डडेल्धुरा : फागुन २१ , २०७६ बुधबार
प्रा.डा. गोविन्द केसी दुई महिना निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न डडेल्धुरा पुग्दै छन् । बुधबारदेखि डडेल्धुरा अस्पतालमा दुई महिनासम्म उनले निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन्।
गत कात्तिक १८ गतेदेखि आफूसँग भएका पूर्वसहमति कार्यान्वयन गर्न माग गर्दै प्रा. डा. केसीले डडेल्धुरामा १७ औँ अनसन समेत सुरु गरेका थिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछि डा. केसी सो समयमा ९ दिन अनसन बसेका थिए।
डा.केसीले सो समयमा भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै अनसन स्थगीत गरेका थिए। डा.केसीले अब डडेल्धुरा बासी हरुलाई बिना शुल्क उपचारमा लागि पर्ने बताए।