Magnus pharma
आज: २०८२ चैत्र २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

के हो क्वारेन्टाईन ? के हो लकडाउन ?

HNN Staff by HNN Staff
March 26, 2020
in Health
Reading Time: 3 mins read
A A
1
✍️प्रा. डा. रेवती रमण मल्ल

✍️प्रा. डा. रेवती रमण मल्ल

600
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️प्रा. डा. रेवती रमण मल्ल

के हो क्वारेन्टाइन ?

कुनै पनी सरुवा रोग को श्रोत अहिलेको सन्दर्भमा NOVEL COV-19 भाईरस बाट ग्रसित भएको ब्यक्ति, समुह बा महामारी फैलिएको देशका ब्यक्तिहरु सङ्ग नजिक को सम्पर्क बा सम्सर्ग भएका ब्यक्तिहरु जसको शरीर मा कोरोना भाईरस सन्क्रमित भएको सम्भावना हुन्छ त्यस्ता ब्यक्तीहरुबाट अन्य ब्यक्ति, समूह बा देशका नागरिकहरु लाई सो जिबाणु सार्न बाट बचाउन को लागि निश्चित मापदण्द अपनाई सुरक्षित रुपमा राखेर सामान्य नागरिक, समूह वा देशबासी लाई रोग फैलिन बाट बचाउनको लागि अपनाईने Preventive Public Health को विधिलाई क्वारेन्टाइन (Quarantine) भनिन्छ।

(साधारण तया क्वारेन्टाइन मान्छेहरुमा लागू हुने भएपनी कुनै रोग विशेषमा जनावरहरु मा समेत लागुहुन्छ। तर नोबेल कोरोना को हकमा अहिलेसम्म को खोजको आधार मा घरपालुवा जनावरहरु को क्वारेन्टाइन को आबश्यकता देखिएको छैन)।

कुनै पनि सरुवा रोगको जिबाणु ब्यक्तिको शरिरमा प्रबेश गरे पछि रोगको लक्ष्यण देखिने अबधी लाई Incubation Period भनिन्छ। अहिले सम्म गरिएको अनुसन्धान को आधारमा नोबेल कोरोना सङ्क्रमण को Incubation Period २ देखि १४ दिन मानिएकोले Corona Outbreak हुन बाट बचाउन को लागि १४ दिनसम्म क्वारेन्टाइन मा राख्ने गरिएको हो।

क्वारेन्टाइन मा राखिएका मानिसहरुको नियमितरूपमा सो रोगका लक्ष्यण हरु देखिए नदेखिएको जांच गरिनुको साथै ल्याब परिक्षण गरिन्छ। यदि कुनै ब्यक्तीको ल्याब परिक्ष्यणमा पोजिटिभ देखिएमा रोगको अबस्था (Stage) र उक्त ब्यक्तिमा बिकास भएको रोगको जटिलता (Complication) को आधारमा निजलाई आईसोलेसनमा खासगरी कोरोना उपचारकै लागि बनाईएको बा तोकिएको अस्पतालको Isolated वार्ड बा आईसियु मा राखी उपचार थालिन्छ।

झट्ट सुन्दा क्वारेन्टाइन र आईसोलेसन उस्तै लागेपनी पोजिटिभ हुने सम्भावना भएकालाई क्वारेन्टाइन मा राखिन्छ भने पोजिटिभ भैसकेका लाई आईसोलेसन मा राखी उपचार थालिने हो भन्ने बुझ्नुपर्छ। क्वारेन्टाईन मा राखिएका मानिस हरु मध्य कुनै ब्यक्तीमा नोबेल कोरोना भाईरस सन्क्रमण भैसकेको लक्ष्यण देखिएमा बा ल्याब परिक्ष्यणमा पोजिटिभ देखिएमा उक्त ब्यक्तिलाई आईसोलेटेड वार्ड्मा लान ढिलो भएमा उसबाट क्वारेन्टाइन मा रहेका अन्य ब्यक्तिहरु लाई रोग फैलिने डर हुन्छ। क्वारेन्टाइन को लागि निश्चित मापदण्ड पूरा गरिनु पर्दछ।

 

के हो लकडाउन ?

