10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

रक्तचापबारे जानकारी: डा.ओममूर्ति अनिल

HNN Staff by HNN Staff
March 6, 2020
in Health
Reading Time: 1 min read
A A
2
Measuring blood pressure

Measuring blood pressure

688
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

आजकल हरेक परिवारका कुनै न कुनै सदस्यलाई रक्तचापको समस्या देखिनु सामान्य नै बनेको छ । यस्तो अवस्थामा नियमित रूपमा रक्तचाप नाप्नु अत्यावश्यक हुन्छ । त्यसका साथै स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले समेत आफ्नो रक्तचापबारे नियमित जानकारी लिनुपर्छ । रक्तचाप नाप्न हरेकपटक स्वास्थ्य निकाय वा प्रशिक्षित स्वास्थ्यकर्मी नजिक जानु समय बर्बादीका साथै आर्थिक बोझसमेत बढ्छ । यसैले परिवारका केही सदस्यले रक्तचाप नाप्ने प्रक्रियाबारे वैज्ञानिक रूपले सिके परिवार मात्र नभई छरछिमेकका लागि समेत सहयोगी हुन्छ । बिरामीले स्वयम् आफ्नो रक्तचापसमेत नाप्न सक्छन् भने मामुलीजस्तै देखिने प्रक्रियाले कसैको ज्यानसमेत जोगाउन सक्छन् ।

उच्च सामान्य रक्तचाप कसलाई भन्ने त ? १२०र८० भन्दा कम रक्तचाप हुनु राम्रो मानिन्छ । यस्ते प्रि–हाइपरटेन्सन भने १२०–१३९ एमएम मर्करी सिस्टोलिक र ८०–८९ एमएम मर्करी डायस्टोलिकभन्दा कमलाई मानिन्छ ।उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनको पहिलो चरण १४०–१५९ एमएम मर्करी सिस्टोलिक र ९०–९९ एमएम मर्करी डायस्टोलिकलाई मानिन्छ । यस्तै हाइपरटेन्सनको दोस्रो चरण १६० एमएम मर्करी सिस्टोलिक र १०० एमएम मर्करी डायस्टोलिकभन्दा बढीलाई भनिन्छ ।यी त भए रक्तचापको सामान्य वर्गीकरण । तर रक्तचाप घरमै आफैंले नाप्ने कसरी भन्ने पनि अब समस्या रहेन ।

रक्तचाप नाप्न आजकल बजारमा गुणस्तरीय स्वचालित मेसिनसमेत पाइन्छन् । तर तपाईंले चिकित्सकसँग परामर्श गरेर मात्र यस्तो मेसिन किन्नुपर्छ ।अझ तपाईंको रक्तचाप नाप्ने मेसिनलाई चिकित्सकको रक्तचाप नाप्ने मेसिनसँग तुलनासमेत गरेको हुनुपर्छ ।घरमा नापेको रक्तचापको पहिलो नाप प्रायः बढी देखाउने भएकोले ५–५ मिनेटको फरकमा तीन पटक रक्तचाप नापेर औसत निकाल्नुपर्छ ।रक्तचापका बिरामीहरूले हरेकपटक मुटु रोग विशेषज्ञसँग भेट्न जाँदा आफूले नियमित रूपमा नाप्दै गरेको रक्तचापको रेकर्डसमेत देखाउनुपर्छ । नियमित रूपमा रक्तचाप नाप्दा बिहान वा साँझ रक्तचापको औषधि खानुभन्दाअगाडि नाप्नुपर्छ ।

रक्तचाप कति–कति दिनको फरकमा नाप्ने आदिबारे चिकित्सकसँग परामर्श गर्नुपर्छ । उसो त रक्तचाप नियन्त्रणमा आएपछि दुई–तीन सातामा एकपटक नाप्नु उपयुक्त हुन्छ । तर अझैसम्म कुन बिरामीले कति दिनको फरकमा रक्तचाप नाप्नेबारे कुनै पनि अनुसन्धानले स्पष्ट गरेको छैन ।

