काठमाडौं, २१ माघ २०८०
ह्याम्स अस्पतालको आई.भि.एफ. क्लिनिकमा १०० बढी दम्पतिको भ्रुण प्रत्यारोपण गरिएको छ।
ह्याम्स अस्पतालले आई.भि.एफ. तथा नि:सन्तान क्लिनिक संचालन गरेको १४ महिना भित्रै १०० बढी दम्पतिको सफल भ्रुण प्रत्यारोपण गरिएको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिनुभयो।
अस्पतालले १०० भन्दा बढि सफल भ्रुण प्रत्यारोपण गरेको उपलक्ष्यमा धुम्बराही स्थित कार्यक्रमको आयोजना गरि उक्त जानकारी गराएको छ।
ह्याम्स अस्पतालको आई.भि.एफ. तथा नि:सन्तान क्लिनिकमा आउने मध्ये ३० देखि ४० प्रतिशत विदेशमा बस्ने नेपाली रहेको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले जानकारी दिनुभयो।
कोही पनि निःसन्तान दम्पति सन्तान सुखबाट बन्चित नहोस् भन्ने उदेश्यले क्लिनिक खुलेको १४ महिनामै २५० भन्दा बढी दम्पतिले आई.भि.एफ. सेवा लिएको र ६५ प्रतिशत सम्म सफल गर्भधारण दर रहेको डा. शर्माले बताए।
वरिष्ठ स्त्रि, प्रसूति तथा निसन्तान विशेषज्ञ डा. भोला रिजालले आधुनिक प्रविधी सहित स्थापना भएको सेन्टरले छोटो समयमा यो सफलता पाएकोका ह्याम्स अस्पताल तथा आई.भि.एफ. टिमलाई बधाई तथा शुभकामना दिए।
ह्याम्स आई.भि.एफ. क्लिनिकको विशेषज्ञ टिममा मुलुकमै सर्वप्रथम आई.भि.एफ. सेवा शुरू गर्ने वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल, डा. पदमराज पन्त तथा डा. अतित पौडेलसहित प्रसूति तथा स्त्रीरोग डा. शन्देश पौडेल, डा. ईच्छा उप्रेती, डा. करिष्मा पाण्डे तथा डा. रेशिष श्रेष्ठ लगायत रहेका छन्।
अस्पतालले निःसन्तान दम्पतिका लागि बेलाबेलामा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ। साथै अस्पतालले विपन्न नागरिकहरूका लागि बिशेष छुट तथा नि:शुल्क परामर्श सेवा समेत प्रदान समेत गर्दै आइरहेको छ।