आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

हेपाटाइटिस के हो? हेपाटाइटिस सम्बन्धि भ्रम र यथार्थता #Hepatitis

HNN Staff by HNN Staff
March 1, 2020
in Health
A A
1
Human body pain due to internal pain, Hepatitis introduction, confusions & facts

Human body pain due to internal pain, Hepatitis introduction, confusions & facts

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

१) हेपाटाइटिस भन्नाले समान्यतया के बुझिन्छ?

हेपाटाइटिस भन्नाले समान्यतया कलेजमा हुने संक्रमणलाई बुझिन्छ।कलेजमा संक्रमण धेरै जसो भाइरस, ब्याक्टेरिया , आयुर्वेदिक औषधि ,जडिबुटी र अन्य यलोप्याथिक औषधिले पनि हुन सक्छ।

यसका साथसाथै कलेजोको संक्रमण मुटुले राम्रो काम नगरेमा ,कलेजमा चिल्लो पदार्थ जम्मा भएमा, कलेजोमा तामा,फलाम ,आदि जम्मा भएमा, चिनिरोगका बिरामी ,पित्तनलीको समस्या भएमा,जोर्नी लगायत अन्य अंगमा समस्या भएमा पनि हुनसक्छ ।कलेजोमा हुने प्रमुख संक्रमण भाइरस नै हो।जसलाई हामी भाइरल हेपाटाइटिस भन्ने गर्दछौ।

२) के हो त भाइरल हेपाटाइटिस ?

कलेजो मानव शरीरको दाहिने कोखामा रहेको नरम अंग हो । यो अंगले शरीरलाई चाहिने प्रोटिन ,कार्वोहाइडेड ,फ्याट हर्मोन आदि लगायत पाँच हजार भन्दा बढी कार्य गर्दछ।

यस्तो नरम अंगमा अत्यन्त सूक्ष्म जीवाणु जसलाई भाइरल भन्छौ, येस्ले सन्क्रमण गरेमा यस्लाई भाईरल हेपाटाइटिस भन्दछौ । हेपाटाइटिस हुँदा कलेजोका साना-साना कोषिकाहरु घाइते हुने, सुनिने कार्य हुन्छन् ।

कलेजो घाइते भएकाले शरीरमा उत्पन्न जन्डिसलाई बाहिर फाल्न नसक्ने हुनाले शरीर पहेँलो हुने हुन्छ।यसरी कलेजोमा परेको असर दुई प्रकारका हुन्छन् ।पहिलो असर तीन चार महिनामा समान्य हुन्छ भने अर्को असर लामो समयसम्म वा जीवनभर हुन्छ।

३) कुन -कुन भाइरसले कलेजोलाई असर गर्छ त ?

समान्यतया हेपाटाइटिस ए, हेपाटाइटिस बी, हेपाटाइटिस सी, हेपाटाइटिस डि, हेपाटाइटिस ई,  साईटो मेगालो भाइरस, हरपिज भाइरस, इस्टानबार भाइरस, यालो फिभर भाइरसले कालेजोमा असर गर्दछन ।

भाइरल हेपाटाइटिस मध्ये हेपाटाइटिस ‘ए’ र ‘ई’ ले छोटो समय सम्म कलेजोलाई असर गर्ने हुनाले यी संक्रमणबाट डराउन पर्दैन ।तर हेपाटाइटिस ‘बी’ र ‘सी ‘ ले कलेजोलाई लामो समयसम्म संक्रमण गर्ने हुनाले अलि होसियार हुनुपर्ने र तुरुन्तै औषधि सेवन गर्नुपर्ने हुन्छ।अन्य भाइरस हरु सामान्य किसिमका हुने र आफै निको भएर जाने हुन्छन।

४) भाइरल हेपाटाइटिसमा कस्ता कस्ता लक्षणहरु देखा पर्छ्न त ?

