरेको छ।
संघले सातै वटा प्रदेशहरुको माननिय मन्त्री ज्यू , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव ज्यू र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक ज्यू समक्ष संघले ध्यानाकर्षण गराएको छ।