Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

रजस्वला भ्रम र यथार्थ… Menstruation illusion and reality by Srijana Sharma

HNN Staff by HNN Staff
July 29, 2022
in Articles, Health
Reading Time: 3 mins read
A A
0
menstruation-illusion-reality-srijana-sharma

menstruation-illusion-reality-srijana-sharma

594
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ सिर्जना शर्मा

शनिबारको दिन, म आँगनमा ध्वाई खेलिरहेकी थिएँँ । बरन्डामा घाम तापिराख्नु भएकी हजुरआमाले हात हल्लाउँदै अत्तिएझैँ मलाइ बोलाउनु भो “याँ आ छिटो, याँ आत” मैले उहाँको कुरा नसुने झैँ आफ्नै धुनमा खेलिरहेपछि उहाँ “किन नटेरेकी यसले हँ ? भन्दै पिटुला झैँ गरी म तिर आउनु भयो । म आफनो खेल छोडी हत्तपत्त उहाँको नजिक पुगेँ । उहाँले मेरो जामा तान्नु भो, उचाल्नु भो र आत्तिदै भन्नु भो ‘हे भगवान के भाको यो केटीलाई ? यति सानो उमेरमै ।…..उत्पाद…. अचम्म….।’

हजुरआमा आत्तिनु भएको देखि म अलमल्लमा परेँ । किन त्यसो भन्नु भो ? मैले के बिराएँ के गल्ती गरेँ, झट्ट अनुमान लगाउन सकिन। म पुलिसको कठघरामा परेको चोर झैँ उहाँ सामु उभिरहेँ । के? किन? भनी प्रतिप्रश्न गर्नेे आँट पनि आएन। मम्मी करेसाबारी तिरबाट आउँदै हुनुहन्थ्यो। उहाँलाई देख्नासाथ हजुरआमाले आत्तिदै भन्नु भो ‘बरबाद भो, रितु त छुइ भइ जस्तो छ । के हो यस्तो अचम्म उदेक? यति छिटै उमेर न सुमेर… । कसरी स्याहार्ने होला यस्ता सिँगानेले..नि… ।’

हजुर आमाका कुरा सुनेर मम्मीले आश्चर्य मानेझैँ भन्नु भो ‘हो र?’ ….यति छिटो त नहुनु पर्ने ।” मम्मीले पनि हजुरआमाले जस्तै मेरो जामा उचाल्नु भो र भन्नु भो।

“हे भगवान कति छिटै…?? ९ बर्ष त बल्ल पुरा भई यो । के अचम्म? निर्मला, सबिता, गौरा, दया सबै केटीहरु यो भन्दा २, ३ वर्षले जेठा हुन । तिनीहरु त अझै भएका छैनन् । यो किन यति छिट्टै ?… छुइ नै भएकी होकी की अरु केही हो?’ मम्मी पनि आत्तिनु भएको देखि म झन डराएँ । के बिराम भएछ म बाट ?” मैले आश्चर्य मान्दै प्रश्न गरेँ “के भो ? किन गाली गर्या मलाई सबैले?”
“गाली गर्या हैन । कस्ले गाली गर्या छ र तिमीलाई? उमेरै नभइ कति चाँडो छुइ भइ भनेर अचम्म मानेको मात्र हो । … अनि काँ गाथ्यौ छोरा अघि? कोहीसंग भेट भाथ्यो कि? खेल्याथ्यो कि… ?” मम्मीले मसंग अनौठा गरी सोध्नु भो । उहाँले सोधेका कुराको जवाफ दिन मलाई गाह्रो भो । अन्योल अनि डर त्रास । किन म माथि यस्तो सोधपुछ भैरहेछ ? मैले सानो स्वरमा भने ‘…कईँ पनि गा छैन । आँगनमा एक्लै घ्वाई खेलेर बस्या त छु म । ” मेरो जवाफ सुनेपछि मम्मीले भन्नु भो ‘ तिमी तँ छुई भइछौ छोरी । पहिलो पटकको छुइ त राम्ररी बार्नु पर्छ । एक्लै कोठामा बस्नु पर्छ । हाम्रो त घर पनि साँगुरो छ । यहाँ घरमा बस्न मिल्दैन । अब सानीमा काँ जानु पर्ला । उसको घरमा अलि कोठा धेरै छन् । कुरा गरिहेर्छु एकपटक ।’