भाइरल हेपाटाइटिसको संक्रमण भएपछि मानिसमा लक्षण देखिन पनि सक्छ या नदेखिन पनि सक्छ।लक्षण नदेखिए पनी कलेजोलाई क्रमशः संक्रमण गरेर कलेजो पूर्णरुपले बिग्री सकेको पनि हुनसक्छ।समान्यतया हेपाटाइटिस बी र सी ले शरीरमा कुनै प्रभाव वा लक्षण नदेखाएर कलेजो बिगार्न सक्छन ।

छोटो समयसम्म कलेजोमा संक्रमण गर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ को संक्रमण हुँदा ज्वरो आउने,खान मन नलाग्ने , आँखा पहेलो हुने,कोखा दुख्ने ,थकाइ लाग्ने हुन्छ।कसै कसैमा रोगले गम्भीर रुप लिएर बेहोस हुने ,रगत वान्ता गर्ने जस्ता लक्षण देखा पर्छ्न।

लामो समयसम्म कलेजोमा असर गर्ने हेपाटाइटिस ‘बि’ र ‘सी ‘को संक्रमण हुँदा केही केही बिरामीमा जन्डिस देखिने, खाना खान मन नलाग्ने हुन्छ।पेटमा पानी जम्ने ,कालो दिशा गर्ने, अनुहार कालो हुने हुन्छ।

५) कसरी पत्ता लगाउन सकिन्छ त भाइरल हेपाटाइटिस ?

कुनै पनि बिरामीलाई पेट सुनिदै गएमा, अनुहार पहेँलो हुँदै गएमा,खाना खान मन नलागेमा ,कलेजो,फियो ,सुनिएमा, भिडियो एक्सरे गरेर वा बिरामीको परीक्षण गरि कलेजोको समस्या पत्ता लगाउन सकिन्छ ।

कुनै कुनै बिरामीलाई सिटि स्क्यान ,एम आर आई ,फाईब्रोस्क्यान तथा कलेजोको मासुको टुक्रा झिकेर पनि जांच गर्नुपर्ने हुन सक्छ।

६) कसरी गर्ने त भाइरल हेपाटाइटिसको उपचार ?

छोटो समयको लागि कलेजोलाई असर गर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ रोगबाट डराउनु पर्दैन । सफा खानेकुरा ,उमालेको पानी र सामान्य आराम गरेमा एक दुई महिनामा यी रोग आफैं निर्मुल भएर जान्छन् । बिरामिले दाल ,भात ,दुध, दही तथा थोरै मात्रामा माछा ,मासु ,नुन ,तेल समेत खादा रोग छिटो निको हुन्छ ।यी भाइरसलाई कुनै पनि अन्य औषधिको आवश्यकता पर्दैन।

हेपाटाइटिस ‘बि’ रोग लागेका बिरामीले रोगको स्थिति हेरेर ‘ईन्टेकाभिर’ वा ‘टेनोफोभिर’ भन्ने औषधि लामो समय सम्म खानुपर्छ र डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ।यी औषधिले रोगलाई खराब हुन र कलेजो फेर्नुपर्ने अवस्था बाट बचाउछ। त्यसरी नै हेपाटाइटिस ‘सि’ उपचारको लागि उपलब्ध भएका औषधिहरु – Sofosbuvir, Daclatasvir, Velpatasvir, Ledipasvir लगायत औषधिको बाह्र हप्ता देखि चौबीस हप्ताको सेवनले ९० देखि ९८ प्रतिशत बिरामी पूर्ण रुपले निको हुने गरेको छ।

हेपाटाइटिस ‘बी’ का बिरामीको औसदिको लागि प्रतिदिन ७० देखि सय रुपैया र हेपाटाइटिस सीका बिरामीले प्रतिदिन रु आठ सय देखि हजार सम्मको मुल्य लग्ने रहेको छ।

७) हेपाटाइटिसका बिरामीले आहार कस्तो लिनुपर्छ?

