आज मिति : २०८२ मंसिर १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

मधुमेहका बिरामीको लागि यस्तो हुनुपर्छ खाना

HNN Staff by HNN Staff
March 12, 2020
in Health, Lifestyle
A A
4
Food for diabetes patients

Food for diabetes patients

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

मधुमेहका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । अस्वाभाविक खानपानकै कारण हाम्रो समाजमा हिजोआज मधुमेहको जोखिम बढ्दै गइरहेको छ । खानपानमा ध्यान नदिँदा नै मोटोपन बढ्छ र यही मोटोपनले मानिसलाई अल्छी बनाउँछ । जसको परिणामस्वरूपमधुमेह हुन्छ । त्यसैले मधुमेहबाट बच्न र भइसकेकाले पनि खानपानमा विशेष ध्यान दिनै पर्छ ।

के खाने, के नखाने ?

✍️ डा. अलर्क देवकोटा रजौरिया
✍️ डा. अलर्क देवकोटा रजौरिया

बिहानको खाना राम्ररी खानु पर्छ । सकभर सानो थाल वा प्लेटमा खाने बानी बसाल्नुपर्छ । पेट उकुसमुकुस हुने गरी खानु हुँदैन । खाना खाँदा थालमा ५० प्रतिशत सागपात, तरकारी, सलाद हुनुपर्छ भने २५प्रतिशत भात र २५प्रतिशत दाल, मासु वा प्रोटिन हुनुपर्दछ । कति आकारको प्लेटमा खाने त ? यो व्यक्तिको तौल, उचाइअनुसार हुन्छ । तर सामान्यतया ९ इन्चको प्लेट उपयुक्त मानिन्छ । बिहानको खानाको तुलनामा बेलुकीको खाना एक चौथाइमात्र खानु पर्छ ।

बेलुकी खाना खाएपछि हामी सुत्छौ । त्यसको उद्देश्य सुत्नु मात्र हो । दिउँसोको खाना खाएपछि हामी काम गर्छौ । बेलुका खाना पाएपछि सुत्छौ । त्यसैले बेलुका खाना कम खाने गर्नुपर्दछ । बेलुकीको खाना छिटो खानु उपयुक्त हुन्छ । खाना खाएपछि सामान्यतया दुई घण्टा अगाडि सुत्नु हुँदैन । दुई घण्टा खाना पच्न समय लाग्छ । बेलुकीको खाना हल्का हुनुपर्छ । रोटी खान सकिन्छ । फलफुल, सलाद, सुप मात्र खाएर पनि सुत्न सकिन्छ । भात नै खानुपर्छ भन्ने छैन

जङ फुड बहिस्कार गरौं

हिजोआज जङफुडको बोलावाला छ । यसले मोटोपन गराउँछ । बालबालिकालाई भान्छामा पाकेको खानेकुरा खुवाउनुपर्छ । आफ्नो सजिलोका लागि र उनीहरूको जिद्दीले तयारी खानेकुरा दिने बानी बसाल्नु हुँदैन । यही मोटोपनले मधुमेहसहित अन्य रोगहरू निम्त्याइरहेको छ । त्यसैले यसको प्रयोग घटाउनै पर्छ ।

मैदाले बनेका खाद्य पदार्थ खानु हुँदैन । मैदाले बनेका पुरी, मम, समोसा स्वास्थ्यका लागि राम्रा होइनन । मैदाले बनेको चिज शरीरले तान्छ । सोस्छ । त्यसैले पिठोले बनेको रोटी राम्रो हुन्छ । पिठोमा हुने छोक्राले तान्न सक्दैन । मैदासँग चिल्लो पनि छ भने त्यसले झन् खराब गर्छ । मैदासँग चिल्लो र चिनी मिसिएको खानेकुरा त अझ हानिकारक हुन्छन् ।

कुन तेल राम्रो त ?

हामी खानेतेल प्रयोग गर्दा यो तेल राम्रो भन्छौं । राम्रो भनिएका तेल पनि धेरै प्रयोग गर्दा हानिकारक हून्छन । त्यसैले हामीले खानेकुरामा प्रयोग गर्ने तेलको मात्र न्यून हुनुपर्छ । सामान्यत पाँच जनाको परिवारका लागि एक लिटर खाने तेल एक महिना पुग्नुपर्छ । धेरै तेल राखेर झानेको दाल राम्रो होइन । हामी साग तरकारी भुट्दा तेलबाट मज्जाले धुवाँ आउन दिन्छौं । धुवाँ आएको तेलमा झ्वाई गरेर साग तरकारी भुट्छौ । तर डढाएको तेल राम्रो होइन । धुवाँ आउने गरी तेल तताउनु हँुदैन ।