‘किन याँ घरमा बस्न नहुने मम्मी?” मैले सोधें।

तिमी त छुइ भयौ नी । त्यै भएर याँ घरमा बस्न हुन्न । पहिलो पल्ट छुइ हुँदा केटाहरुको अनुहार पनि हेर्नु हुन्न । बाबा दाईहरुको अनुहार पनि हेर्नु हुन्न ।”
“म छुइ भएँ ? छुइ भनेको केहो ? किन मैले आफनो घरमा बस्न भएन र सानीमाको घरमा जानुपर्ने भो, किन मैले बाबा दादाको अनुहार पनि हेर्न नहुने हो? मैले केही बुझिन । सानीमाको घर नजिकैै थियो । म दिनहुँ उहाँको घरमा जान्थे, खान्थे, खेल्थे रमाउँथेँ । तर मलाई यसबेला त्यहाँ जान डर लाग्यो । मलाई त्यहाँ लगेर के गर्ने होला? मेरो मन अशान्त भो । म आँगनको डिल तिरको ढिस्कोमा सोचेर बसेँ । केही बेरमै मम्मीले एउटा प्लाष्टिकको झोला समाउनु भो र “हिँड अब सानीमा काँ जाने ” भन्नु भो । मेरो मन भने त्यहाँ जान मन्जुर थिएन । मैले प्रश्न गरेँ “कतिबेर बस्ने त्यहाँ ?”
बार्नत १२ दिन पर्ने हो नि ..। तर आजकल सबैले छोट्याउँदै गएका छन् । समय काल अनुसार ४,५ दिन त बार्नै पर्ला ।” मम्मीले भन्नु भो।

अनि मैले निराश भएर सोधे। “अनि स्कुल पनि म त्यैँबाट जाने?”

अब ४ दिन त स्कुल जान मिल्दैन छोरी । पहिलो पटकको छइ त राम्ररी बार्नु पर्छ । अब पछि पछि भने जाउली ।” “ओहो म स्कुल पनि नजाने? एक्जाम आउन थालिसक्यो । स्कुल जान नपाए म अब फेल हुन्छु होला ।” मैले रुँदै भने । “४ दिन पछि त जान पाइहालिन्छ नि किन रुनु पर्यो? चलेको चलन नगरे पछि झन पाप लागेर के-के अनिष्ठ हुन्छ ।”
मेरो केही लागेन् । रुँदै रुँदै मम्मीका साथ सानीमाको घर पुगे ।

सानीमाको घरको छिँडीको एउटा सानो कोठामा लगियो । त्यहाँ मेराे लागि सानीमाले एउटा सानो ओछायान बनाइ दिनु भय । “ल थपक्क यो ओछयानमा बस्नु, सुत्नु । यताउती छुतछात नगर्नू । बाहिर नहेर्नुृ । घाम अनि छोरामान्छेको अनुहार हेर्यो भने पाप लाग्छ नि” भनी बताउनु भो । मम्मीले मलाई कटु भित्र लगा भनी एउटा टालो पनि दिनुभो । अनि मम्मी घर फर्कनु भो । मम्मी जानु भएपछि म रुन थालेँ । सानीमा मलाई सम्झाउन थाल्नु भो ‘तिमी त अब ठूली भयौ नानी । रुनु हुन्न । लाज हुन्छ । के भन्लान मान्छेले ? एकछिनमा सरीता दिदी पनि आउँछे । म काम सकेर आउँछु । । नरोइ बस ।’

