Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

रुघा- सर्दीबाट कसरी बच्ने ? डा. क्षीतिज बाराकोटी #CommonCold #Flu

HNN Staff by HNN Staff
November 4, 2020
in Health
Reading Time: 1 min read
A A
1
Taking care during common cold or flu

Taking care during common cold or flu

591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

रुघा जुनसुकै देश, उमेर र वर्णको मानिसहरूमा हुने गर्दछ । चाहे जोडा महिना होस् वा गर्मीयाम नै किन नहोस् यसले समय हेर्दैन, न त यसले धनीगरिब नै भन्दछ । संसारमा यस्तो मानिस शायदै पाइएला जो जीवनमा एकपटक पनि रुघा लाग्ने वा सिंगान बग्ने समस्याबाट पीडित नभएको होस् । रुघाको लक्षणमा नाकबाट पानी जस्तो सिंगान बग्दछ, नाक बन्द हुन्छ, ज्वरो आउँदछ, टाउको दुख्छ, खाना रुच्दैन र गन्ध एवं जिब्रोको स्वाद हराउँछ । जीउ शिथिल एवं भारी हुन्छ । हाच्छ्युँ आइरहने तथा आँखा रसिलो हुने समेत हुन्छ ।

✍ Dr Kshitij Barakoti, Mental health, Yoga, Naturopathy
✍ Dr Kshitij Barakoti, Mental health, Yoga, Naturopathy

रुघा लाग्ने कारणका लागि वैज्ञानिकहरू भाइरसलाई दोषी मान्दछन् । करीब एकसय थरिका सूक्ष्य भाइरसहरूले गर्दा रुघा लाग्ने कुरा उनीहरू बताउँछन् । यही रुघाको बारेमा वर्षौदेखि अनुसन्धान भैरहेको छ र यसमा अरबौं रुपैयाँ खर्च गरिएका छन् तैपनि यसका विष्यामा कुनै ठूलो कुरा हात लागेको छैन ।

तर रुघाको बारेमा प्राकृतिक चिकित्साको बेग्लै धारणा छ । शरीरमा जब विजातीय तत्वहरू चुलिन थाल्छन् तब त्यो कुनै न कुनै रुपमा बाहिर निस्कन्छ । यसै क्रममा रुघा लाग्नुलाई पनि शरीरबाट विरका निष्कासन हुने एउटा माध्यमको रुपमा लिइएको छ। रुघा एक तीव्र रोग हो, जसले शरीरमा श्वसन प्रणालीमा भएको विकारको अवस्थालाई सूचित गर्दछ । जब कुनै व्यक्ति शरीरको निस्ष्कासन प्रणालीसँग सम्बन्ध्ति रोगहरूले पीडित हुन्छ तब स्वतः शरीरमा विकार बढ्न थाल्छ ।

कब्जियतले पीडित हुँदा श्लेष्माकारक भोजनहरूको बढी प्रयोग गर्दा र अशुद्ध वायुमा स्वास फेर्दा बढी चिल्लो युक्त एवं चिसो खानेकुरा खाँदा, धुलो, धुँवा, चिसो, पकाएको खार एवं कडा खालको गन्धयुक्त ठाउँमा धेैबेर बस्दा विशेषत रुघा खोकी जस्ता श्लेष्माजन्य रोग हुने गर्दछ । रुघा एक निस्कासन सम्बन्धी रोग भएकोले केही दिनमै ठीक भैहाल्छ । औषधि खाएर यसलाई दबाउनु हुँदैन । रुघामा कुनै कडा खालका खाने वा लगाउने औषधि प्रयोग गर्दा त्यो स्थायी बन्न सक्छ । तसर्थ औषधिको प्रयोग गर्नु हुँदैन ।

तर रुघा सानो होइन

रुघा त्यति ठूलो समस्या त हैन तर यसलाई बेवास्ता गरेर जथाभावी गर्न थालेमा त्यसले जटिल समस्या ल्याउन सक्छ । जस्तैः रुघा लाग्दा धेरै चिसो, धेरै चिल्लो एवं अन्य दुष्पाच्य खानाहरू खाएमा रुघा धेरै दिनसम्म लागिरहन सक्छ र फलस्वरुप नाकभित्रको खाली रहेको खोपिल्टे हड्डी( क्ष्लगक) मा संक्रमण हुन गै पिनास हुनसक्छ ।