डढाएको तेलले मुटुमा असर गर्छ । साग तरकारी उमालेर पकाएको राम्रो मानिन्छ । तर त्यो सकिँदैन भने एकदमै थोरै तेलमा भुट्नु लाभदायक हुन्छ । एक पटक तताएको तेल दोस्रो पटक प्रयोग गर्नुहँुदैन । स्कुल जाने बच्चाहरूमा मोटोपन बढ्दै छ । स्कुलमा खेल्ने ठाउको अभाव छ । घरबाट बाहिर निस्केर खेल्न खुला ठाउँ छैन । सबैका लागि बजारमा पाइने तयारी खाना सजिलो भएको छ । यसरी नै जङफुडको प्रचलन बढ्दै जाने हो भने अबको १० वर्ष पछि यसले विकराल रूप लिनेछ ।

Good diabetes food
Good diabetes food

मधुमेहले महामारीको रूप लिन सक्छ

मधुमेह नियन्त्रण गर्न अहिलेदेखि नै खानपान र मोटोपन नियन्त्रण गर्न जरुरी छ । एउटै भान्छामा फरकफरक व्यक्तिका लागि फरकफरक खाना पाक्नु राम्रो होइन । मधुमेहका बिरामीका लागि छुट्टै र अरूका लागि छुट्टै पकाउनै हुँदैन । मधुमेहका बिरामीले पनि जे पाक्ने त्यही खानुपर्छ । तर के कति मात्रामा खाने र कस्तो खाने भन्ने कुराको भने सधैं हेक्का राख्नुपर्छ । चिल्लो खानु भएन । कम खानु प¥यो । जे खाए पनि थोरै थोरै गरेर खानुपर्छ ।  हाम्रो शरीरलाई तन्दुरुस्त राख्न खाना खाएर मात्र पुग्दैन । हाम्रो शरीरमा खानाको भूमिका ३० देखि ४० प्रतिशत मात्र हुन्छ । बढी भूमिका शारीरिक व्यायामको हुन्छ ।

हरेक दिन ३० देखि ४५ मिनेट व्यायाम गर्नु पर्छ । व्यायाम गर्नु भनेको सामान्य हिडडुल होइन । हिँड्दासास फुल्नुपर्छ । पसिना निस्किनु पर्छ । रोगले धनी वा गरिब चिन्दैन । सबैलाई समात्न सक्छ । साग, तरकारी, फलफूल र सलाद महंँगो नै खानुपर्छ भन्ने छैन । मौसमअनुसारको तरकारी र फलफूल खानुपर्छ । उचाइ र तौलअनुसारको खाना खानुपर्छ । धूमपान कुनै पनि रोगका लागि राम्रो होइन । मधुमेहका लागि त झन् खतरनाक नै हो । यसले मिर्गौला, मुटु, फोक्सो र आँखामा मधुमेह गराउँछ । खानपानका नियम पालन गर्न सक्यौं भने मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

 

स्वास्थ्य जाँच आवश्यक

मधुमेहमा औषधिको विकल्प छैन । चिकित्सकले औषधि खानै पर्ने अवस्थामा मात्र औषधिको सेवन गर्न सल्लाह दिन्छ । निको हँुदै गएपछि औषधि बन्द गराउन सकिन्छ । धेरैजसोको गुनासो हुन्छ मैले त महिनामा दुई पटकसम्म जाँच गराएको थिएँ । तर एक्कासि मधुमेह देखियो । ब्लड टेस्ट गर्दैमा मधुमेह भए, नभएको यकिन गर्न सकिँदैन । खाली पेट रगत जाँच, खाना खाएको दुई घण्टापछि रगत जाँच र एचबीएवानसी गरी तीनवटै जाँच गरेपछि मधुुमेह भए, नभएको पत्ता लगाउन सकिन्छ ।

(✍️  डा. देवकोटा एमबीबीएस, एमडी इन्टरनल मेडिसिनडीएम, डाइबेटिज एन्ड इन्डोक्राइनोलोजी हुन् । उनी हाल नेपाल डाइबेटिज, थाइरोइड, इन्डोक्राइनोलोजी एन्ड फिजिसियन सेन्टर, नयाँबानेश्वर र वीर अस्पतालमा कार्यरत छन् । )

Tags: Diabetes
Nisarga hospital Dhangadhi
Previous Post

Rhinoplasty in Nepal

Next Post

स्टार अस्पतालको १४ औं बार्षिकोत्सब, वरिष्ठ चिकित्सकबाट ५० प्रतिशत छुट

Related articles

Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

3 weeks ago
787
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची
Lifestyle

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

6 months ago
1.1k
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

8 months ago
877
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

1 year ago
911
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

1 year ago
1k
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

2 years ago
811
Next Post
Star hospital 14th anniversary celebration speech

स्टार अस्पतालको १४ औं बार्षिकोत्सब, वरिष्ठ चिकित्सकबाट ५० प्रतिशत छुट

Comments 4

  1. Pingback: मधुमेहका बिरामीले कस्तो खाना खाने ? #Diabetes • Health News Nepal
  2. Pingback: मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्न सकिएला! #Diabetes • Health News Nepal
  3. Pingback: थाहा पाउनुहोस् कुन खानेकुरामा कस्तो पोषण तत्त्व पाइन्छ? #Nutrients • Health News Nepal
  4. Pingback: विश्व सुर्तीजन्य पदार्थ रहित दिवस र हाम्रो कर्तव्य • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,313)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...