‘बस भनेपछि बस्नै पर्यो, तर कसरी बसौँ । किताब छुन नहुने । साथी, भाई बैनीसंग खेल्न बाहिर जान पनि नपाइने । कोठामा यताउती पनि नजानु थपक्क आफनो ओछ्यनमा बस्नु भन्नु भएको छ । केहीबेर सानीमाले भन्या जस्तै म ओछयानमा थपक्क बसिरहे । मेरो टाउकोमा त्रासको बादल छायो । म नैराश्यताले छटपटाउन थालेँ । एकछिनपछि कोठाका कहीँ कतै खेल्ने केही पाइन्छ कि भनी कुनाकाप्चा चाहार्न थालेँ । साँझ मलाई भेटन भनी कोठामा दिदी बहिनीहरु जम्मा भए । आफू महिनाबारी हुँदाका कुरा सुनाए । अनि मलाई बल्ल अलि रमाइलो लाग्यो । सानीमाले मलाई घिउ र सक्कर हालेर भात खान दिनुु भयि अनि मैले खाएँ । मेरो कोठामा पल्लो छेउमा सरीता दिदी सुत्नु भयो । ओढनको लागि एउटा ब्लाङकेट दिनु भाथ्यो । त्यसले जाडो थेगेन । म लगलग कामीरहेँ । मलाई रातभर निन्द्रा लागेन ।

बिहान भयो । दिदी बहिनी सबै स्कुल गए । बाटोमा स्कुले केटाकेटी कुरागर्दै हिँडेको सुनेँ । तर म स्कुल जान पाइन । एक्जाम आइसक्यो । म अब फेल हुन्छु होला । सबैले मलाइ गिज्याउँछन् होला । चारदिनसम्म कोठाबाट कतै निक्लन हुन्न रे । मैले के पाप गरेको होला र मलाई यस्तो छुई हुनु पर्यो ? पेट नराम्रो संग दुखिरहेछ । मलाई कसैले छुन नहुने । मसंग कसैले खेल्न नहुने किन होला? मेरो शरीरबाट कतिदिन रगत बग्ने होला? भोलीभोली पनि रगत बग्यो भने त म मर्छु होला । म भगवानसंग प्रार्थना गरीरहे ‘हे भगवान म आइन्दा केही गल्ती गर्दीन मलाई माफ गरिदिनुहोस् । मलाई अबदेखि छुई नबनाइ दिनु होस् । नैरास्यताले म बरु मरे पनि हुने भन्ने डरलाग्दो सोच मनमा आयो । ’

यो लेख पढदा हाम्रो टाउकोमा हजुर आमाको समयको कुनै किशोरीको कथाको याद आउँछ । तर यो कथा एकादेशकी किशोरीको वा हजुर आमाकी समकालिनको हैन । यो कथा त राजधानीको महानगर भित्रकै कपरटारमा बस्ने एक किशोरी कविताको यथार्थ कथा हो । राजधानीका छेउछाउमा बस्ने किशोरीका कथा त अझै यस्ता रहेछन् । दुर्गम गाउँका किशोरीका कथा कस्ता होलान? कति होलान ? महिनावारीका विषयमा अझै पनि ठूलो जनसंख्याको मान्यता, बुझाइ, अन्योल र समस्या अझ यस्तै छ ।

Women's health
Women’s health

के हो पहिलो महिनावारी ?

पहिलो महिनाबारी हुने औसत उमेर १४ देखि १५ वर्ष हो । तर आ-आफनो शारीरिक बनावट अनुसार १० देखि १७ वर्षको उमेरमा किशोरीहरु पहिलो पटक महिनावारी हुनु सामान्य नै हो । त्यसैले ९‌ /१० वर्षकै उमेरमा कोही भएमा पनि यसलाई अस्वाभिक मान्नु हुन्न । त्यस्तै आफ्नो शरीरमा आफ्नी दिदीको या साथीको जस्तै परिवर्तन भएन भनेर आत्तिनु पँदैन ।
कसै-कसैमा पहिलो महिनाबारी भएको शुरूको २–३ वर्षसम्म महिनाबारी अनियमित पनि हुन सक्दछ । यसको कारण शरीरमा रहेको हर्मोन हो ।

महिनाबारी शुरू हुनेबित्तिकै किशोरी प्रत्येक महिना निश्चित समयमा महिनाबारी नहुन पनि सक्छे यो सामान्य प्रक्रिया हो । यसमा डराउनु पर्दैन् । बालिका ९–१० वर्ष उमेर पुगेपछि उसले बुझ्ने भाषामा महिनाबारीबारे जानकारी दिनु पर्छ

