आज मिति : २०८२ पुष ४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma
Nepali Khana Thaali Set

Nepali Khana Thaali Set

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

HNN Staff by HNN Staff
January 28, 2023
in Health, Nutrition
A A
0
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

हाम्रो  परम्परागत खान्की हो दाल, भात, तरकारी र अचार । अधिकांश नेपालीको भान्सामा पाक्ने यो परिकार आफैंमा परिपूर्ण छ । अर्थात् शरीरलाई जरुरी सम्पूर्ण पोषक तत्व हाम्रो यही थालीमा पुग्दो छ ।

त्यसैले घरको खाना टन्न खाएपछि हामीलाई मनग्य पुग्छ । कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन जस्ता सबै पोषक तत्व हाम्रो परम्परागत खानामा उपलब्ध छ । हाम्रो खानामा अक्सर भात, दाल, सागसब्जी र अचार हुन्छ । त्यसैगरी यसमा मौसमी सलाद, घिउ, दही, मोही पनि समावेश गरिन्छ । यति खानेकुरा भएपछि हाम्रो शरीरलाई पुग्छ । हाम्रो खाना स्वादिष्ट, सन्तुलित र स्वस्थ्यकर छ ।

खानाबाट  शरीरले के पाउँछ ?

शरीरलाई कार्बोहाइड्रेट, खनिज, प्रोटिन, भिटामिन, फ्याट, मिनरल्स र सूक्ष्म पोषक तत्त्व लगायतको पोषक तत्त्व जरुरी हुन्छ, जुन खानाको माध्यमबाट शरीरमा आपूर्ति हुन्छ ।

हामीले दैनिक खाने खानेकुराबाट ती पोषकतत्व पूर्ण हुन्छ । नेपाली खाना एकदमै वैज्ञानिक छ । हामीले खाने खानामा सम्पूर्ण पोषक तत्त्व मिश्रित छन् ।

Good diabetes food

नेपाली थाली : सन्तुलित र सम्पूर्ण

नेपाली थाली वा दाल, भात, तरकारी, अचार, सलादमा पूर्ण पोषक तत्त्व हुन्छ । भातमा कार्बोहाइड्रेट, दालमा प्रोटिन, तरकारीमा खनिज र सलादमा मिनरल्स लगायत सूक्ष्म पोषक तत्त्वहरू पाइन्छ । त्यसैले नेपाली खाना एकदमै सन्तुलित र पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ ।

हामी नेपालीहरू ताजा र तातो खाना खान्छौं, जसले गर्दा खानामा भएका एन्टिअक्सिडेन्ट जीवित नै रहन्छ । प्रकृतिमा पाइने सम्पूर्ण अन्नबाली, विभिन्न जातका तरकारीमा शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरू खानामा पाइन्छ ।

RelatedPosts

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

दैनिक खाने खानामा पूर्ण पोषक तत्त्वको कमी भएको खण्डमा पनि हामीले चाडबाडमा खाने विशेष परिकारहरूले त्यसलाई पूरा गर्छन् । जस्तो माघे संक्रान्तिमा तिलको लड्डु, चाकु र तरुल खान्छौं । ती खानेकुरामा शरीरलाई न्यानो राख्ने, ऊर्जा दिने पोषक तत्त्व पाइन्छ ।

Carrot nutrition
Carrot nutrition

पोषक तत्वको भण्डार

हामीले खाने प्रायः प्रत्येक खानेकुराबाट केही न केही पोषक तत्त्व पाइन्छ । हामीले दैनिक रूपमा खाने चामल, आलु, दाल, गोलभेंडा, सागपात, फलफूल, दूध लगायत खानेकुराबाट हाम्रो शरीरले पोषक तत्त्व ग्रहण गर्छ ।

कुन खानेकुराबाट के पाइन्छ ?

साग : भिटामिन, फाइबर, तथा खनिज पदार्थ

चामल : कार्बोहाइड्रेट, स्टार्च, फाइबर, क्याल्सियम, आइरन तथा अन्य महत्त्वपूर्ण भिटामिन

आलु : कार्बोहाइड्रेट, स्टार्च, फाइबर, क्याल्सियम, आइरन

दूध : क्याल्सियम, प्रोटिन, भिटामिन डी, फ्याट

माछामासु : प्रोटिन, आइरन, फ्याट र खनिज पदार्थ

मूला, गाँजर : खनिज पदार्थ, मिनरल्स, भिटामिन, एन्टिअक्सिडेन्ट

दाल : प्रोटिन, भिटामिन

गेडागुडी : प्रोटिन, भिटामिन

खानेपानी : सूक्ष्म खनिज तत्त्व, मिनरल्स, आइरन शरीरमा भएको सूक्ष्म तत्त्व र भिटामिनलाई घुलाउने क्षमता

घिउ, तेल : फ्याट र एन्टिअक्सिडेन्ट

नुन : सोडियम, नुनमा आयोडिन पनि थपिने

बेसार : कर्क्युमिन, एन्टिभाइरल, एन्टिक्याटेरियल गुण र सूक्ष्म पोषक तत्त्व

प्याज : खनिज पदार्थ, सोडियम र पेटलाई पुष्ण राख्ने र तातो राख्ने गुण

अदुवा : सूक्ष्म पोषक तत्त्व, फाइबर, क्याल्सियम, फस्फोरस र खनिज पदार्थ

दही : भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत

गुन्द्रुक : नेपाली रैथाने खानेकुरा जसमा प्रोटिन र फाइबर पाइने, सागमा भएका पोषक तत्त्व र खनिज पदार्थको केही मात्रा पनि।

गाँजर खाएमा यी १८ रोगबाट बच्न सकिन्छ #Carrot #Nutrition

Tags: Diet TipsFeaturedVitamin Avitamin DWholesom food
Nisarga hospital Dhangadhi
Previous Post

नेपालमा पहिलोपटक महिलाको प्रजनन अङ्गमा हुने इम्पावर आरएफ मेसिन सञ्चालनमा ल्याइदै #EmpoweringWomensWelness

Next Post

सुदुरपश्चिम प्रदेशमा पहिलो पटक एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धि प्रदेश ब्यापी कार्यक्रम #Antibiotics

Related articles

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने
Nutrition

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

1 month ago
1.6k
Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

1 month ago
1.6k
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

9 months ago
1.7k
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

1 year ago
1.7k
जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved
Nutrition

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

1 year ago
1.7k
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

2 years ago
1.9k
Next Post
सुदुरपश्चिम प्रदेशमा पहिलो पटक एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धि प्रदेश ब्यापी कार्यक्रम #Antibiotics

सुदुरपश्चिम प्रदेशमा पहिलो पटक एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धि प्रदेश ब्यापी कार्यक्रम #Antibiotics

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,340)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...