१३ बैशाख , काठमाडौ
नेपालमा तीन महिनाको अवधीमा १२ ओटा जिल्लामा कोरोना भाइरसबाट प्रभावित बनेका छन। नेपालमा पहिलोपटक २०७६ माघ १० मा पहिलो कोरोना सन्क्रमित ब्यक्ति भेट्टिएको थियो। अहिलेसम्म नेपालमा ४९ जनामा कोरोना सन्क्रमण भएको छ। ती मध्ये ११ जना कोरोनाको लडाइ जितेर घर फर्की सकेका छ्न भने ३८ जना अहिले उपचार गरिरहेका छ्न।
कोरोना प्रभावित हुने जिल्लाहरु :
काठमाडौ ,धादिङ ,कैलाली कंचनपुर , चितवन ,लमजुङ ,पर्सा,उदयपुर ,रौतहट ,भोजपुर ,सर्लाही र झापा जिल्ला हुन् ।
अहिलेसम्म उच्च जोखिममा रहेका जिल्लाहरु ;
कैलाली ,कंचनपुर ,डोटी ,अछाम ,बाग्लुङ र जुम्ला छन् ।
अहिलेसम्म काठमाडौंमा ३जना, धादिङमा १ जना ,कैलालीमा ४, कंचनपुरमा १ जना, उदयपुरमा २८ जना , झापामा १ जना ,भोजपुरमा १ जना, सर्लाहीमा १ जना, रौतहटमा१ जना,बाग्लुङमा ४ जना, चितवनमा २ जना , पर्सामा २ जनामा कोरोना सम्क्रमण भएको छ।