बालिकालाई ९–१० बर्ष उमेर पुगेपछि उसले बुझ्ने भाषामा महिनावरीको जानकारी दिन शुरू गर्नुपर्छ । महिनावरी शुरू हुँदा किशोरीको अनुहारमा डन्डिफोर आउने, योनीबाट सेतो पानी जाने गर्छ । केही किशोरीलाई रिस उठिरहने, जे कुरामा पनि झर्को लाग्ने, काम गर्न अल्छी लाग्ने हुन्छ । कसै–कसैलाई ज्यादै पेट दुखेर दैनिक कामकाजमा पनि बाधा पर्ने गर्छ । सम्बन्धित विशेषज्ञका अनुसार यस बेला कुनै न कुनै किसिमको समस्या पर्ने गर्छ । यसलाई महिनाबारी हुनुभन्दा अगाडिको तनाब भनिन्छ । तर यो समस्या साधारण तरिकाले समाधान गर्न सकिन्छ ।

महिनावारीको सरसफाई

महिनाबारी भएको बेलामा सरसफाइमा ध्यान नदिने तर यसलाई अशुद्ध अवस्था मान्ने चलन ठीक होइन् । यो अवस्थामा सरसफाइमा राम्रो ध्यान पुर्याएमा दैनिक गरिने सबैजसो क्रियाकलाप गर्दा कुनै हानी वा पाप हुन्न । महिनावारीमा आजकल स्कुल पढने अधिकांश किशोरीहरुले प्याडलाउँछन् । प्याडको प्रयोग गर्नु राम्रो तथा सुरक्षित हो । तर प्याड प्रयोग गर्न नसकेको खन्डमा प्रयोग गरेको टालो राम्ररी धोई घाममा सुकाउनु पर्छ । टालो सफा नभए, टाटा नगए संक्रमण गराउन सक्छ । घाममा राम्ररी नसुकाउँदा कपडा ओसिलो भई ढुसी पर्छ । अनि महिनाबारी हुँदा त्यही कपडा प्रयोग गर्दा चिलाउँछ, घाउ हुन्छ । त्यो संक्रमण भएको हो ।

प्याड किन्न महँगो लागेमा घरमै आफै स्यानिटरी प्याड बनाएर प्रयोग गर्न सकिन्छ । यसका लागी औषधिपसलबाट रुवा किनेर ल्याउने, यसलाई सानो–सानो भागमा बाँड्ने र तिनलाई सुतीको नरम कपडामा बेरेर प्याड बनाउन सकिन्छ । यस प्याडलाई एकपटक प्रयोग गरेपछि कागजमा बेरेर सुरक्षित ठाउँमा फ्याँक्ने वा बालिदिनुपर्छ ।

महिनावारीमा ढाड र तल्लो पेट दुख्ने समस्या

ढाड र तल्लो पेट दुख्ने समस्या हर्मोनहरूले पाठेघर खुम्चिने कारणले हो । यसो भएमा मेथीलाई पानीमा भिजाएर राख्ने र भोलिपल्ट पानीमा उमालेर खाने । ४–५ दिनसम्म यसो गर्यो भने दुखाइ कम गर्छ, । मेथीमा हुने पौष्टिक तत्वले फाइदा गर्छ । अदुवाको टुक्रा राखेर पानी पिउने, विस्तारै कम्मरमा मालिस गर्ने, गहिरो श्वास लिन अभ्यास गर्ने गर्दा पनि दुखाइ कम हुन्छ ।
महिनाबारी भएको बेला पेट दुख्दा अलि-अलि हिँड्नु उचित हुन्छ । पेटको दुखाइ अति बढी भएमा डाक्टरसँग सल्लाह लिई औषधी लिनु पर्छ । शहरतिरका महिलाले आजकल आधुनिक किसिमका प्रविधि, जस्तै– मसाज, अकुपन्चर र योग गर्ने गर्छन् । केही अकुप्रेसर आफैले घरैमा पनि गर्न सकिन्छ । जस्तै– बूढीऔंला र माहिली औंलाबीच हातले कम्तीमा ३० सेकेन्डसम्म आफैं मसाज गर्न सकिन्छ । त्यसै गरेर हातको बूढीऔंला र चोरऔंलाको बीचको नरम भागमा केहीबेर थिच्ने छोडने थिच्ने छोडने गर्दा पनि पेटको दुखाइ कम अनुभव हुन्छ ।

