आज मिति : २०८२ माघ १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय

HNN Staff by HNN Staff
August 29, 2023
in Health
A A
0
Cervical Cancer Awareness (पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय)

Cervical Cancer Awareness (पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय)

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Dr Binod Aryal, gynaecologist
✍️ डा. बिनोद अर्याल
कन्सल्ट्यान्ट, गाईने अन्कोलोजिष्ट

महिलाहरूलाई हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ । दोस्रोमा स्तन क्यान्सररहेको छ । पहिले क्यान्सर नो एन्सर भन्ने गरिन्थ्यो । हुन पनि क्यान्सर लागे पनि ढिलो गरी उपचारमा जाने प्रचलन थियो । अहिले पनि क्यान्सरको सुरू अवस्थामै उपचारमा आउनेहरुको संख्या कम छ । धेरै बिरामी ढिलो गरी उपचारमा आउँदा क्यान्सरकै कारण ज्यान जाने गरेको छ । सुरुकै अवस्थामा उपचार गर्न सकिए क्यान्सर निको हुन्छ ।

यसै सन्दर्भमा महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबारे स्त्री तथा प्रसूति क्यान्सर रोग विशेषज्ञ डा. बिनोद अर्यालसँग नमराज भट्टले गरेको कुराकानीका आधारमा ।
पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ ?
पाठेघरको तल्लो भागलाई पाठेघरको मुख भनिन्छ । जसलाई अंग्रेजीमा सर्भिक्स भनिन्छ। यसको क्यान्सर भयो भने पाठेघरको मुखको क्यान्सर भनिन्छ ।
शरीरको कुनै पनि अंगमा कोषिकाहरुको अनियन्त्रित रुपमा वृद्धि भयो भने त्यसलाई क्यान्सर भनिन्छ । पाठेघरको मुखको कोषिकाहरुको अनियन्त्रित वृद्धि भयो भने पाठेघरको मुखको क्यान्सर हुन्छ । जसलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ ।
पाठेघरको मुखको क्यान्सर कस्तो रोग हो ?
यो एक किसिमको यौन सम्पर्कबाट सर्ने सरुवा रोग हो । यस रोगको मूल कारक तत्वको रूपमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) लाई लिइन्छ । यो भाइरसको संक्रमण यौन सम्पर्क गरेपछि पुरुषबाट महिलामा सर्छ। यस भाइरसको पाठेघरको मुखमा संक्रमण भइसकेपछि त्यसले पाठेघरको मुखको कोषिकाहरुभित्र गएर परिवर्तन ल्याउँछ । यो भाइरस संक्रमण हुँदैमा क्यान्सर हुन्छ भन्ने होइन। यदी महिलाको शरिरको रोग सँग लड्न सक्ने क्षमता राम्रो छ भने यसले संक्रमणलाई रोक्छ र कोषिकाहरूको अनियन्त्रित बृद्धि हुन पाउँदैन। जसले क्यान्सर हुने सम्भावना कम हुन्छ। एचपीभीको बारम्बार संक्रमण भएको लामो समयपछि मात्र पाठेघरको मुखको क्यान्सर देखिन्छ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न के गर्ने ?
रोगबाट बच्न किशोरकिशोरीलाई यौन शिक्षा दिनुपर्छ । किशोरीलाई सुरक्षित यौन सम्पर्कको विधिहरु सिकाउनुपर्छ । किशोरकिशोरीलाई एचपीभीविरुद्ध भ्याक्सिन पनि सहज रूपमा उपलब्ध गराउनु पर्दछ । यौन सम्बन्ध राखिसकेका महिलाहरुले कुनै समस्या नदेखिए पनि नियमित रुपमा सर्भाइकल क्यान्सरको स्क्रीनिङ गर्ने जाँचहरु जस्तै : प्याप स्मेयर, एलबीसी तथा एचपीभी, डीएनए टेस्ट गर्नुपर्छ । यी जाँचहरुले पाठेघरको मुखमा रहेका क्यान्सर हुनुभन्दा अगाडिका परिवर्तहरु (प्रि-क्यान्सरस लिजन्स) लाई पत्ता लगाएर तुरुन्त उपचार गर्न मद्दत पुऱ्याउँछ । यो रोग लागेको पुष्टि गर्न पाठेघरको मुखका कोशिकाहरुको जाँच (सर्भाइकल बायोप्सी) गर्नुपर्दछ ।
* कस्ता महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुनेसम्भावना बढी हुन्छ ?
कलिलो उमेरमा यौन सम्पर्क गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चाहरु पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
