✍️ डा .राम कृष्ण बराल
म एक स्वास्थकर्मी
कोरोना सङ्ग डर पनि लाग्छ
बिरामीको उपचार गर्न कर पनि लाग्छ।
सोच्दै गयो सिरिङ्ग हुन्छ मन
जानेको यही छ अरु के गर्ने भन।।
सबै तिर हाहाकारै छायो
बिहान बेलुका यस्कै गित गायो।
आज यती भेटिए यती मानिस मरे
स्थानिय ले स्वास्थकर्मी को घरै घेरे।।
थाहा छैन कहिले हो पार लाग्ने
कोरोना हामी देखी टाढा भाग्ने ।
तब सम्म बची बस्नु हुनेछ राम्रो
दिन दुखी को सेवा गर्ने कर्तब्य हाम्रो ।।
एक्ला एक्लै पार पाउन मुश्किल होला
एउटा हातले मात्रै ताली पो कहाँ बज्ला।
आउ सब मिली हाते मालो गरौ
कोरोना बिरुद्द एक भएर लडौ ।।
कोरोना बिरुद्द एक भएर लडौ ।