महिनाबारी हुँदा कसैकसैलाई जीउ फुलेजस्तो हुन्छ । यो पनि हर्मोनको कारणले नै हो । यस्तो हुनेहरूले महिनाबारी शुरू हुने २–३ दिनअघि नुन कम खानुपर्छ ।

महिनावारी हुँदा शरीरमा रगतको कमी हुन नदिन प्रोटिन तथा लौहतत्व बढी भएका खानेकुरा जस्तै फापर, हरियो साजसब्जी, दाल गेडागुडी बढी खानुपर्छ । बिस्कुट–चाउचाउ जस्ता खाने कुराहरु नखानु नै बेस हुन्छ।

http://4.188.83.218/static/3592.jpgarticles/thyroid-women-health/

महिनावारी बारे भ्रम

किशोरीमा महिनावारी शुरू हुने भनेको उनीहरूको उमेर परिपक्व बन्ने क्रमको थालनी हुनु हो । महिनावारीपछि उनीहरू गर्भावस्थाका लागि तयार हुन्छन् । प्रकृतिको सामान्य नियम नबुझेरै महिनावारी हुँदा कतिपय खानेकुरा खान नदिने, पहिलोपल्ट महिनावारी हुँदा कतिपय समुदायमा किशोरीलाई १२ दिनसम्म अँध्यारो कोठामा थुनेर राख्ने, घाम र लोग्ने मानिसको अनुहार हेर्नु हुँदैन भन्ने अन्धविश्वास छ । अभिभावकले महिनावारी बरे किशोरीलाई सही जानकारी दिदैनन् जसका कारण उनीहरूलाई आफ्नो यौनांगको सरसफाइ कसरी गर्ने, कस्तो प्याड वा कपडा प्रयोग गर्ने कसरी गर्ने भन्ने सामान्य जानकारी पनि हुँदैन । यसैले किशोरी पहिलोपल्ट महिनावारी शुरू हुँदा रुने, डराउने गर्छन् । यस्तो बेला यौनांगको राम्रो सफाई नगर्नुका कारण धेरै किशोरीले संक्रमणको सिकार हुन्छन् । आजकल भने धेरै महिलाहरुले महिनावारीकाबारेको यो भ्रममा कति सत्यता छ भनी जाँच गर्न आफूले चुपचाप महिनाबारी नबार्ने गरेका छन् । यसो गर्दा देवता रिसाएको वा अनिष्ट भएको प्रमाण यिनका सामु छैन । महिनावारीका बेला स्कुल जान तथा दैनिक कामकाजमा भाग लिन पाप होइन् । यसलाई पाप भन्नु अन्धविश्वास मात्र हो ।

अन्त्यमा समय विकासको गतिमा निक्कै अघि बढीसकेको छ । तर हाम्रो सहरकै कुनाकुप्चा तथा गाउँघरमा कविता जस्ता लाखौँ अवोध किशोरीहरु भने किशोरावस्थाको परिवर्तन बारे अझै अन्योलमा छन् । आमा तथा अभिभावकहरुले उनीहरुको अन्योल दूर गर्नको सट्टा अन्धविश्वासको जालोमा बेरीरहेका छन् । आफ्नो प्रजनन् स्वास्थबारे आवश्यक जानकारी पाउनु र यससंग सम्बन्धित भ्रमबाट मुक्ती पाउनु किशोरीहरुको अधिकार हो । महिनावारीलाई अत्यन्त धृणित त पाप संम्झने हाम्रो सोचमा परिवर्तन आउन अत्यन्त जरुरी छ । समाजमा विद्यमान यस्ता कुरुतीको जरो उखेली किशोरीहरुको स्वास्थ र शिक्षाको अधिकार सुरक्षितका लागी यथाशिघ्र आ–आफनो क्षेत्रबाट पहल हुनु अति आवश्यक छ ।

लेखक : शर्मा सेभ द चिल्ड्रेनको किशोर किशोरी कार्यक्रममा लामो समयसम्म आबद्ध हुनुहुन्थ्यो।
Menstrual pain remedies
Menstrual pain remedies
Tags: TeenageWomen's Health
SummarizeShare242ScanTweet147

Related articles

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण
  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.