Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

Nam Raj Bhatta by Nam Raj Bhatta
February 15, 2026
in Fitness
Reading Time: 1 min read
A A
0
मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं
624
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडाैं, २८ साउन २०८०

शहरी वातावरणमा स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । शहर बजार तीर अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाकमा हिड्ने प्रचलन फेसन जस्तै भएको छ ।

गाउँमा घाँस दाउरा गर्दा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन धेरै बढेको छ । शारीरिक व्यायाम तथा याेगाले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ ।

शहरका हरेक स्थानमा व्यायामशाला भए पनि शुल्कका कारण सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि खुला चाैरमा दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ । खानपानका कारण अस्वभाविक रुपले बढेको शरीरको तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिनेहरुको स‌ंख्या दिनानुदिन बढीरहेको छ ।

स्वास्थ्यका लागि धेरैले दौडिन चाहन्छन् । तर उनीहरुले दौडिंदा अपनाउनुपर्ने सावधानी नअपनाउँदा कहिलेकाही समस्या हुने गर्छ । जसका कारण शरीरका साथै मांसपेशी दुख्ने, खुट्टा दुख्ने, हड्डी तथा जोर्नीहरु दुख्ने र मांसपेशीमा समस्या आउने सम्भावना हुन्छ । तल दिइएका तरिकाहरु अपनाउनु भयाे भने यस्ता समस्याहरुबाट बच्न सकिन्छ ।

वार्मअप गर्ने: बिहान वा बेलुका दौडिने बानी छ भने वार्मअप गरेर मात्रै दौडिनुपर्छ । सिधै दौडिंदा मांसपेशीमा समस्या आउन सक्छ । वार्मअप विना दौडिंदा खुट्टा दुख्न सक्छन् भने मांसपेशीमा ऐठन हुन सक्छ । शरीर दौडिन तयार भएपछि मात्रै दौडिनु उपयुक्त हुन्छ । दौडिनका लागि वार्मअपका साथै आफू पनि मानसिक रुपमा तयार हुनुपर्छ ।

केही मात्रामा कार्ब्स खाने: अधिकांश सर्वसाधारणको दौडिनु पूर्व केही नखाएरै दौडिने बानी हुन्छ । तौल घटाउन लागेकाले झन् खाएर दौडियो भने तौल घट्दैन भन्ने सोच्छन् । तर त्यस्तो होइन । दौडिनुभन्दा पहिला केही खानेकुरा खाएमा त्यसले शरीरलाई वार्मअप गर्न र दौडिन ऊर्जा दिन्छ । जसले हाम्रो शरीरलाई फाइदा पुर्‍याउँछ । यदि दौडका साथै मांसपेशी बढाउने चाहना छ भने व्यायाम गर्नु र दौडिनुभन्दा पहिले केही मात्रामा काब्र्स खानु शरीरका लागि फाइदाजनक मानिन्छ । यसले मांसपेशीलाई मजबुत बनाउने काम गर्छ ।

शरीरलाई सिधा राख्ने: दौडिंदा शरीरलाई सही तरिकाले राख्नुपर्छ वा सिधा राख्नुपर्छ । दौडिंदा हामीले मेरुदण्ड र हड्डीलाई सिधा राख्नुपर्छ । दौडिंदा टाउको नझुकाउने, छातीलाई सही आकारमा राख्ने, तीव्र गतिमा दौडिंदा ध्यान पुर्‍याउनुपर्छ । शरीरका लागि सिधा दौडिनुपर्छ ।

दौडिंदा बीचमा वाक गर्ने: दौडिंदा बीचबीचमा ब्रेक लिन पनि सकिन्छ । यसका लागि बीचमा बिस्तारै हिंडेर पनि अगाडि बढ्न सकिन्छ । पहिलोपटक दौडिनेहरुका लागि यो निकै उपयोगी हुन्छ । यसो गर्दा थकान कम लाग्नुका साथै सास फुल्नबाट बच्न सकिन्छ । बीचमा ब्रेक लिंदा शरीरलाई तनाव कम हुने र दौडिने शक्ति कायम रहिरहन्छ ।

बेलाबेला पानी पिउने: दौडिंदा शरीरमा पसिना निस्किन्छ, यस्तोमा शरीरमा पानीको कमी हुन्छ । शरीरमा पानीको मात्रा कमी हुन नदिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । पानीको अभाव भएमा डिहाइड्रेसनको समस्या हुन्छ । दौडिंदा बेलाबेला थोरै मात्रामा पानी पिइरहनुपर्छ । पानी खाएर दौडिन वा दौडिंदा पानी खान नसक्ने भए दौडिसकेपछि प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ।

Tags: Corona Virus #Covid19Earling MorningMorning Walk
SummarizeShare268ScanTweet149

Related articles

ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

by Nam Raj Bhatta
April 15, 2026
0

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘प्रथम अन्तर्राष्ट्रिय आयोग्य दिवस’ मनाइएको छ । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेसँगै आज...

फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने

फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने

by Nam Raj Bhatta
February 25, 2026
0

काठमाडौं, १३ फागुन २०८२ महिलाहरुको स्वास्थ्य, फिटनेस तथा आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले यही फागुन ३० गते काठमाडौंमा “काठमाडौं पिंक केयरएथन” आयोजना हुने भएको छ। ललितपुरको ग्वार्को स्थित रोयल...

Over 50,000 People Meditate Nationwide as Art of Living Nepal Concludes the 2nd World Meditation Day Celebrations

Over 50,000 People Meditate Nationwide as Art of Living Nepal Concludes the 2nd World Meditation Day Celebrations

by Nam Raj Bhatta
December 21, 2025
0

Kathmandu, 21 December 2025 Art of Living Nepal successfully concluded the nationwide celebrations of the 2nd World Meditation Day, marked on December 21, with widespread participation across Nepal....

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं

by Nam Raj Bhatta
July 23, 2023
0

काठमाडौँ, ५ श्रावण २०८० कफी खानु अहिले फेसन समान बनेको छ । अझ इन्स्ट्यान्ट भन्दा अर्ग्यानिक कफीको माग बढ्दो छ । शहरी क्षेत्रमा कफीको बढ्दो क्रेज चोक र...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    711 shares
    Share 284 Tweet 178
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    630 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    680 shares
    Share 303 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    619 shares
    Share 248 Tweet 155

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे चयन
  • नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दीपेन्द्र पाण्डे
  • सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव
  • ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो
  • मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.