रुघा जुनसुकै देश, उमेर र वर्णको मानिसहरूमा हुने गर्दछ । चाहे जोडा महिना होस् वा गर्मीयाम नै किन नहोस् यसले समय हेर्दैन, न त यसले धनीगरिब नै भन्दछ । संसारमा यस्तो मानिस शायदै पाइएला जो जीवनमा एकपटक पनि रुघा लाग्ने वा सिंगान बग्ने समस्याबाट पीडित नभएको होस् । रुघाको लक्षणमा नाकबाट पानी जस्तो सिंगान बग्दछ, नाक बन्द हुन्छ, ज्वरो आउँदछ, टाउको दुख्छ, खाना रुच्दैन र गन्ध एवं जिब्रोको स्वाद हराउँछ । जीउ शिथिल एवं भारी हुन्छ । हाच्छ्युँ आइरहने तथा आँखा रसिलो हुने समेत हुन्छ ।

रुघा लाग्ने कारणका लागि वैज्ञानिकहरू भाइरसलाई दोषी मान्दछन् । करीब एकसय थरिका सूक्ष्य भाइरसहरूले गर्दा रुघा लाग्ने कुरा उनीहरू बताउँछन् । यही रुघाको बारेमा वर्षौदेखि अनुसन्धान भैरहेको छ र यसमा अरबौं रुपैयाँ खर्च गरिएका छन् तैपनि यसका विष्यामा कुनै ठूलो कुरा हात लागेको छैन ।
तर रुघाको बारेमा प्राकृतिक चिकित्साको बेग्लै धारणा छ । शरीरमा जब विजातीय तत्वहरू चुलिन थाल्छन् तब त्यो कुनै न कुनै रुपमा बाहिर निस्कन्छ । यसै क्रममा रुघा लाग्नुलाई पनि शरीरबाट विरका निष्कासन हुने एउटा माध्यमको रुपमा लिइएको छ। रुघा एक तीव्र रोग हो, जसले शरीरमा श्वसन प्रणालीमा भएको विकारको अवस्थालाई सूचित गर्दछ । जब कुनै व्यक्ति शरीरको निस्ष्कासन प्रणालीसँग सम्बन्ध्ति रोगहरूले पीडित हुन्छ तब स्वतः शरीरमा विकार बढ्न थाल्छ ।
कब्जियतले पीडित हुँदा श्लेष्माकारक भोजनहरूको बढी प्रयोग गर्दा र अशुद्ध वायुमा स्वास फेर्दा बढी चिल्लो युक्त एवं चिसो खानेकुरा खाँदा, धुलो, धुँवा, चिसो, पकाएको खार एवं कडा खालको गन्धयुक्त ठाउँमा धेैबेर बस्दा विशेषत रुघा खोकी जस्ता श्लेष्माजन्य रोग हुने गर्दछ । रुघा एक निस्कासन सम्बन्धी रोग भएकोले केही दिनमै ठीक भैहाल्छ । औषधि खाएर यसलाई दबाउनु हुँदैन । रुघामा कुनै कडा खालका खाने वा लगाउने औषधि प्रयोग गर्दा त्यो स्थायी बन्न सक्छ । तसर्थ औषधिको प्रयोग गर्नु हुँदैन ।
तर रुघा सानो होइन
रुघा त्यति ठूलो समस्या त हैन तर यसलाई बेवास्ता गरेर जथाभावी गर्न थालेमा त्यसले जटिल समस्या ल्याउन सक्छ । जस्तैः रुघा लाग्दा धेरै चिसो, धेरै चिल्लो एवं अन्य दुष्पाच्य खानाहरू खाएमा रुघा धेरै दिनसम्म लागिरहन सक्छ र फलस्वरुप नाकभित्रको खाली रहेको खोपिल्टे हड्डी( क्ष्लगक) मा संक्रमण हुन गै पिनास हुनसक्छ ।

त्यसरी नै खोकी लाग्ने, ब्रोङकाइटिस, कडा एलर्जी, दम एवं निमोनिया हुने वा छातीमा संक्रमण हुने जस्ता समस्या पैदा हुनसक्छ । रुघाले गर्दा नै घाँटी, कानका रोगहरू लाग्न पनि सक्छ । अझ बच्चाहरूलाई रुघा लागेमा त यस्तो समस्या झन बढी हुने गर्दछ । बच्चालाई दादुरा आउँदा पनि रुघा खोकी लाग्ने गर्दछ । त्यसैले रुघाको सानो समस्यालाई ध्यान नदिएमा पनि अत्यन्त भयानक समस्या उब्जन बेर लाग्दैन ।
पुरानो रुघा
नाकको पिनास सम्बधी रोग भएमा रुघा लागेको अनुभव भइरहन्छ । यसका अतिरिक्त शरीरमा विकारको अवस्था वृद्धि भए अनुरुप सिर्जिएको एलर्जी र मौसम परिवर्तन हुँदा शरीरको ग्रहण–क्षमता कम भएर पनि रुघा लागिहाल्दछ । नियमित रुपमा राम्ररी उपचार गर्दा यस्ता जटिल र पुराना रुघाको अनुभूति हुने पिनास, एलर्जी आदिमा समेत शीघ्र सफलता मिल्दछ । योसास क्लिनिकले पुरानो रुघा र पिनासको उपचारको लागि विशेष खोज र अनुभव एवं सफलता प्राप्त गरेको छ ।
रुघाको उपचार
रुघा लाग्दा तातो पानी प्रशस्त पिउनु पर्दछ । अदुवा र बेसार पानी पकाएर त्यसमा २–४ थोपा कागती मिलाएर दिनमा ८÷१० पटक १÷२ गिलासका दरले ताते पानी पिउनु पर्छ । आराम गर्नु पर्दछ । खुट्टा तातो पानीमा डुबाउने, निधार र नाकको वरपर तातोले सेक्ने र छाती एवं ढाडमा पनि केहीबेर तातोले सक्ने गर्नुपर्छ । तर ज्वरो आएको बेलामा भने सक्ने गर्नु हुँदैन । अनुहारको वाफ लिँदा अत्यन्त फाइदा हुन्छ । रुघा लाग्दा हलुका (चिल्लो नभएको) तथा कफ पैदा नगर्ने खाना खानु पर्द ।
रुघामा जोडले सिंगान फ्याँक्दा पिनास हुने तथा कानको जाली बिग्रने डर हुन्छ । टाउको, नाकको वरपर तथा छातीमा तातोले मालिस गर्दा पनि रुघामा लाभ हुन्छ । यदि राम्ररी १–२ हप्तासम्म आफूले उपचार गर्दा पनि रुघा ठीक भएन, टाउको दुख्ने, कान दुख्ने, रगत एवं पहेलो सिंगान आउने भयो भने वा हाँच्छ्यूँ आइरहने, नाक बन्द भै रह्यो भने त्यो पिनास एवं एलर्जीको लक्षण पनि हुन सक्छ त्यसैले विशेष उपचार गराउनु पर्दछ । पुरानो रोगीलाई उपरोक्त विधिहरूबाट लाभ पुगेन भने एकपटक योसास क्निनिकमै उपचारको लागि आउने सल्लाह दिन्छु ।
http://4.188.83.218/static/3592.jpghealth/natural-remedy-common-cold/
http://4.188.83.218/static/3592.jpgdisease/pradip-gupta/





