डा .उत्सब तिमिल्सिना
बाबु ठूलो भएपछि के बन्छौं ?
ठूलो भएपछि डाक्टर बन्छु।
यो वाक्य भन्ने अधिकाशं अाज डाक्टर भएर कतै न कतै सेवामा छन।अहिले विश्व भरिनै महामारी कोभिड -19 देखिएको छ।यस महामारीका कारण धेरैले ज्यान गुमाएका छन।महामारी बिरुद्ध लड्ने अग्रपंक्तिमा स्वास्थ्यकर्मी र चिकित्सकहरु छन । जसकारण स्वास्थ्यकर्मीहरुमा बढि जोखिममा छन।कुनै देशमा पुर्ण साबधानीका साथ चिकित्सकहरु लड्दै छन त कतै उपचार गर्दा हुने जोखिम कम होस भनेर सुरक्षालाई पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट अर्धात पिपिई माग्दै छन।
नेपालमा कोभिड-19 संक्रमणको दोस्रो चरणमा छ।यसले गर्दा चिकित्सक माझ झनै डर त्रास थपेको छ।अन्य देशमा उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मी लाई अलग बस्ने बेवास्ता छ तर नेपालमा अस्पतालको अाफ्नो डिउटि सकेर घर जानूपर्ने बाध्यता छ।सम्पूर्ण सावधानी लिएर उपचार गर्दागर्दै चिकित्सकहरु अाफै यश रोगको सिकार भएको समाचार दिनदिनै अाइराखेको छ।
समयमा अाफुलाई सुरक्षित राख्नु पर्ने चाडै सजिलोसँग रोग सर्ने भएकाले परिवारलाई सुरक्षा गर्नुपर्ने र बिना पिपिइ बिरामिको उपचार गर्नुपर्ने पिडा छदैछ।अाफ्नो सुरक्षा बिना उपचार गर्दै गरेको चिकित्सक मनोबल बढाउनुको साटो अाफ्नो सुरक्षालाई चाहिने सामान माग्दा सरकारले उल्टो लाईसेन्स खारेजीको कानुन बनाउन खोज्दा अझै डर थपिएको छ।
अझै समाजिक संजाल हेर्ने हो भने नेताहरु र सरकारी कर्मचारीहरु पिपिई एन 95 माक्स लगाएको तस्बिरले चिकित्सकको मनोबल घटाउने गरेको छ। कोरोना माहमारि बिरुद्ध अग्रपंक्तिमा उभिएर लड्ने स्वास्थ्यकर्मी पनि नागरिक हुन भन्ने सरकारले बिर्सन हुन्न।