काठमाडौं, ११ माघ २०७८
नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित भएको छ। माघ २१ र २२ गतेको लागि निर्धारित गरिएको दशौं राष्ट्रिय महाधिवेशन विश्वव्यापी कोरोना महामारीको कारण स्थगित गर्नुपरेको संघले जनाएको छ।
‘विश्वव्यापी कोरोना महामारीको कारण सरकारी निर्देशन बमोजिम महाधिवेशन स्थगित गर्नु पर्ने वाध्यताको कारणले हाल लाई अर्को सूचना प्रकाशित नभए सम्मको लागि महाधिवेशन स्थगित गरिएको व्यहोरा अनुरोध छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै विभिन्न समितिका कार्यहरु सुचारु राख्न समितिका संयोजक तथा सदस्यहरुलाई संघले आग्रह गरेको छ। समय अनुकुल भएपछि महाधिवेशनको मिति सार्वजनिक गरिने संघले जनाएको छ।