अहिलेको अबस्थामा लकडाउन (Lockdown) भन्नाले निश्चित ईलाका बा देशमा नोबेल कोरोना भाईरस आफ्नो प्रदेश बा देशमा नफैलियोस र आफ्नो देशको नागरिक सो भाईरस को प्रकोप बाट बच्न सकुन भन्ने उद्देश्यले राज्य बा अधिकार प्राप्त निकायले निश्चित अबधि सम्म एउटा प्रदेश बाट अर्को प्रदेश बा एउटा देश बाट अर्को देशमा जान आउन बा सामानहरुको निकासी र पैठारी गर्न रोक लगाउन जारी गरिएको प्रोटोकल हो भनी बुझ्नुपर्छ । लकडाउन को सफलता नागरिकको चेतनशिलता बा उत्प्रेरणता (Motivation) मा भर पर्छ । यो संबेदनसिल अबस्थामा राज्यले जारी गरेको लकडाउन लाई सफल बनाउन यसको नियम लाई ईमान्दारि पुर्बक पालन गर्नु तथा पालन गर्न लगाउनु बा पालन गर्न मद्धत गर्नु हरेक नागरिकको कर्तब्य हो।

महामारी (Epidemic) के हो ?

कुनै पनि सरुवा रोग निश्चित ईलाका (Geographic Area) मा छोटो समय मा  ठूलो मानिसको समूह बा जनसंख्या (Population) का ब्यक्तिहरुमा मानिस बाट मानिस लाई सरेर फैलिएको पाईएमा त्यसलाई महामारी (Epidemic) भनिन्छ।

Pandemic के हो ?

यदि कुनै रोग थुप्रै देश बा महादेश मा बिश्वब्यापी रुपमा माहामारी (epidemic) को रूपमा छोटो समयमा फैलिएर उल्लेखनीय संख्यामा मानिसहरु उक्त रोग बाट ग्रसित भएमा बा मानिसहरुको मृत्यु भएमा त्यो अबस्थालाई Pandemic) भनिन्छ। Novel Cov – 19 Virus को सङ्क्रमण शुरुमा चीनको Wuhan प्रान्तको Hubei मा माहामारी (Epidemic) को रूपमा फैलिएको  थियो भने हाल यो बिश्वब्यापी रुपमा फैलिएर Pandemic को रुप लिएको अबस्था छ। हाल यो रोग १९० भन्दा बढी देशहरु मा फैलिएको छ। बिश्व स्वास्थ्य संस्था (WHO) ले मार्च ११, २०२० मा यस रोग लाई Pandemic को रुपमा घोषणा गरेको हो।

यो रोग सर्ने तरिका:

१) यो रोग हावा बाट सर्ने त हैन । तर सन्क्रमित ब्यक्तिले खोक्दा बा हाछिउ गर्दा सो ब्यक्तिको  मुख बा नाख बाट बाट निस्कने रयाल का छिटाहरु (Droplet) नजिकैको ब्यक्तिले सास फेर्दा सर्न सक्छ। त्यसैले खोक्ने बा हाछ्यु गर्ने ब्यक्ती ले त्यसो गर्दा अरुको नाख मुख को पछाडि फर्किएर सफा रुमाल बा टिस्यु पेपर ले नाख मुख छोप्नु पर्छ भने दुबै साथमा नहुने ले कुहिनाको भित्री भागले नाखमुख छोप्नु पर्छ।

यदि तपाईंको नजीक कसैले असुरक्षित तरिकाले खोकी हालेमा बा हाछ्यु गरि हालेमा तुरुन्त कम्तीमा ६ फिट्को दुरि राख्नु पर्छ । यदि सो दुरि राख्न सम्भब नभएमा टाउकोलाई अर्को दिशामा बा हावा चलेको दिशाको बिपरित दिशामा फर्किएर रुमाल बा सफा कपडाले नाख मुख छोप्नु पर्दछ र केही समय सम्म सासप्रश्वास बन्द गर्नु पर्छ ताकी उक्त ब्यक्तिको नाख मुख बाट निस्किएको आखाले नदेख्ने रयालका छिटा (Droplet) हरु जमिनमा खसुन (Settle down) होउन् ।