अध्ययन अनुभवका आधारमा म के भन्न चाहन्छु भने, रक्तचाप धेरै चाँडो–चाँडो नाप्दा अनावश्यक पीर पर्न सक्छ भने धेरै दिनको फरकमा नाप्दा रक्तचाप नियन्त्रणमा रहेको वा नरहेको थाहा नहुन सक्छ । चाँडै आत्तिने व्यक्तिलाई छिटो–छिटो रक्तचाप नाप्दा अनावश्यक चिन्ताका साथै झन् आत्तिनेसमेत हुन सक्छ ।

यही कारणले गर्दा एउटा निश्चित समयमा रक्तचाप नाप्नु आवश्यक हुन्छ । मेरो अनुभवअनुसार जुनसुकै स्वस्थ व्यक्तिले आफ्नै घरमा वर्षमा दुई पटक अर्थात् हरेक ६ महिनामा रक्तचाप नापेर आफ्नो स्थिति थाहा पाउनुपर्छ । तर प्रिहाइपरटेनसन अर्थात् उच्च रक्तचाप हुनुभन्दा पूर्व अवस्था भएकाहरूले हरेक तीन महिनामा आफ्नो रक्तचाप परीक्षण गर्नुपर्छ ।बोर्डरलाई हाइपरटेन्सन हुनेले हरेक महिना र रक्तचाप नियन्त्रणमा भएकोले हरेक १५ दिनमा एकपटक रक्तचाप जाँच्नुपर्छ । तर यदि तपाईंको रक्तचाप नियन्त्रणमा छैन भने हरेक सात दिनमा एकपटक रक्तचाप नाप्नुपर्छ ।तपाईंले यदि उच्च रक्तचाप पहिलो पटक थाहा पाएर चिकित्सकीय सल्लाहअनुसार औषधि खान सुरु गर्नुभएको छ भने हरेक दुईदेखि तीन दिनमा एकपटक रक्तचाप जाँच्न नबिर्सनु। जुनसुकै समयमा जस्तोसुकै अवस्थामा रक्तचाप नाप्दा यसको परिणाम सही नहुन पनि सक्छ । यसैले रक्तचाप नाप्दा ठिक तरिका अपनाउनुपर्छ ।

Dr Om Murti Anil
Dr Om Murti Anil

रक्तचाप नाप्नुभन्दा करिब आधा घण्टा पहिलेदेखि सुर्ती, चिया, खाना आदि खाएको हुनु हुँदैन । रक्तचाप नाप्दा एक खुट्टा अर्को माथि (उपरखुट्टी) राख्नु हुँदैन । लुगा माथिबाट रक्तचाप नाप्नु हुँदैन भने हिँडडुल र व्यायाम गरेलगत्तै रक्तचाप नाप्नु हुँदैन । यस्तै रक्तचाप नाप्ने कोठाको वातावरण शान्त हुनुको साथै तापक्रम आरामदायी हुनुपर्छ ।

रक्तचाप नाप्दा मेचमा करिब ५ मिनेट विश्राम गरेपछि नाप्नुपर्छ भने, नाप्ने बेलामा बिरामीसँगै नाप्ने व्यक्तिसमेत बोल्नु हुँदैन । रक्तचाप नाप्ने यन्त्रको फिता मुटुको उचाइमा राख्नुपर्छ । रक्तचाप नाप्ने हातलाई टेबलमा राख्नुपर्छ । यस्ते रक्तचाप नाप्दा हल्लिनु हुँदैन श्वाससमेत स्वाभाविक रूपमा विस्तारैलिनुपर्छ । पहिलो पटक दुवै हातमा र त्यसपछि रक्तचाप बढी भएकोहातमा नाप्नुपर्छ ।


✍️ डा.ओममूर्ति अनिल

Tags: Blood Pressure
SummarizeShare337ScanTweet146

Related articles

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

by Nam Raj Bhatta
November 27, 2024
0

काठमाडौं, १२ मंसिर २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने कारणले आउँदो पौष ११ र...

2. TB Communicable Disease

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

by HNN Staff
June 12, 2024
0

TB is an infectious disease caused by the bacillus Mycobacterium tuberculosis. It particularly affects the lungs (pulmonary TB) but can affect other sites as well (extra pulmonary TB)....

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.