आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

PPE दुरुपयोग रोकिनु अति आवश्यक #covid19

HNN Staff by HNN Staff
April 4, 2020
in Health
A A
1
Dr Manor Sayed

Dr Manor Sayed

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा.सैयद दिन सैयद,
स्वास्थ्य विश्लेषक

कोरोनाले पुरै बिश्व आक्रान्त भयको सबैलाई जगजाहेर नै छ। यो समाचार तयार पार्दा सम्म यो महामारीले संसारभर कुल १०९९९६० जना संक्रमित रहेका र ५९१९७ जनाको ज्यान लिईसकेको तिथो यथार्थ उत्तिकै पिडादायी छ।

चाइना बाट फैलियको यो महामारी अहिले युरोप,अमेरिका हुदै छिमेकी मुलुक भारतमा समेत ६८ जनाको ज्यान लिईसकेको अबस्था छ। साथै बिश्व स्वास्थ्य संगठनले बेलैमा रोकथाम नगरे थप क्षति बेहोर्न पर्ने चेतावनी दिनुका साथै सजग रहनुपर्ने सुझाव दियको छ ।

नेपालमा समेत ९ जनामा कोरोना पुस्टि भयको छ । सामाजिक दुरी, मास्क अनि स्यानीटाइजर को प्रयोग ,मिची मिची हात धुने , सम्भावित व्यक्तिहरु आफै क्वारेन्टाइन मा बस्ने , अति आबस्यक बाहेक अस्पताल नजाने र संक्रमित हरु लाइ आइसोलेसनमा राख्नु नै कोरोना बाट बच्ने उत्तम उपाय हुन ।

रोकथामका यी उपायहरु दिन रात नभनी खटिने स्वास्थ्यकर्मी हरुको लागि सम्भब नहुन पनि सक्छ किनकि उनीहरु हरेक दिन अस्पताल जानै पर्छ र त्यहाँ आउने बिरामी कोरोना संक्रमित पनि हुन सक्छन । कोरोना बाट अति प्रभावित मुलुक इटालीमा मात्रै संक्रमित मध्य ८.३ % र छिमेकी मुलुक चाइनामा ३.८ % स्वास्थकर्मीनै संक्रमित भयको खबरले गर्दा स्वास्थ्यकर्मीहरुको लागि PPE (व्यक्तिगत सुरक्षा कवच ) का लागि हामि सबैले आवाज उठाउनु अति जरुरि छ ।

अहिले सरकार तथा अन्य निकाय ले समेत PPE नेपाल भित्र्याई सकेकाछन तथापी अहिले हामिसंग भयको PPE को संख्या अपुग हुन्छ । अहिले मुलुकमा भएको सिमित PPE स्वास्थ्यसंग कुनै सरोकार नै नभयका व्यक्तिहरुले समेत भिरेर सामाजिक संजालमा तस्बिरहरु हालेको देख्दा सरोकारवालाहरुले गम्भीर चासो ब्यक्त गरेकाछन ।

दूरदराजका स्वास्थ्यकर्मीहरुले बिना सुरक्षा काम गर्नुपर्ने र अनाबस्यक व्यक्ति हरुले PPE को महत्त्व लाइ नजरअन्दाज गरेको देखियकोले PPE को दुरुपयोग रोकिनु अति आवस्यक छ । २०७६ चैत्र २० गते स्वास्थ्य मन्त्रालयले सेवा संचालन मा बाधा पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मी हरुको विवरण संकलन गरि आवस्यक छानबिन गर्नुका साथै भबिस्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरि पेशागत लाइसेन्स खारेज गर्न सम्बन्धित परिषदमा सिफारिश गर्ने सूचना जाहेर गरेकोछ ।

अहिलेको विषम परिस्थितिमा चिकित्सक हरुलाई प्रोत्साहन कार्यक्रम पेश गर्नुको सट्टा व्यक्ति बिशेष लाई जसो गरि सामुहिक रुपमा सम्पूर्ण पेशाकर्मी को मर्ममा नै चोट पर्ने गरि सूचना निकाल्दा हामि अचम्मित हुनुलाई अन्यथा रुपमा लिन नमिल्ला ।

हाम्रो छाता संस्था नेपाल चिकित्सक संघले मन्त्रालय संग निरन्तर चिकित्सकीय हकहित को लागि पहलकदमी गरिराखेको छ। अहिलेको समय भनेको सरकार, स्वास्थ्यकर्मी र सम्पूर्ण न्यायप्रेमी जनताहरु मिलेर सबैले कोरोना रोकथाम उपाय अबलम्बन गरि अनुशासन कायम गरेमा मात्रै यो महामारी लाइ रोक्न सफल हुन सकिन्छ ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19PPEWHO
Previous Post

आयुर्वेद चिकित्सक संघको आपत्ति

Next Post

लकडाउनको बेलामा मानसिक स्वास्थ्यको हेरचाह

Related articles

Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

2 months ago
1.6k
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

10 months ago
1.7k
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

1 year ago
1.7k
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

2 years ago
1.9k
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

2 years ago
1.6k
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

2 years ago
1.6k
Next Post
Dr Rishav Koirala, Psychiatrist and Researcher

लकडाउनको बेलामा मानसिक स्वास्थ्यको हेरचाह

Comments 1

  1. Pingback: कोरोना कालखण्ड: सरकारको निर्णयको विश्लेषण र आलोचनाका प्रकार • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.