एउटा स्वास्थ्यकर्मीको पिडा

म हारे…. हो म हारे

मनमा कुरा त खेल्छ
धेरै धेरै खेल्छ
समाधानका,
असन्तुस्टीका,
बिद्रोहका
केही लेखु भन्छु
केही भनु भन्छु
तर के गर्ने हिजो आज यि औंलाहरुले,
कलम समाउन मानिरहेका छैनन
आवाजहरु ओठ सम्म आउन तम्सिरहेका छैनन

किन बेर्थ लेख्न पर्‍यो,
किन बेर्थ बोल्न पर्‍यो
जहाँ सुनिदिने कान छैनन
जहाँ बिचार गरिदिने मन छैनन
अनी जहाँ मन्थन गरिदिने मगज छैनन

म हारे
हो म हारे
बोल्नै नसक्ने गरी
लेख्नै नसक्ने गरी
उठनै नसक्ने गरी

म अरुलाई बचाउन, आफु जोगिन खोजेको थिए
आफु ढल्नु अघी धेरै भन्दा धेरै घाउमा,
मलम लगाउन सकु भन्ने सोचेको थिए
तेइ घाऊमा मलम बन्न त मैले यो पेशा रोजेको थिए
तेइ घाऊमा मलम बन्न त मैले यो पेशा रोजेको छु

तर आज मलाई बिना तयारी
बिना सुरक्षा,
अगाडि बढ भनिदै छ
मेरो बोली दबाइदै छ
मानौ म एउटा फौजी हुँ
कमाण्डर को हरेक आदेश बिना प्रश्न पालना गर्नु पर्छ
सजाय को डर देखाईदै छ,
धम्की दियिदै छ

तर मेरो पेशा त्यस्तो थिएन
यहाँ आदेश होइन ज्ञान, बिबेक पालना गरिन्छ
बिज्ञान को बाटो हिडिन्छ
कमाण्डर सधैं सहि हुन्छ भनेर उस्को आदेश मात्र मानिदैन
कसै को डर धम्की, चाकडी
को लागि बिज्ञान लाई अन्तै मोडिदैन

तर पनि आज म हारे…..हो म हारे

जुन पेशा सेबा मुलक छ
अनी मानबिय सम्बेदना सँग जोडीएको छ
जीवन र मृत्‍यु सँग हरेक दिन लडाईं हुन्छ
हो….
तेइ पेशा भित्र म आत्मसम्मान खोजी रहेको छु
तेइ पेशा भित्र म सुरक्षा खोजिरहेछु

कस्तो बिडम्बना,
हामीलाई बेथिती को नाम दियिदै छ
हामीलाई पैसा मुखी देखिदै छ
अनी हाम्ले गर्ने काम
हाम्ले खोज्ने अधिकार लाई
बेवस्था गरिदै छ

म हारे….. हो म हारे

चाहना नहुँदा नहुँदै
यो मन मस्तिस्कले नाइ नाइ भन्दा भन्दै पनि,
अब म हेल्मेट बिनै बाईक चलाऊछु
ब्रेक बिनै को गाडी चलाऊछु
मलाई अघी बढ्ने मात्र आदेश छ
बच्ने र बचाउने गरी मलाई तयारी गरिएको छैन
तेती बेला चोट मलाई मात्र लाग्ने छैन
तेती बेला घाइते म मात्र हुने छैन

म घाउमा मलम बन्न नसक्ने गरी थिचिदा
म रोग को पिडा सुन्न नसक्ने गरी हराउदा
वास्तविक पिडामा रुने हरु को,
रोगले गलेकाहरुको आवाज
सुन्न मात्र सक्ने छु
उठ्न नसक्ने गरी
शायद कैलई नउठ्ने गरी
सुतिरहेको हुनेछु…..

समिक्षा होला बाचेका हरु माझ
अनी गल्ती,
दोश, कमजोरी
सबै मेरै देखिने छ
हाम्रै देखिने छ

म हारे…. हो म हारे

✍️  डा . बिष्णु मुर्ती भट्टराई

Next Post
ADVERTISEMENT