२) अरुले विशेष गरि रुघाखोकी लागेका ब्यक्तिले छोएका घर बा सवारीका साधनको झ्याल ढोकाका ह्यान्डल हरु बा कुनैपनी बस्तु छुनु हुदैन। यदि केही गरि छोईन गएमा तुरुन्त आफ्नो हात साबुन पानीले धुनु पर्छ बा ह्यन्ड स्यानिटाईजर (Hand Sanitizer) बा स्पिरिट (Spirit) बा कुनै एन्टिसेप्टिक (Antiseptic) ले पुछ्नु पर्छ। केही गरि हात सफा गर्न नसकिएमा सो हातले आफ्नो ओठ, नाख, मुख, दात र मुख भित्र तबसम्म छुनु हुदैन जबसम्म हात धुने ठाउँ आईपुगिदैन।

३) नोबेल कोरोना सन्क्रमित ब्यक्तिले छोएको बा थुकेको जमिनमा २-३ दिन, स्टिल बा प्लास्टिक को भाडा बा बस्तुमा २-३ दिन, कार्डबोर्डमा २४ घन्टा, कपडामा  १० घन्टा, तामाको भाडामा ४ घन्टा र हातमा १० मिनेटसम्म COV – 19 भाईरस जिबित रहन सक्ने भएकोले नै बारम्बार हात धोई राख्न बा ह्यण्ड स्यानिटाईजर ले हात सफा गरि राख्न सल्लाह दिईएको हो।

४) N 95 Mask स्वयम् सबै चिकित्सक तथा स्वास्थ्यकर्मी लाई उपलब्ध हुन सकेको छैन।बजारमा पाईने सर्जिकल मास्क ले शतप्रतिशत कोरोनाको भाईरस बाट बचाउन नसके पनि लगाउनु बुध्दिमानी हुन्छ।

५) आफ्नो नजिक को ब्यक्तिहरु सङ्ग पनि २ फिटको दुरि मा रहेर कुरा गर्न उचित हुन्छ।

बिशेष गरि धेरै जसो आफ्नो शरीर को रोग संग लड्न सक्ने क्ष्यमता (Immunity) कम भएका बृध्द ब्यक्तिहरु, गर्भवती महिला, डायबेटिज, मुटु, फोक्सो, मृगौला र कलेजोका दिर्घरोगी हरु, लिम्फोमा (Lymphoma) तथा अन्य क्यान्सर बाट पीडित ब्यक्तिहरु, मानव अङ्ग प्रत्यारोपण गरेका ब्यक्ती, दम, जोर्नि बा क्यान्सर सम्बन्धी रोगको लागि Steroids बा Immunosuppressant  ग्रुपका औषधि लिई रहेका ब्यक्तिहरु, धेरै बर्षसम्म लिमिट भन्दा धेरै मात्रामा मदिरा सेवन गर्ने ब्यक्तिहरु  यो रोग बाट सङ्क्रमित हुने र जटिलता (Complication) जाने डर हुन्छ।

लकडाउन (Lockdown) किन जरुरी ?

बिश्वमा Cov – 19 Virus बाट हाल सम्म सन्क्रमित ४ लाख ५४ हजार ३९८ ब्यक्तिहरु मध्य २० हजार ५५० जनाको मृत्यु भैसकेको छ। यो क्रम दिनानुदिन बढ्दो अबस्थामा छ। जापान र चीनमा गरिएको अध्ययन मा ३० प्रतिशत Cov – 19 को ल्याब टेष्ट पोजिटिभ ब्यक्तिहरु यस रोगको सङ्क्रमणमा पाईने कुनै लक्ष्यण बिनाका (Asymptomatic) पाईएको छ।