Taking care of health during winter by healthnewsnepal.com
Taking care of health during winter

त्यसरी नै खोकी लाग्ने, ब्रोङकाइटिस, कडा एलर्जी, दम एवं निमोनिया हुने वा छातीमा संक्रमण हुने जस्ता समस्या पैदा हुनसक्छ । रुघाले गर्दा नै घाँटी, कानका रोगहरू लाग्न पनि सक्छ । अझ बच्चाहरूलाई रुघा लागेमा त यस्तो समस्या झन बढी हुने गर्दछ । बच्चालाई दादुरा आउँदा पनि रुघा खोकी लाग्ने गर्दछ । त्यसैले रुघाको सानो समस्यालाई ध्यान नदिएमा पनि अत्यन्त भयानक समस्या उब्जन बेर लाग्दैन ।

पुरानो रुघा

नाकको पिनास सम्बधी रोग भएमा रुघा लागेको अनुभव भइरहन्छ । यसका अतिरिक्त शरीरमा विकारको अवस्था वृद्धि भए अनुरुप सिर्जिएको एलर्जी र मौसम परिवर्तन हुँदा शरीरको ग्रहण–क्षमता कम भएर पनि रुघा लागिहाल्दछ । नियमित रुपमा राम्ररी उपचार गर्दा यस्ता जटिल र पुराना रुघाको अनुभूति हुने पिनास, एलर्जी आदिमा समेत शीघ्र सफलता मिल्दछ । योसास क्लिनिकले पुरानो रुघा र पिनासको उपचारको लागि विशेष खोज र अनुभव एवं सफलता प्राप्त गरेको छ ।

रुघाको उपचार

रुघा लाग्दा तातो पानी प्रशस्त पिउनु पर्दछ । अदुवा र बेसार पानी पकाएर त्यसमा २–४ थोपा कागती मिलाएर दिनमा ८÷१० पटक १÷२ गिलासका दरले ताते पानी पिउनु पर्छ । आराम गर्नु पर्दछ । खुट्टा तातो पानीमा डुबाउने, निधार र नाकको वरपर तातोले सेक्ने र छाती एवं ढाडमा पनि केहीबेर तातोले सक्ने गर्नुपर्छ । तर ज्वरो आएको बेलामा भने सक्ने गर्नु हुँदैन । अनुहारको वाफ लिँदा अत्यन्त फाइदा हुन्छ । रुघा लाग्दा हलुका (चिल्लो नभएको) तथा कफ पैदा नगर्ने खाना खानु पर्द ।

रुघामा जोडले सिंगान फ्याँक्दा पिनास हुने तथा कानको जाली बिग्रने डर हुन्छ । टाउको, नाकको वरपर तथा छातीमा तातोले मालिस गर्दा पनि रुघामा लाभ हुन्छ । यदि राम्ररी १–२ हप्तासम्म आफूले उपचार गर्दा पनि रुघा ठीक भएन, टाउको दुख्ने, कान दुख्ने, रगत एवं पहेलो सिंगान आउने भयो भने वा हाँच्छ्यूँ आइरहने, नाक बन्द भै रह्यो भने त्यो पिनास एवं एलर्जीको लक्षण पनि हुन सक्छ त्यसैले विशेष उपचार गराउनु पर्दछ । पुरानो रोगीलाई उपरोक्त विधिहरूबाट लाभ पुगेन भने एकपटक योसास क्निनिकमै उपचारको लागि आउने सल्लाह दिन्छु ।


http://4.188.83.218/static/3592.jpghealth/natural-remedy-common-cold/

http://4.188.83.218/static/3592.jpgdisease/pradip-gupta/

Tags: Cold seasoncommon ColdDr Kshitij BarakotiHygiene
SummarizeShare240ScanTweet146

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.