धेरै जनासँग यौन सम्पर्क गर्ने वा यौन व्यवसायमा लागेका महिलाहरुमा पनि यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । महिलाले एउटै पार्टनरसँग यौन सम्बन्ध राखे पनि त्यही पार्टनरले अरु धेरै महिलासँग यौन सम्बन्ध राख्ब्य भने त्यस्तो मान्छेबाट एचपीभीको संक्रमण हुने सम्भावना बढी हुन्छ ।
धूमपान गर्ने, यौन सम्पर्कबाट सर्ने अरु रोगहरु लागेका र रोगसँग लड्ने क्षमता कम भएका महिलाहरुमा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
पाठेघरको मुखको क्यान्सर भएको कसरी थाहा पाउने ?
यस रोगको सुरुमा केही पनि लक्षणहरु नदेखिनसक्छ । धेरै जसोमा यो रोगका संकेतहरु देखिँदा रोग फैलिसकेको हुन्छ। त्यस्ता महिलाहरुमा यौनांगसम्बन्धी विभिन्न समस्याहरु देखिन सक्छन् ।
जस्तैः महिनावारी नभएको बेला पनि रक्तश्राव हुनु, यौन सम्पर्क गरिसकेपछि यौनांगबाट रगत बग्ने (पोस्ट कोइटल ब्लिडिङ), यौनांगबाट गन्हाउने पानी बग्ने, यौनांगबाट रगत मिसिएको पानी बग्ने, महिनावारी सुकिसकेका महिलाहरुमा फेरि रक्तश्राव हुने हुन्छ ।
यस्ता लक्षण देखिदैमा पाठेघरको मुखको क्यान्सर भएको भएको छ भन्ने होइन। तर, यी लक्षणहरु देखापरेमा तुरुन्त डाक्टरको सम्पर्कमा गएर जाँच गराउनु पर्दछ। यो रोग फैलदै जाँदा पिसाबको थैली वा दिसा गर्ने भागलाई पनि हुन सक्छ जसले गर्दा दिसा पिसाबसम्बन्धी समस्याहरु पनि देखिन सक्छ । जस्तै पिसाबमा रगत देखिने, यौनांगबाट दिसापिसाब चुहिने, दिसा गर्न गाह्रो हुने र दिसा गर्दा रगत बग्ने हुन्छ । यो रोग जटिल बन्दै गएपछि तौल घट्दै जाने तथा खानामा रुचि कम हुने जस्ता लक्षणहरु पनि देखिन्छन।
* पाठेघरको मुखको क्यान्सरको उपचार के हो ?
पाठेघरको मुखको क्यान्सर ४ वटा चरणहरू हुन्छन।  पहिलो चरणमा यो रोग पाठेघरको मुखमै सीमित हुन्छ । यो रोग नजिकैका अरु अंगहरुतिर क्रमशः फैलिदै जान्छ र सोही रुपमा यस रोगको चरण पनि बढ्दै जान्छ । यो रोगको धेरैजसो चरणहरूमा रेडियो थेरापीले काम गर्दछ । यस रोगको पहिलो र दोस्रो चरणको पनि
सुरुमा पाठेघरको क्यान्सरसम्बन्धी शल्यक्रिया गरेर यसको उपचार गर्न सकिन्छ ।
पाठेघरको मुखको क्यान्सर फैलिसकेको अबस्थामा शल्यक्रिया गरेर मात्र पुग्दैन र यसको उपचारको लागि किमोरेडियोथेरापी पनि चाहिन्छ ।
[डा. अर्याल हाल हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल र ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टरमा‌ कार्यरत हुनुहुन्छ।]
Tags: Caevical cancerCancerDr Binod AryalWomen's Health
Previous Post

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. शिबजी पौडेल नियुक्त

Next Post

नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाश पनेरु नियुक्त

Related articles

Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

3 months ago
1.6k
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

10 months ago
1.7k
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

1 year ago
1.7k
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

2 years ago
1.9k
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

2 years ago
1.6k
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

2 years ago
1.6k
Next Post
नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाश पनेरु नियुक्त

नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाश पनेरु नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (132)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,426)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...