Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

हेपाटाइटिस के हो? हेपाटाइटिस सम्बन्धि भ्रम र यथार्थता #Hepatitis

HNN Staff by HNN Staff
March 1, 2020
in Health
Reading Time: 2 mins read
A A
1
Human body pain due to internal pain, Hepatitis introduction, confusions & facts

Human body pain due to internal pain, Hepatitis introduction, confusions & facts

590
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

१) हेपाटाइटिस भन्नाले समान्यतया के बुझिन्छ?

हेपाटाइटिस भन्नाले समान्यतया कलेजमा हुने संक्रमणलाई बुझिन्छ।कलेजमा संक्रमण धेरै जसो भाइरस, ब्याक्टेरिया , आयुर्वेदिक औषधि ,जडिबुटी र अन्य यलोप्याथिक औषधिले पनि हुन सक्छ।

यसका साथसाथै कलेजोको संक्रमण मुटुले राम्रो काम नगरेमा ,कलेजमा चिल्लो पदार्थ जम्मा भएमा, कलेजोमा तामा,फलाम ,आदि जम्मा भएमा, चिनिरोगका बिरामी ,पित्तनलीको समस्या भएमा,जोर्नी लगायत अन्य अंगमा समस्या भएमा पनि हुनसक्छ ।कलेजोमा हुने प्रमुख संक्रमण भाइरस नै हो।जसलाई हामी भाइरल हेपाटाइटिस भन्ने गर्दछौ।

२) के हो त भाइरल हेपाटाइटिस ?

कलेजो मानव शरीरको दाहिने कोखामा रहेको नरम अंग हो । यो अंगले शरीरलाई चाहिने प्रोटिन ,कार्वोहाइडेड ,फ्याट हर्मोन आदि लगायत पाँच हजार भन्दा बढी कार्य गर्दछ।

यस्तो नरम अंगमा अत्यन्त सूक्ष्म जीवाणु जसलाई भाइरल भन्छौ, येस्ले सन्क्रमण गरेमा यस्लाई भाईरल हेपाटाइटिस भन्दछौ । हेपाटाइटिस हुँदा कलेजोका साना-साना कोषिकाहरु घाइते हुने, सुनिने कार्य हुन्छन् ।

कलेजो घाइते भएकाले शरीरमा उत्पन्न जन्डिसलाई बाहिर फाल्न नसक्ने हुनाले शरीर पहेँलो हुने हुन्छ।यसरी कलेजोमा परेको असर दुई प्रकारका हुन्छन् ।पहिलो असर तीन चार महिनामा समान्य हुन्छ भने अर्को असर लामो समयसम्म वा जीवनभर हुन्छ।

३) कुन -कुन भाइरसले कलेजोलाई असर गर्छ त ?

समान्यतया हेपाटाइटिस ए, हेपाटाइटिस बी, हेपाटाइटिस सी, हेपाटाइटिस डि, हेपाटाइटिस ई,  साईटो मेगालो भाइरस, हरपिज भाइरस, इस्टानबार भाइरस, यालो फिभर भाइरसले कालेजोमा असर गर्दछन ।

भाइरल हेपाटाइटिस मध्ये हेपाटाइटिस ‘ए’ र ‘ई’ ले छोटो समय सम्म कलेजोलाई असर गर्ने हुनाले यी संक्रमणबाट डराउन पर्दैन ।तर हेपाटाइटिस ‘बी’ र ‘सी ‘ ले कलेजोलाई लामो समयसम्म संक्रमण गर्ने हुनाले अलि होसियार हुनुपर्ने र तुरुन्तै औषधि सेवन गर्नुपर्ने हुन्छ।अन्य भाइरस हरु सामान्य किसिमका हुने र आफै निको भएर जाने हुन्छन।

४) भाइरल हेपाटाइटिसमा कस्ता कस्ता लक्षणहरु देखा पर्छ्न त ?

