पाल्पा ,२९ असोज २०७७
रिब्दीकोट गाँउपालिका, पालुङ्गमैनादी आयुर्वेद औषधालयको आयोजनामा कार्यपालिका पदाधिकारी, शाखा प्रमुख, कर्मचारी, पत्रकार, समाजसेवीहरु लाई स्वस्थ जीवन शैली तथा आयुर्वेद सम्वन्धि अभिमुखीकरण कार्यक्रम रिब्दीकोट गाँउपालिकाको सभा हलमा मिति २०७७/०६/२८ गते बुधवारका दिन एक भब्य कार्यक्रम गरेको छ।
उक्त कार्यक्रममा रिब्दीकोट गाँउपालिकाका अध्यक्ष श्री नारायण बहादुर जि सि को अध्यक्षता, रिब्दीकोट गाँउपालिकाका उपाध्यक्ष श्री लक्ष्मी खनालको प्रमुख आतिथ्यता तथा रिब्दीकोट गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री प्रेमचन्द्र अर्याल, सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश बुटवलका सहजकर्ता आयुर्वेद विज्ञ डा. पुष्पराज पौडेल, ने. सं. वि. का उप-प्राध्यापक डा. मदन भण्डारी, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा सभ्यता पन्थीको विशिष्ट आतिथ्यता, रिब्दीकोट गाँउपालिकाका सबै वडाका वडाअध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुको आतित्थ्यता, समाजसेवी, पत्रकार, शाखा प्रमुख तथा कर्मचारी लगायत को सहभागितामा सम्पन गरियो । सो कार्यक्रमको सञ्चालन रिब्दीकोट गाँउपालिकाका कर्मचारी शिव जि सि ले गर्नु भएको थियो ।कार्यक्रममा स्वागत आयुर्वेद औषधालयका डा.रोमहर्ष नेपालले गर्नुभएको थियो ।

कार्यक्रममा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा सभ्यता पन्थीले आयुर्वेद संरचना लगायत आयुर्वेद स्वास्थ्य सस्थाबाट प्राप्त हुने सेवाहरुको बारेमा सहजीकरण गर्नु भयो भने ने. सं. वि. का उप-प्राध्यापक डा मदन भण्डारी योग र आयुर्वेदको सम्वन्ध, परिचय, योग गर्ने विधी, योग आसन-प्राणायामका फाइदा, सावधानीको बारेमा सहजीकरण गर्नु भएको थियो। योग आसन-सुर्य नमस्कारको प्रदर्शन डा रोमहर्ष नेपालले गर्नुभएको थियो । सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश वुटवलका आयुर्वेद विज्ञ डा. पुष्पराज पौडेलले स्वस्थ जीवन शैली, दिनचर्या, स्वस्थवृत आदी विविध विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख प्रशासकिय अधिकृत श्री प्रेमचन्द्र अर्यालले कार्यक्रममा सिकेका कुरा दैनिक जीवनमा उतार्नु पर्ने वताउनु भएको थियो भने उपाध्यक्ष श्री लक्ष्मी खनालले यस्ता कार्यक्रम सबै वडाहरुमा सन्चालन गरीने कुरा वताउनु भयो।

गाँउपालिकाका अध्यक्ष श्री नारायण बहादुर जि सि ले यस्ता कार्यक्रमहरुका लागी गाँउपालिका सधै सकारात्मक रहेको वताउदै स्वस्थ जीवन शैली सम्वन्धि ब्रोसर, बुकलेट तयार गरी वितरण गरिएमा अझ प्रभावकारी हुने आशा व्यक्त गर्नुभयो । सम्भवत; पाल्पा जिल्लामा पहिलो पटक गरिएको यस कार्यक्रम निकै फलदायी रहेको सहभागीहरुले प्रतिक्रिया दिनु भएको थियो।





