Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

महिनावारी हुँदा हुने दुखाई- कारण, लक्षण चिन्ह तथा उपचार विधि #Dysmenorrhoea #PeriodPain

HNN Staff by HNN Staff
March 9, 2021
in Health
Reading Time: 12 mins read
A A
3
Menstrual pain remedies

Menstrual pain remedies

661
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

महिनावारी हुदा धेरै मात्रामा पेट दुख्ने अवस्थामा लाई DYSMENORRHOEA भनिन्छ । यस अवस्थामा कडा , मध्यम कडा प्रकृतिको cramping वा colicky pain हुन्छ । यस्तो दुखाई thigh (तिघ्रा) र sacrum (back side) तिर सर्न सक्छ । यस प्रकारकाे spasmodic dysmenorrhoea प्राय: किशाेरवास्था (teen age) का केटिहरुमा बढी देखिन्छ भने ३० वर्षभन्दा माथिका महिलाहरुमा पनि spasmodic dysmenorrhoea हुन्छ । याे समस्याकाे कारण महिलाहरुकाे दैनिक, सामाजिक र शैक्षिक कार्यमा समेत बाधा पुगिरहेकाे हुन्छ ।

यस्तो किसिमको दुखाइ तल्लो पेट, कटी प्रदेश pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत हुन सक्छ । महिनावारी हुँदा कतिपय महिलालाई तल्लो पेट असाध्यै दुख्न सक्छ र त्यसले सामान्य दैनिक जीवनलाई नै अप्ठयारोमा पार्छ ।

दुख्नेबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन् । पेट फुलेजस्तो हुने, चिन्ता बढ्ने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन हुने, प्यास लाग्ने, खानाको रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने जस्ता कुरा हुन सक्छन् र त्यस्तो स्थितिलाई Premenstrual tension syndrome भनिन्छ ।

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ । यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ । यही रागरसको (Hormones) परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

Other names of dysmenorrhoea:-

Dysmenorrhoea,
painful periods,
menstrual cramps

Duration(अवधि):- ३-५ दिन सम्म

Types of dysmenorrhoea:-

  1. Primary/Spasmodic dysmenorrhoea :-
    •यसलाई no organic cause बाट हुने dysmenorrhoea पनि भनिन्छ । याे समस्या अविवाहित महिलामा धेरै भएकाे पाईन्छ ।
    causes:-(कारणहरु)
    •Narrow os: obstruction to free flow of menstruation.
    •psychological
    •imbalance of oestrogen & progesterone
  2. Secondary/Congestive dysmenorrhoea :-
    यस लाई pathological cause बाट हुने dysmenorrhoea पनि भनिन्छ ।
    causes:-
    यसमा महिनावारीकाे साथै pelvic related problems (pelvic inflammatory disease PID, fibroid uterus, IUCD, cervical stenosis, endometrosis) काे कारण पनि secondary dysmenorrhoea हुन्छ ।

Nutrient and human body Health News Nepal

लक्षण तथा चिन्ह (sign & symptoms of Period Pain):-

  • चस्किएर वा बाँउडिएर तल्लो पेट दुख्ने ,
  • तल्लो पेट संगै ढाड र पछि Thigh muscles पनि दुख्ने ,
  • वाकवाकी लाग्ने,ढाँड दुख्ने
  • faint हुने,
  • कसैकसैमा diarrhoea जस्ता समस्या हुने,
  • पेट र याेनी जाँच गर्दा कुनै असामान्य अवस्थाहरु भेटिदैन
  • नसर्ने खालकाे दुखाई हुने तर थाहा नपाइने हुन्छ (Dull types)

Diagnosis & investigation of Period pain (निदान र परिक्षण )

  • History taking
  • menarche: time of unset, pain
  • Menstruation cycle, amount of blood loss
  • history of IUCD
  • family history of dysmenorrhoea in mother & sisters
  • past illness: any systemic disease
  • General examination: PV exam for married women & rectal examination
  • Blood for hb%

Treatment of Period Pain (निवारण)

  • प्रशस्त मात्रामा आराम लिने, कडा बेडमा सिधा सुत्न लगाउने,
  • प्रशस्त मनताताे पानी,जुस,वा अन्य पेयपदार्थहरु पिउन दिने,
  • ताताे पानीले नुहाउने जसले गर्दा पीडा कम महशुस हुन्छ ,
  • रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउने ,
  • महिनावारी भएका बेला कसरत वा व्यायाम गर्ने जसले पीडा कम गर्न मद्दत गर्छ ।
  • Hot water bag ले पेट र ढाड सेक्ने, रबडको थैली नभएका खण्डमा सिसी (Bottle) मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ ।
  • समय समयमा पेट र ढाड मालिस गर्ने ,
  • यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन ,
  • संक्रमण हुन वाट बच्न व्यक्तिगत सरसफाइ र गुप्ताङ्गकाे सरसफाइमा गर्ने ,

Specific treatment :-
• constipation छ भने laxatives दिने,

• Hormone therapy :-
Eg:- Noresthisterone 5mg twice a day from 5-6 days to 25 days of cycle or,
oral contraceptive pills (progesterone + oestrogen) 1 tab daily from 5th days to 25 th days of cycle.

• दुखाई कम गर्न mefanamic acid 2 tab daily आवश्यकता अनुसार ibuprofen, Naproxin, Diclo, Buscopan
लगायत पीडा कम हुने औषधिहरू महिनावारी भएको केही दिनसम्म प्रयोग गर्न सकिन्छ |

• fibroid uterus (needed Dilatation & curettage and hystercectomy )

http://4.188.83.218/static/3592.jpgnutrition/diet-per-diseases/

महिनावारी दुखाई कम गर्ने घरेलु उपायहरु:-

१. दूध:- दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले तपाईंको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईंलाई दुध मिठो लाग्दैन भने तपाईंले क्याल्सियमको चक्की पनि खान सक्नुहुन्छ ।

२. मेवा:- महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पिडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

३. गाजर:- गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

४. घ्युकुमारी:- घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ ।

५. तुलसी:- तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

६.ताताे पानीले नुहाउने :– तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

७.अदुवा:– एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

८.व्यायाम :– हुुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

९. जंकफुडबाट टाढा रहने:– महिनावारी काे बेला आफ्नो खाने व्यवहारमा पनि ध्यान राख्ने। जति सक्नुहुन्छ जंक फुड नखाने र रक्सीबाट टाढै रहने ।

Menstrual pain education:-
• पहिलाे पटक महिनावारी हुनलागेका महिला लाई याैन शिक्षा दिने,
• स्वास्थ्य शिक्षा : दैनिक नुहाउने, sanitary pad राख्ने, सन्तुलित भाेजन र आराम गर्ने ।

✍️Bhuwan joshi

http://4.188.83.218/static/3592.jpgarticles/breast-cancer/

Tags: FeaturedWomen's Health
SummarizeShare300ScanTweet151

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    819 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    690 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    686 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय
  • लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार
  • क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ
  • २०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल
  • स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.