भाइरल हेपाटाइटिसको संक्रमण भएपछि मानिसमा लक्षण देखिन पनि सक्छ या नदेखिन पनि सक्छ।लक्षण नदेखिए पनी कलेजोलाई क्रमशः संक्रमण गरेर कलेजो पूर्णरुपले बिग्री सकेको पनि हुनसक्छ।समान्यतया हेपाटाइटिस बी र सी ले शरीरमा कुनै प्रभाव वा लक्षण नदेखाएर कलेजो बिगार्न सक्छन ।

छोटो समयसम्म कलेजोमा संक्रमण गर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ को संक्रमण हुँदा ज्वरो आउने,खान मन नलाग्ने , आँखा पहेलो हुने,कोखा दुख्ने ,थकाइ लाग्ने हुन्छ।कसै कसैमा रोगले गम्भीर रुप लिएर बेहोस हुने ,रगत वान्ता गर्ने जस्ता लक्षण देखा पर्छ्न।

लामो समयसम्म कलेजोमा असर गर्ने हेपाटाइटिस ‘बि’ र ‘सी ‘को संक्रमण हुँदा केही केही बिरामीमा जन्डिस देखिने, खाना खान मन नलाग्ने हुन्छ।पेटमा पानी जम्ने ,कालो दिशा गर्ने, अनुहार कालो हुने हुन्छ।

५) कसरी पत्ता लगाउन सकिन्छ त भाइरल हेपाटाइटिस ?

कुनै पनि बिरामीलाई पेट सुनिदै गएमा, अनुहार पहेँलो हुँदै गएमा,खाना खान मन नलागेमा ,कलेजो,फियो ,सुनिएमा, भिडियो एक्सरे गरेर वा बिरामीको परीक्षण गरि कलेजोको समस्या पत्ता लगाउन सकिन्छ ।

कुनै कुनै बिरामीलाई सिटि स्क्यान ,एम आर आई ,फाईब्रोस्क्यान तथा कलेजोको मासुको टुक्रा झिकेर पनि जांच गर्नुपर्ने हुन सक्छ।

६) कसरी गर्ने त भाइरल हेपाटाइटिसको उपचार ?

छोटो समयको लागि कलेजोलाई असर गर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ रोगबाट डराउनु पर्दैन । सफा खानेकुरा ,उमालेको पानी र सामान्य आराम गरेमा एक दुई महिनामा यी रोग आफैं निर्मुल भएर जान्छन् । बिरामिले दाल ,भात ,दुध, दही तथा थोरै मात्रामा माछा ,मासु ,नुन ,तेल समेत खादा रोग छिटो निको हुन्छ ।यी भाइरसलाई कुनै पनि अन्य औषधिको आवश्यकता पर्दैन।

हेपाटाइटिस ‘बि’ रोग लागेका बिरामीले रोगको स्थिति हेरेर ‘ईन्टेकाभिर’ वा ‘टेनोफोभिर’ भन्ने औषधि लामो समय सम्म खानुपर्छ र डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ।यी औषधिले रोगलाई खराब हुन र कलेजो फेर्नुपर्ने अवस्था बाट बचाउछ। त्यसरी नै हेपाटाइटिस ‘सि’ उपचारको लागि उपलब्ध भएका औषधिहरु – Sofosbuvir, Daclatasvir, Velpatasvir, Ledipasvir लगायत औषधिको बाह्र हप्ता देखि चौबीस हप्ताको सेवनले ९० देखि ९८ प्रतिशत बिरामी पूर्ण रुपले निको हुने गरेको छ।

हेपाटाइटिस ‘बी’ का बिरामीको औसदिको लागि प्रतिदिन ७० देखि सय रुपैया र हेपाटाइटिस सीका बिरामीले प्रतिदिन रु आठ सय देखि हजार सम्मको मुल्य लग्ने रहेको छ।

७) हेपाटाइटिसका बिरामीले आहार कस्तो लिनुपर्छ?