नेपाली समाजमा जन्डिस भएका बिरामीले खानेकुरा नखाने,मुख बार्ने ,जडिबुटी खाने चलन छ । यो राम्रो चलन होईन ।भाइरसको कारणले कलेजो बिग्रीएको अवस्थामा खानेकुरा बार्ने भन्दा पनि खानेकुरा बढाउनु पर्छ।

त्यसैले बिरामीले दाल भात , माछा मासु, फलफुल,दुध , दहि,माछा , मासु प्रसस्त मात्रामा खानुपर्छ । रक्सी सेवन गर्नु हुँदैन । कलेजो रोगका दीर्घकालीन रोगीले नयाँ औषधिको सेवन गर्दा कलेजो रोग विशेषज्ञ बाट परामर्श लिदा नराम्रो असरबाट बच्न सकिन्छ ।

८) कसरी बचाउन सकिन्छ त भाइरल हेपाटाइटिस बाट ?

छोटो समयका लागि हुने हेपाटाइटिस ‘ए’ र ‘इ’ को लागि उमालेको पानी खाने, सफा सुग्घर भएर बस्ने,जडिबुटी र अनावश्यक यलोप्याथिक औषधि खानु हुँदैन ।

लामो समयसम्म हुने हेपाटाइटिस ‘बि’ को भ्याक्सिन लगाउनाले यो रोग लाग्ने सम्भावना निकै कम हुन्छ।त्यस्तै हेपाटाइटिस ‘बि’ र ‘सि’ रोगी सङ्ग यौन सम्बन्ध नराख्ने र राख्नुपर्ने भएमा सुरक्षित उपाय अपनाउनु पर्छ।

९) हेपाटाइटिस सम्बन्धि भ्रम र यथार्थता के छ्न त ?

भ्रम (क): हेपाटाइटिसको डाक्टरी औषधि छैन?

यथार्थता : यो रोगको डक्टरी उपचार सम्भव छ। डाक्टरी औषधिले अठानब्बे प्रतिशत हेपाटाइटिस सी को पूर्ण उपचार हुन्छ। हेपाटाइटिस ए र इ को उनान्सय प्रतिशत डाक्टरी उपचार सम्भव छ।

भ्रम (ख): हेपाटाइटिसका बिरामीले खानेकुरा खानु हुदैन। प्रसस्त उखु मेवा खानुपर्छ । जडिबुटी नै मुख्य उपचार हो ।

यथार्थता : यस्ता बिरामीले प्रसस्त मात्रामा दाल भात ,माछा मासु ,फलफूल ,बेसार, नुन खानुपर्छ। जडिबुति खानु हुँदैन । उखु मेवाले खासै फाईदा गर्दैन ।

भ्रम (ग): भाइरल हेपाटाइटिस लागेपछि तत्काल वा छिटै बिरामीको मृत्यु हुन्छ भन्छ्न ।

यथार्थता: समयमा उपचार गराएमा भाइरल हेपाटाइटिसका बिरामी पूरा जीवत बच्ने गर्छन् ।

भ्रम (घ) : भाइरल हेपाटाइटिसका बिरामीलाई छुनु हुदैन र सङ्गै बस्न पनि हुँदैन ।

यथार्थता : छुदा, सङ्गै बस्दा ,एउटै शैचालय प्रयोग गर्दा, संगै सुत्दा यो रोग सर्दैन।

वीर अस्पताल तथा काठमाडौं भयली अस्पातलका बरिस्ट कलेजो रोग विशेषज्ञ डा .बिकास जैसी सङ्ग हेल्थ टुडे पत्रीकाका सम्बाददाता नमराज भट्टले गरेको कुराकानीमा आधारित ।

माछाको परिकार कति स्वस्थ्यवर्द्धक ? #HealthBenefitsofFish

Tags: FatsHepatitisLiver Health
Nisarga hospital Dhangadhi
Previous Post

A Trainer Reveals the Best Exercises For a Stronger, Toned Butt

Next Post

रोक्न नहुने शारीरिक वेगहरु

Related articles

Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

2 months ago
810
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

5 months ago
904
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

11 months ago
969
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

11 months ago
803
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

12 months ago
788
डा. गोबिन्द केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
Health

‘सरकारले तिन साता भित्र माग पुरा नगरे डा. केसीले दिए सत्याग्रह गर्ने चेतावनी’

1 year ago
776
Next Post

रोक्न नहुने शारीरिक वेगहरु

Comments 1

  1. Pingback: कलेजोको मोटोपन कारण र समाधान #LiverHealth #FattyLiver • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.