कैलाली , ८ असार
धनगढी उप–महानगरपालिका वडा नं ५ स्थीत, पन्चोदय उ.मा.वि मा क्वारेन्टाईनमा रहेका सम्पुर्णलाई
(आदर्श नव युवा क्लब ) ले उन्नाइसौ दिन सम्म आइपुग्दा निःशुल्क खाना ,खाजा , साबुन , पानीको व्यवस्था गरेको लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्नुका साथै विभिन्न विपन्न वर्गहरुलाई सहयोग गरिरहेको आदर्श नव युवा क्लबका अध्यक्ष निराजन खड्काले जानकारी दिए ।

हाल सालै स्थापना भएको संस्थाले सामाजिक सेवामा सक्रिय भइरहेको छ।साथै दृष्टिविहीन तथा एक महिलालाई खाद्यान्न सहयोग गर्नुका साथै मानव सेवा आश्रम र मुटुरोगीलाई पनि सहयोग गरेको क्लबका अध्यक्ष खड्काले बताए ।
लकडाउनका कारण सडकमा बस्दै आएका पशुचौपायलाई समेत खानाको व्यवस्था गरेको र क्लबको पहलबाट रीतिका गुरुङको निवासमा सञ्चालनमा रहेका Street paws (street dog’s Care House) स्ट्रिट पावसमा रहेका कुकुरलाई खानाकाे सहयोग गरेको अध्यक्ष खड्काले बताए।

लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्नुका साथै विभिन्न विपन्न वर्गहरुलाई सहयोग गरिरहेको आदर्श युवा क्लबका अध्यक्ष निराजन खड्काले जानकारी दिए ।
क्लबले पञ्चोदय माविको क्वारेन्टिनमा रहेकालाईलाई १९ दिनदेखि लगातार खाना खुवाईरहेका छन् ।

उनीहरु त्यहाँ खाना खुवाउनुका साथै दृष्टिविहीन तथा एक महिलालाई खाद्यान्न सहयोग गर्नुका साथै मानव सेवा आश्रम र मुटुरोगीलाई पनि सहयोग गरेको क्लबका अध्यक्ष खड्काले बताए ।