त्यस्तै नियुयोर्क को कोलम्बिया युनिभर्सिटी का बैज्ञानिक हरुले चीनका २७५ शहर हरुमा जनवरी १० तारिख देखि जतिखेर यो रोग चीनमा माहामारी को रुपमा देखिएको थियो त्यस तारीख देखि  जनवरी को २३ तारिख जतिखेर यातायात मा बन्देज गरियो त्यस समय सम्म गरिएको अध्ययन मा ८६ प्रतिशत Cov – 19 भाईरस पोजिटिभ मानिसमा कुनै लक्ष्यण हरु नदेखिएको र केहिमा सामान्य लक्ष्यण मात्र पाईएको देखाईएको छ। यसबाट नोबेल कोरोना भाईरस बाट सङ्क्रमित भएर पनि लक्ष्यण देखिन लाग्ने समय (Incubation Period) भित्र बा लक्ष्यण नदेखिएका (Asymptomatic) कोरोना पोजिटिभ ब्यक्तिहरु बाट अरुलाई रोग सार्ने गरेको छ भन्ने बुझिन्छ।

यस रोग बाट छोटो समयमा बिश्वभर फैलिएको आकडा र असामान्य मृत्यु दर सङ्ग अत्याधुनिक स्वास्थ्यसेवा सेवा प्रबाह गर्नसक्ने बिश्वका बिकसित देशहरु समेत आज निरीह बनेका छन। शुरुमा जंगली जनावरहरु बाट यो भाईरस सरेको र तिनलाई भाईरसको श्रोत (Reservoir) मानिएको यो भाईरस जुन किसिमले छिटो छिटो मानिस बाट मानिसमा सर्दैछ र फैलिदैछ त्यसबाट बैज्ञानिक हरु समेत हैरान  छन् । यो भयावह मृत्यु दर बाट आफ्ना नागरिकहरु लाई बचाउनु राज्यको दायित्व हुन्छ।

यो रोग बाट आफ्नो देशलाई बचाउने सबैभन्दा अचुक, प्रभाबशाली, कम खर्चिलो सर्बोत्तम उपाय भनेकै यसको रोकथामको लागि अपनाईने जनस्वास्थ्य को प्रतिकारात्मक स्वास्थ्यसेवा (Preventive Medicine) का बिधिहरु हुन् । अहिलेको अबस्थामा राज्यले देशलाई लकडाउन (Lockdown) गर्न गरेको निर्णय केही ब्यक्ति बा समूह लाई केही असुबिधा बा अप्रिय लाग्न सक्छ तर देशको सिमाना तथा  एक अर्को गाउँ, जिल्ला, प्रदेश, संघ र देशमा यो खतरनाक COV – 19 भाईरस फैलिन बाट बचाउन गरिएको यो निर्णय अत्यन्त स्वागतयोग्य छ।

छोटो समयमा यो चुनौतीपूर्ण निर्णयलाई कार्यरुपमा सफल गराउन राज्यले गरेका प्रयासहरु प्रशम्शनीय छन् । यसलाई आत्मसात गरि हरेक नेपाली ले राज्यको यस कदम लाई सफल गराउन को लागि आफ्नो तर्फबाट योगदान बा समन्वयकारी भुमिका खेल्नु पर्छ। चिकित्सकिय बिध्द्या मा एउटा घोषणा बा कहावत (Dictum) छ – ” You have no right to harm your patients”  &  ” You have no right to harm yourself”. ठिक त्यसैगरी हामी कसैलाई पनि आजको सन्दर्भमा नत अरुलाई हानी पुर्याउने अधिकार छ नकि आफैलाई नै हानी पुर्याउने छुट छ।


http://4.188.83.218/static/3592.jpghealth/self-quarantine-self-isolation/

Tags: Corona Virus #Covid19Public HealthSelf IsolationSelf Quarantine
SummarizeShare248ScanTweet147

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    670 shares
    Share 268 Tweet 168
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    672 shares
    Share 300 Tweet 155
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    615 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न
  • मौलाकालिका अस्पतालका निर्देशक डा. घिमिरे लायन्स क्लब अफ चितवन राईजको अध्यक्ष
  • चेपाङ समुदायमा १ हजार भन्दा बढीको निःशुल्क स्वास्थ्य शिविर
  • आयुर्वेद चिकित्सक संघको अध्यक्ष पदमा डा. गौतम र महासचिवमा डा. भुसाल निर्वाचित
  • भृकुटीमण्डपमा चैत २६ देखि अन्तर्राष्ट्रिय दन्त सामग्रीहरुको प्रदर्शनी हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.