नेपाली समाजमा जन्डिस भएका बिरामीले खानेकुरा नखाने,मुख बार्ने ,जडिबुटी खाने चलन छ । यो राम्रो चलन होईन ।भाइरसको कारणले कलेजो बिग्रीएको अवस्थामा खानेकुरा बार्ने भन्दा पनि खानेकुरा बढाउनु पर्छ।

त्यसैले बिरामीले दाल भात , माछा मासु, फलफुल,दुध , दहि,माछा , मासु प्रसस्त मात्रामा खानुपर्छ । रक्सी सेवन गर्नु हुँदैन । कलेजो रोगका दीर्घकालीन रोगीले नयाँ औषधिको सेवन गर्दा कलेजो रोग विशेषज्ञ बाट परामर्श लिदा नराम्रो असरबाट बच्न सकिन्छ ।

८) कसरी बचाउन सकिन्छ त भाइरल हेपाटाइटिस बाट ?

छोटो समयका लागि हुने हेपाटाइटिस ‘ए’ र ‘इ’ को लागि उमालेको पानी खाने, सफा सुग्घर भएर बस्ने,जडिबुटी र अनावश्यक यलोप्याथिक औषधि खानु हुँदैन ।

लामो समयसम्म हुने हेपाटाइटिस ‘बि’ को भ्याक्सिन लगाउनाले यो रोग लाग्ने सम्भावना निकै कम हुन्छ।त्यस्तै हेपाटाइटिस ‘बि’ र ‘सि’ रोगी सङ्ग यौन सम्बन्ध नराख्ने र राख्नुपर्ने भएमा सुरक्षित उपाय अपनाउनु पर्छ।

९) हेपाटाइटिस सम्बन्धि भ्रम र यथार्थता के छ्न त ?

भ्रम (क): हेपाटाइटिसको डाक्टरी औषधि छैन?

यथार्थता : यो रोगको डक्टरी उपचार सम्भव छ। डाक्टरी औषधिले अठानब्बे प्रतिशत हेपाटाइटिस सी को पूर्ण उपचार हुन्छ। हेपाटाइटिस ए र इ को उनान्सय प्रतिशत डाक्टरी उपचार सम्भव छ।

भ्रम (ख): हेपाटाइटिसका बिरामीले खानेकुरा खानु हुदैन। प्रसस्त उखु मेवा खानुपर्छ । जडिबुटी नै मुख्य उपचार हो ।

यथार्थता : यस्ता बिरामीले प्रसस्त मात्रामा दाल भात ,माछा मासु ,फलफूल ,बेसार, नुन खानुपर्छ। जडिबुति खानु हुँदैन । उखु मेवाले खासै फाईदा गर्दैन ।

भ्रम (ग): भाइरल हेपाटाइटिस लागेपछि तत्काल वा छिटै बिरामीको मृत्यु हुन्छ भन्छ्न ।

यथार्थता: समयमा उपचार गराएमा भाइरल हेपाटाइटिसका बिरामी पूरा जीवत बच्ने गर्छन् ।

भ्रम (घ) : भाइरल हेपाटाइटिसका बिरामीलाई छुनु हुदैन र सङ्गै बस्न पनि हुँदैन ।

यथार्थता : छुदा, सङ्गै बस्दा ,एउटै शैचालय प्रयोग गर्दा, संगै सुत्दा यो रोग सर्दैन।

वीर अस्पताल तथा काठमाडौं भयली अस्पातलका बरिस्ट कलेजो रोग विशेषज्ञ डा .बिकास जैसी सङ्ग हेल्थ टुडे पत्रीकाका सम्बाददाता नमराज भट्टले गरेको कुराकानीमा आधारित ।

http://4.188.83.218/static/3592.jpghealth/health-benefits-fish/

Tags: FatsHepatitisLiver Health
SummarizeShare237ScanTweet147

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Dengue Awareness Public Health Office Bhaktapur

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    827 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    691 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    688 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि
  • जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त
  • बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
  • बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया
  • लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.